कथा : चाउरी परेका अनुहारहरू

~टीकाराम वाग्ले~

सुनौलीबाट बिहानै रिक्सामा बसेर भैरहवातिर लागेँ । रिक्सा तान्ने पहाडिया नै थियो । बीस रुपियाँ भन्यो, मैले “हुन्छ” भनेँ । तर भा.रु. लिने हो कि ने.रु – निधो भएन । सोधिहालौं भने – यसलाई थाहा रहेनछ भनेर ने.रु. को सट्टा भा.रु. नै लिने हो कि – मैले केही भनिन । सिमानामा यस्तै हुन्छ । “अन्य दिनहरूमा भाडा दस रुपियाँ नै हुन्छ तर आज अन्य सवारीसाधन नचल्ने भएकाले भाडा बढेको” भन्दै रिक्सावालाले आफ्नो सफाइ दिँदै थियो । मतिर फर्किएर ङच्िच हाँस्दा हृवास्स घरपालाको गन्ध मेरो नाकमा पस्यो । सुन्न त सुनेकै थिएँ, यहाँ खानेहरूले एकाबिहानै हुलिसकेका हुन्छन् रे । किन नहोस् एउटा सेक्सन अफिसर वा प्रोफेसरको तलबभन्दा बढी कमाउँछन् यी सिमानाका रिक्सावालाहरूले । तन्काएको छ भन्ने थाहा पाएपछि मैले पनि

बाटो काट्ने उद्देश्यले उसित गन्थन गर्न शुरु गरेँ । अब समस्या थियो कुन विषयमा कुरा गर्ने – विहारको रिक्सावाला भएको भए राजनीतिका कुरा गर्ने थिएँ र मैले पनि केही सिक्न पाउने थिएँ ।

विहार पैसाले गरिब भए पनि राजनीतिमा धनी राज्य हो भारतको । साहित्यको कुरा गरौँ भने रिक्सावालासित के साहित्यको कुरा गर्ने – घरायसी कुरा नै ठीक होला भन्ठानेर मैले शुरु गरेँ ।

“रिक्सा, भाइको आफ्नै हो कि भाडाको हो -” पहिला भाडामा चलाउँथे हजुर…. यो त आफ्नै हो ।”

“अनि घरमा जहान परिवार कति छन् नि ।” पहिलाकीले छोडी क्यारे अर्की ल्याएको… दर्ुइटा छोरा, एउटी छोरी छ हजुर ।

” पहिलीबाट छैनन् -” मैले सोधेँ । एउटी छोरी थिई सँगैलिएर गई ।

“कोसित गई नि -” मलाई जिज्ञासा भयो ।

“कुनै लाहुरेसित दिल्लीतिर गाइछे रे भन्ने सुन्याँ ।” भन्दै उसले मतिर पर्ुर्लुक्क हेर्‍यो ।
यत्तिकैमा एउटा पजेरो गाडी छेवैबाट धूलो उडाउँदै तीव्र गतिले अगाडि निस्क्यो ।

“सवारी चल्दै छन् त -” मैले प्रश्नवाचक दृष्टिले उतिर हेरे । यही मात्र हो हजुर, फाट्टे-फुट्टे । …. होला कुनै ठूलाबडाको गाडी । चासो नभएझैँ उसले नराम्रो पाराले भन्यो । पन्ध्र-बीस मिनेटको यस यात्रामा उसले भन्नुपर्ने आफ्नो रामकहानी भन्यो । बैंकलाई तिनुपर्ने रिक्साको कर्जा पूरा भएपछि उसको धोको रहेछ, दुवै छोराहरूलाई कुनै बोर्डिङ स्कुलमा भर्ना गराउने । उसलाई आफ्नो छोरा टाइ लाएर स्कुल गएको हर्ेन अत्यन्त रहर रहेछ । ठूलाबडाका छोराहरूझैँ बोर्डिङ स्कुलको ड्रेसमा टाइ लगाएर स्कुल गएको देख्न चाहन्छ ऊ आफ्नो छोराहरू पनि ।

“सरकारी स्कुलमा भर्ना गरे हुन्न र -” उसको अनुहार निन्याउरो भएको थियो । जवाफ पनि दियो उसले “सरकारी स्कुलमा कक्षा तीनसम्म त मैले पनि पढेको हो नि । खैं रिक्सा चलाउनु पर्‍या’छ । …. तीन वर्षपढ्दा पनि कखरासम्म राम्ररी सिकाएनन् बज्जियाहरूले …. ।”

