कविता : ति नेपालको छोरो

~निलन कुमार थेच्वमि~

बनेको छ आतंकमय जन्मभूमि मेरो ।
बगेको छ रगत, आमाको छातीमा मेरो ।।
राजनितीबाट जन्मि, भ्रस्टाचारमा खेल्ने
सुध्रंदै नसुध्रने, ति नेपालको छोरो ।।२

मेहनत पसिनाले तिनको पेट भरिन्न् ।
महिनाको तलबले बैङ्कमा खाता जोडिन्न् ।।
थाहापाए जनताले जेलमा बरु जाउँला ।
तर उनि भन्छन्, देश लुट्न छोडिन्न् ।।२

उ पिडा सहन्छ, यातना पनि सहन्छ ।
तर सच्चार् इमान्दारलाई देखेको सहन्न् ।।
उ तिरस्कार सहन्छ, कालोसुचि पनि सहन्छ ।
तर संञ्चारले उनिविरुद्ध बोलेको सहन्न् ।।२

बनेकोछ उ मन्त्री, दलालहरुको पुच्छर ।
देशको नदीनाला बेच्ने, मुर्तिहरु चोर्ने ।।
खुम्च्याई चोरऔंला बरु, कानून तोड्छन् ।
कहिल्यै नसुध्रने, ति नेपालको छोरो ।।२

साझाबस र्साईकल तिनि, कहिल्यै चढिन ।
बेचेर नेपालको भूमि, पजेरो छोडेन ।।
बढाएर मूल्य, रासन, ग्याँस तेलमा ।
बरु भ्रस्टाचार गर्न कहिल्यै छोडिनन् ।।

साउदि अरब
12 SEPTEMBER 2005

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.