~तिर्थ राज लुईटेल~
आउ आज मिलेर केहि कुरा खास गरौं ।
दुबै जना एकअर्काको हृदयमा बास गरौं ।
भाबनाका नदिहरु विचमै सुकाउनु भन्दा,
साथ दिने वाचा गरि अघि बढ्रने साहस गरौं ।
ऐले सम्म कसैबाट माया नपाए के भयो त, ?
धेरै माया पायौ भनि आज हामी आभास गरौं।।
संधै गर्ने कुराहरु आज अलि पर सारी,
तिम्रो मेरो सम्बन्धको आज थोरै इजलास गरौं।
आउ आज मिलेर केहि कुरा खास गरौं ।
दुबै जना एकअर्काको हृदयमा बास गरौं ।
कपन, ३, काठमाण्डौ