“अनि इन्डियातिर जागिर खान गएनौ त – “मैले कुरा अर्को विषयतिर लगेँ ।”गाको नि… दर्ुइ वर्षकलकत्तामा रिक्सा चलाएँ, …. केही पैसा कमाएर घर आउँदा त श्रीमती हिडिसकेकी । ……

“त्रि्रो पहाडघर कहाँ हो नि – “मलाई जान्ने इच्छा भयो । खै…. म त खस्यौलीमा जन्मेको…. बुबा बित्ता म पेटैमा थिएँ रे…. आमाले अर्कैसित बिहे गर्नुभयो र खस्यौंलीमै भट्टीपसल गरेर बस्नुभयो … बाउ- बाजेको पहाडघर त अर्घर्ााँची थियो रे भन्ने सुन्थेँ ।

“उसले जानेको यत्ति नै रहेछ । आज बसहरू नचल्ने भएको हुँदा बसपार्कतिर जाने त कामै थिएन अतः आज एक रात कुनै होटलमै बस्नुपर्ने थियो मलाई । “भाइ कुनै सस्तो र राम्रो होटलतिर लैजाउन न ।”

यति भन्नासाथ उसले उत्साहित हुँदै भन्यो – “हुन्छ हजुर मैले चिनेको राम्रो होटल छ, एउटा सिङ्गापुरको लाउरेको ।”

“लाउरे” शब्दले म झस्याङ्ग भएँ । भारतबाट आउनेलाई मात्र नभई सिङ्गापुर अथवा अमेरिकाबाट दाम कमाएर आउने सबैलाई “लाहुरे” नै भनिँदो रहेछ । मलाई पनि “तपाई कहाँको लाहुरे हो -” भनेर सोध्छ कि भन्ने डर पो भयो । कुनै गुरुङ्बूढाको होटल रहेछ त्यो, रिक्सावालाले भनेअनुसार त्यो गुरुङ पनि पहिला ऊझैँ गरिब थियो रे । बसमा खलासीको काम गथ्र्यो रे । कुनै कुइरेले सिङ्गापुर लगेको रहेछ । दस बाह्रवर्षकाम गरेर आउँदा उसले यो होटल किनेको रे । अहिले पनि बूढाले आफैँले पारेको कोदाको घरपाला नै खान्छ रे । मलाई खुशी लाग्यो । …. आज मैले पनि कोदाको खान पाउने भएँ । तर बूढाले मलाई दिन्छ कि दिन्न भन्ने पीर पो पर्‍यो ।

सोधिहालेँ “होइन भाइ, गुरुङ्बूढाले कोदाको आफ्नै लागिमात्र पार्छ कि …. बीचमै उसले भन्यो- “आफूले चिनेको वा मनपरेकोलाई खुआउँछ पनि हजुर ।”

“मलाई त चिन्दैन, देला र -“

“म मिलाई दिइहाल्छु नि ।” उसले यति भन्नासाथ उसको “मिलाइदिइहाल्छु” भन्ने शब्दले फेरि एकपटक झस्केँ म । किनभने भन्सारदेखि मन्त्रालयसम्म “मिलाइदिने” कुरा सुन्दै र व्यहोर्दै आएको थिएँ म । यो पाजी रिक्सावालासमेत “मिलाइदिने” संस्कृतिबाट परिचित र पारङ्गत रहेछ बा !!रिक्सावालाले होटलसम्म पुर्‍याइ दियो । काउन्टरमा गएर के भन्यो को नि – एउटा केटो मेरो सामान झक्िन र कोठासम्म पुर्‍याइदिने हिसाबले आयो । म पनि काउन्टरतिर लागेँ । काउन्टरमा एउटा केटो रहेछ । बूढो थिएन । त्यो केटो पक्कै पनि बूढाको छोरो नै हुनर्ुपर्छ । किनभने मेनेजर भए यस्तो चुल्ठे र मुन्द्रे हुन्थेन होला । मैले पढ्दा एकजना पढाउने मास्टरले भन्नुहुन्थ्यो – बेश्याले धेरै पैसा कमाई भने आफूलाई रानी भन्ठान्छे रे र गँवार अनपढले पैसा कमायो भने अरू त के आफ्नो भाषा पनि बिर्सन्छ र । यस्तो गरिब मुलुकको यो चुल्ठे मुन्द्रे – रजिस्टरमा नाम ठेगाना आदि लेख्ने प्रक्रिया पूरा गरी केटाको पछिपछि कोठातिर लागेँ ।

