कथा : देवेन्द्रकी स्वास्नी

~आमोद भट्टराई~

दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ मात्र भेट्ने गथ्र्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न त मिल्दैनथ्यो । तैपनि उनीहरूका अनौपचारिक स्वास्नीहरू थुपै्र–थुपै्र भइसकेका थिए । देवेन्द्रले गाउँघरमा त्यति लेखपढ गर्ने मौका पनि पाएको थिएन ।

दिन बित्दै थिए, देवेन्द्रको बिहेको कुरा चल्यो । ती अल्लारे

ठिटाहरू देवेन्द्रलाई अनेक कुराहरू भनेर जिस्काउँथे । तर देवेन्द्र उनीहरूका अधिकांश कुराहरू बुझ्दैनथ्यो र केही बुझ्थ्यो खिस्स हाँस्थ्यो ।

देवेन्द्रको विवाह पनि निकै नजिक आइसकेको थियो । अल्लारे ठिटाहरूले कुरा मिलाए, देवेन्द्रलाई उसको विवाहको एकदिन अगाडि एउटा कुरा देखाउने भनेर । नभन्दै गाउँबाट दुई घन्टा सानो सहर बस्तीमा त्यसको लागि कुरा मिलाइयो र देवेन्द्रलाई हाटहुट गरेर विवाहको अघिल्लो दिन ती ठिटाहरूले गाउँ बाहिर भगाएर लगे ।
देवेन्द्र बिचरो सोझो थियो । उसले ती महसुर अल्लारे ठिटाहरूले बनाएको कार्यक्रमलाई डरैले पनि नकार्न सकेन । केही दिनपछि ऊ पनि एउटी तरुनी स्वास्नी लिएर गाउँघरमा हिँड्ने भएको थियो ।

उसलाई लाग्यो यस्ता अल्लारे ठिटाहरूको केही भर हुँदैन, रिसको झाँेकमा भोलि जे गर्न पनि सक्दछन् । त्यसैले उनीहरूको कुरा मान्नु नै ठीक लाग्यो उसलाई ।
देवेन्द्रलाई एउटा घरभित्र छिराइयो । पूरा दुई घन्टासम्म देवेन्द्रलाई बीचमा राखेर उनीहरूले एउटा भिडियो चलचित्र हेरे । अश्लीलताले पराकाष्ठा छोएको त्यो चलचित्र हेरेर देवेन्द्रले सुरुको दश–पन्ध्र मिनेट त आफ्नै आँखा पनि विश्वास गरेन । ती अल्लारे ठिटाहरू भने देवेन्द्रको मुखाकृतिलाई हेरेर खुब रमाई–रमाई हाँसिरहेका थिए । तर धेरैबेर लागेन– देवेन्द्रलाई पनि त्यो चलचित्रले तान्न । अब त चलचित्रभित्रका दृश्यहरू हेरेर बेलाबेलामा दर्शकको झुन्डबाट आउने हाँसो र अनेक प्रकारका आवाजहरूमा देवेन्द्रको हाँसो पनि थपिन थालिसकेको थियो ।

आज देवेन्द्रले दुलही भित्र्यायो । तर उसको मस्तिष्कलाई हिजोको चलचित्रका अनेक रोमाञ्चक दृश्यहरूले नै हुँडलिरहेकै थियो । रात निकै छिप्सिकेको थियो । अब उसले सोच्यो घरमा सबै सुतिसके । उसले आफ्नी स्वास्नीलाई हिजोको चलचित्रकी सुन्दरी ठिटीझैं देख्यो र अनेक प्रयत्नद्वारा त्यस्तै आकृतिमा बदल्न खोज्यो । तर स्वास्नीले उसको शरीरलाई धकेल्दै पर हुत्याइदिई ।

‘म रण्डी त होइन नि यस्तो गर्न । लोग्ने–स्वास्नीको झैँ व्यवहार गर्नुस् न… । कि चाहिँ यस्तै गर्न मन छ भने बाहिर जानुस् रण्डी खोज्न… म मेरो गहना दिउँला …।’ देवेन्द्रकी स्वास्नी अझ बरबराउँदै थिई । तर देवेन्द्र छक्क प¥यो, केही बोल्न सकेन । चुपचाप भित्तातिर कोल्टे फर्केर सुत्यो ।

पाँच वर्ष बित्यो देवेन्द्रको एउटा पनि सन्तान भएको थिएन । तैपनि देवेन्द्र हँसमुख नै देखिन्थ्यो । ऊ गाउँबाहिर बराबर जान्थ्यो र घण्टौँ गायब हुन्थ्यो । देवेन्द्रकी स्वास्नीको अनुहारमा तेज थिएन । सन्तानको लागि देवताको भाकलदेखि डाक्टरको सल्लाह लिने कामसम्म उसले गरिसकेकी थिई । तर फल पाएकी भने थिइन ।
देवेन्द्रकी स्वास्नीले पाँच वर्ष अगाडिदेखिको कुरा सोची । पाँच पाँच वर्षको लामो अवधिमा उसले आफ्नो लोग्नेलाई आफूप्रति एकचोटि पनि आकृष्ट गर्ने कोसिस गरेकी थिइन् र सायद गर्नसकेकी पनि थिइन । फेरि देवेन्द्रले विवाहको पहिलो रातमा झँै जोसिलो भएर स्वास्नीलाई कहिले माया गर्न खोजेको पनि थिएन । उसलाई त के थियो र ? गाउँ बाहिर जान्थ्यो – भोक मेटाएर आउँथ्यो ।

धेरै दिनपछि आज देवेन्द्रकी स्वास्नीले एउटा कुरा सोची । र, आफ्नो लोग्नेले पलङको डस्नामुनि राखेको अश्लील फोटोहरूको खातलाई ओल्टाईपल्टाई हेरी ।
साँझ प¥यो र केही घन्टापछि रात । देवेन्द्र पलङमा मात्र के पल्टेको थियो उसकी स्वास्नीले कोठाको ढोका लगाई । अनि तत्क्षणमै शरीरलाई विभिन्न हाउभाउद्वारा विभिन्न आकृतियुक्त बनाएर उसले आफ्नो अङ्गहरू प्रदर्शन गर्न लागी । देवेन्द्र एकैछिन त आश्चर्यमा प¥यो । तर उसले तुरुन्तै आफ्नी स्वास्नीलाई तानेर आफूसँगै राख्यो । पाँच पाँच वर्षको लामो अवधिमा देवेन्द्रलाई आज मात्र आफ्नी स्वास्नी साँच्चिकै स्वास्नीझैँ लागेको थियो । र सायद देवेन्द्रकी स्वास्नीलाई पनि देवेन्द्र आज साँच्चिकै आफ्नो लोग्नेजस्तो लागेको थियो । कथा यत्ति नै थियो र मैले यो कथा सुनेको एक वर्षपछि देवेन्द्रकी स्वास्नीले छोरो जन्माएकी छ भन्ने कुरा थाहा पाएँ ।

(स्रोत : Ruprekha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.