~परी बान्तवा ‘बानु राई’~
(१)
थाकी सकेछन सारा रहर
थाती बसेछन आसुँ पनि
घाती बनेछ आफ्नै रोदन
रित्ती सकेछन आसुँ पनि||
(२)
कुही गएछन जिन्दगी नै
झरेछु कतै पतिँगार बनी
उडी गएछन फुङो मनरँग
फ्यालिएछु धुलो मा अनी||
(३)
तुही गएछन थोरै घात हरु
झुरिएर झरेछ विश्वाश पनि
असक्त बनेछ भाँचिएको मन
पराय बनेछ त्यो साथ अनी||
प्रकाशपुर
सुनसरी
(स्रोत : sahityasangalo)