फर्केर हर्ेदा काउन्टरबाट एउटा हात रिक्सावालातिर लम्क्यो । हातमा दस रुपियाँको नोट थियो । रिक्सावालाको दाहिने हातले च्याप्प समातेर पेन्टको पछिल्तिर कोच्यो । चुल्ठे र मुन्द्रेले मुखमा चुइगम चपाउँदै थियो ।पानीको कमीले होला पिसाब पहेँलो आयो । यस्तो हुँदा दनादन दर्ुइ तीन बोत्तल बियर पिउने गर्छर्ुुैले । यही हो यसको इलाज पनि – मेरो हिसाबले । मुख हात धोएँ, लुगा फेरेँ र तल काउन्टरतिर लागेँ आफ्नो इलाज गर्न । बियरसित के खाने भन्ने कुरामा झट्ट मुखबाट “सेकुवा” निस्कन लाग्या थियो – तुरुन्तै नियन्त्रण गरेँ । किनभने मलाई भनिएको थियो होटलहरूमा खसीको भनेर भैंसीको सेकुवा दिन्छन् रे । ….. सलाद र पापडसित ट्याक्कै एक घण्टा पन्ध्र मिनेटमा तीन बोतल बियर सिध्याएँछु । अब टेङ्की पनि भरिएको अनुभव भया,े कोठामा गएर पल्टिएँ, निदाएँछु । एक्कासि बेलुकी कोठाको घन्टी बज्यो । केटो रहेछ ।

“खान कोठैमा ल्याउँकि तल र्झर्नुहुन्छ सर – भन्यो ।

“सर -” म फेरि झस्केँ । म पनि सर सम्बोधनको लायक रहेँछु – आनन्द लाग्यो । यसै आनन्दको अनुभूतिका साथ म खान तल झरेँ । काउन्टरमा बूढोलाई देखेँ । पक्कै पनि त्यो गुरुङ्बूढो हुनर्ुपर्छ म काउन्टरतिर लम्केँ खुसखुस् अरुले नसुन्ने गरी आफ्नो कुरा मैले गुरुङबूढालाई भने “हजुरको पहाडघर काँ पर्‍यो नि -” मेरो कुरा सुनेपछि उसले सोध्यो “स्याङ्जा” मैले मुसुक्क हाँसेर भने । …. उसले “ए” …भनेर फेरि केही सोध्ने तरखरमा थियो मैले झट्ट “स्याङ्जा चिन्नेवास गाविस” भने । “एता कताबाट -” दिल्लीतिर गाथेँ … र्सर्विस गर्छर्ुु “मैले यत्ति भन्नासाथ त्यहीँ उभिएको केटोलाई बोलाएर बूढाले कानमा केही भन्यो । अनि मतिर फक्र्यो “हुन्छ ऊ त्यो टेबुलमा बस्दै गर्नोस् ।” केटोले स्टिलको गिलासमा कोदाको घरपाला लिएर आयो । पापड र सलादलाई भनेर म आफ्नो काममा लागेँ । पहाडतिर जमानामा लुकिछिपी मगर गाउँतिर गएर खाने गर्थे म यो तìव । त्यही स्वाद, त्यही गन्ध…. र साँझको त्यही पहर… । घाँस दाउरा वा माहरे गरेर फर्केका ठिटा-ठिटीहरू – हरिलाभरिला वन-पाखाहरूमा चराचुरुङ्गीहरूको कोलाहल । चहलपहल र रमाइला दिनहरू – पोहोर एक महिनाको छुट्टीमा आउँदा पन्ध्र दिनमै फर्केँ, अब कति दिन… अर्को गिलास लिएर गुरुङबूढो आफैँ आयो मनिर । उसको हँसिलो अनुहारभरि ती चाउरी परेका धर्काहरूले विगतका दिन, महिना र वर्षरूको इतिहास बोकेझैँ लाग्यो मलाई । म पनि मुसुक्क हाँसे, मुटुभरि थन्किएर बसेका पीडा र भक्कानाहरूलाई लुकाउने असफल प्रयासमा ।

(स्रोत : Sayapatri)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.