~हरि मानन्धर ‘विवश’~
[१]
छाडिदेउ प्रीय तिमी रिसाउने बानी
अज्ञानताको बादल फाटी बनिदेउ ज्ञानी
के नै छ र? जिन्दगीमा लुटाएर लाने
सबै आफ्नै सम्झिएर खुशी मानी मानी ।
[२]
रीस द्वैस राखी मनमा नपुर्याउ हानी
कोही ठूला बन्न थाले तिमी बन सानी
राम्रो वचन बोलीदेउ अनि मिठो बोली
तिमी भित्रै पाइने छ महानताको खानी ।
[३]
सुन्दर मात्रै बस्तु हेर्ने त्यो आँखाको नानी
पवित्र भै बगिरह्यौ बन्यौ पानी पानी
सँसारलाई चिनाउनु छ अघि बढि तिमी
पछि हट्ने छैनौ अब, तिमी जानी जानी ।
हरि मानन्धर “विवश”
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)
(स्रोत : sahityasangalo)