~मधु माधुर्य~
फर्क्यो आकाशतिर
पूर्व पापका लागि माफ माग्यो
धर्म-शास्त्र पल्टायोः ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’
पढ्यो ‘बुझ्यो’ र हिड्यो……
म तिमीलाई प्रेम गर्न चाहन्छु माफ गर !
म पुरुष हुँ ….।
-म तिमीलाई प्रेम गर्न चाहन्छु-
म पनि चाहन्छु, प्रेमको मूल्य नि –
-म तिमीलाई प्रेम गर्न चाहन्छु
-फेरि पनि धोका दिन –
-साँच्चै नै प्रेम गर्न चाहन्छु-
प्रेमको मृत्यु-दिवस मनाइसकेकी छु फर्क्यो आकाशतिर इश्वर सम्झेर…..
-म तिमीलाई नै प्रेम गर्न चाहन्छु- ‘ ……………..’
‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’
फेरि पढ्यो,
बुझेन र रोइरह्यो रोइरहेछ….
(स्रोत : Sayapatri)