ओइलाए है
कैयौ बसन्तहरु
अभावमा छु ।
तिर्थस्थल हो
जन्मथलोको यात्रा
याद ताजै छ ।
निम्ठो मनले
थुम्कोलाई सलाम
आसु चुहाए ।
चौबाटामा छु
तिमी क्षितिज पारी
कता जाउ खै ।
वगरमा छु
तिमी सगरमा छौ
अन्तिम यात्रा ।
उर्लदो बाढी
भरिएको बैसमा
जटिल मोड ।
प्रफुल्ल छिन
लेकाली गुरास झैँ
मन्द मुस्कान ।
भर्यो अर्कैले
भोकाएका सिउदो
झरिलो रात ।
पग्लिए छु म
अग्लिएछौ तिमी त
उर्लियो छाल ।
देश मौन छ
जती सक्छौ भोगे भो
डस ओठमा ।
उज्यालो घाम
कैले उदाउला र
हाम्रो देशमा ।
गोधुलि साझ
म भित्रै घाइते छु
कुमारी आमा ।
बाध थुनेर
आँखाका डोबहरु
मेटाउनु छ ।
ब्रसेल्स ,बेल्जियम ।