~टीकाराम वाग्ले~
सुनौलीबाट बिहानै रिक्सामा बसेर भैरहवातिर लागेँ । रिक्सा तान्ने पहाडिया नै थियो । बीस रुपियाँ भन्यो, मैले “हुन्छ” भनेँ । तर भा.रु. लिने हो कि ने.रु – निधो भएन । सोधिहालौं भने – यसलाई थाहा रहेनछ भनेर ने.रु. को सट्टा भा.रु. नै लिने हो कि – मैले केही भनिन । सिमानामा यस्तै हुन्छ । “अन्य दिनहरूमा भाडा दस रुपियाँ नै हुन्छ तर आज अन्य सवारीसाधन नचल्ने भएकाले भाडा बढेको” भन्दै रिक्सावालाले आफ्नो सफाइ दिँदै थियो । मतिर फर्किएर ङच्िच हाँस्दा हृवास्स घरपालाको गन्ध मेरो नाकमा पस्यो । सुन्न त सुनेकै थिएँ, यहाँ खानेहरूले एकाबिहानै हुलिसकेका हुन्छन् रे । किन नहोस् एउटा सेक्सन अफिसर वा प्रोफेसरको तलबभन्दा बढी कमाउँछन् यी सिमानाका रिक्सावालाहरूले । तन्काएको छ भन्ने थाहा पाएपछि मैले पनि
बाटो काट्ने उद्देश्यले उसित गन्थन गर्न शुरु गरेँ । अब समस्या थियो कुन विषयमा कुरा गर्ने – विहारको रिक्सावाला भएको भए राजनीतिका कुरा गर्ने थिएँ र मैले पनि केही सिक्न पाउने थिएँ ।
विहार पैसाले गरिब भए पनि राजनीतिमा धनी राज्य हो भारतको । साहित्यको कुरा गरौँ भने रिक्सावालासित के साहित्यको कुरा गर्ने – घरायसी कुरा नै ठीक होला भन्ठानेर मैले शुरु गरेँ ।
“रिक्सा, भाइको आफ्नै हो कि भाडाको हो -” पहिला भाडामा चलाउँथे हजुर…. यो त आफ्नै हो ।”
“अनि घरमा जहान परिवार कति छन् नि ।” पहिलाकीले छोडी क्यारे अर्की ल्याएको… दर्ुइटा छोरा, एउटी छोरी छ हजुर ।
” पहिलीबाट छैनन् -” मैले सोधेँ । एउटी छोरी थिई सँगैलिएर गई ।
“कोसित गई नि -” मलाई जिज्ञासा भयो ।
“कुनै लाहुरेसित दिल्लीतिर गाइछे रे भन्ने सुन्याँ ।” भन्दै उसले मतिर पर्ुर्लुक्क हेर्यो ।
यत्तिकैमा एउटा पजेरो गाडी छेवैबाट धूलो उडाउँदै तीव्र गतिले अगाडि निस्क्यो ।
“सवारी चल्दै छन् त -” मैले प्रश्नवाचक दृष्टिले उतिर हेरे । यही मात्र हो हजुर, फाट्टे-फुट्टे । …. होला कुनै ठूलाबडाको गाडी । चासो नभएझैँ उसले नराम्रो पाराले भन्यो । पन्ध्र-बीस मिनेटको यस यात्रामा उसले भन्नुपर्ने आफ्नो रामकहानी भन्यो । बैंकलाई तिनुपर्ने रिक्साको कर्जा पूरा भएपछि उसको धोको रहेछ, दुवै छोराहरूलाई कुनै बोर्डिङ स्कुलमा भर्ना गराउने । उसलाई आफ्नो छोरा टाइ लाएर स्कुल गएको हर्ेन अत्यन्त रहर रहेछ । ठूलाबडाका छोराहरूझैँ बोर्डिङ स्कुलको ड्रेसमा टाइ लगाएर स्कुल गएको देख्न चाहन्छ ऊ आफ्नो छोराहरू पनि ।
“सरकारी स्कुलमा भर्ना गरे हुन्न र -” उसको अनुहार निन्याउरो भएको थियो । जवाफ पनि दियो उसले “सरकारी स्कुलमा कक्षा तीनसम्म त मैले पनि पढेको हो नि । खैं रिक्सा चलाउनु पर्या’छ । …. तीन वर्षपढ्दा पनि कखरासम्म राम्ररी सिकाएनन् बज्जियाहरूले …. ।”
“अनि इन्डियातिर जागिर खान गएनौ त – “मैले कुरा अर्को विषयतिर लगेँ ।”गाको नि… दर्ुइ वर्षकलकत्तामा रिक्सा चलाएँ, …. केही पैसा कमाएर घर आउँदा त श्रीमती हिडिसकेकी । ……
“त्रि्रो पहाडघर कहाँ हो नि – “मलाई जान्ने इच्छा भयो । खै…. म त खस्यौलीमा जन्मेको…. बुबा बित्ता म पेटैमा थिएँ रे…. आमाले अर्कैसित बिहे गर्नुभयो र खस्यौंलीमै भट्टीपसल गरेर बस्नुभयो … बाउ- बाजेको पहाडघर त अर्घर्ााँची थियो रे भन्ने सुन्थेँ ।
“उसले जानेको यत्ति नै रहेछ । आज बसहरू नचल्ने भएको हुँदा बसपार्कतिर जाने त कामै थिएन अतः आज एक रात कुनै होटलमै बस्नुपर्ने थियो मलाई । “भाइ कुनै सस्तो र राम्रो होटलतिर लैजाउन न ।”
यति भन्नासाथ उसले उत्साहित हुँदै भन्यो – “हुन्छ हजुर मैले चिनेको राम्रो होटल छ, एउटा सिङ्गापुरको लाउरेको ।”
“लाउरे” शब्दले म झस्याङ्ग भएँ । भारतबाट आउनेलाई मात्र नभई सिङ्गापुर अथवा अमेरिकाबाट दाम कमाएर आउने सबैलाई “लाहुरे” नै भनिँदो रहेछ । मलाई पनि “तपाई कहाँको लाहुरे हो -” भनेर सोध्छ कि भन्ने डर पो भयो । कुनै गुरुङ्बूढाको होटल रहेछ त्यो, रिक्सावालाले भनेअनुसार त्यो गुरुङ पनि पहिला ऊझैँ गरिब थियो रे । बसमा खलासीको काम गथ्र्यो रे । कुनै कुइरेले सिङ्गापुर लगेको रहेछ । दस बाह्रवर्षकाम गरेर आउँदा उसले यो होटल किनेको रे । अहिले पनि बूढाले आफैँले पारेको कोदाको घरपाला नै खान्छ रे । मलाई खुशी लाग्यो । …. आज मैले पनि कोदाको खान पाउने भएँ । तर बूढाले मलाई दिन्छ कि दिन्न भन्ने पीर पो पर्यो ।
सोधिहालेँ “होइन भाइ, गुरुङ्बूढाले कोदाको आफ्नै लागिमात्र पार्छ कि …. बीचमै उसले भन्यो- “आफूले चिनेको वा मनपरेकोलाई खुआउँछ पनि हजुर ।”
“मलाई त चिन्दैन, देला र -“
“म मिलाई दिइहाल्छु नि ।” उसले यति भन्नासाथ उसको “मिलाइदिइहाल्छु” भन्ने शब्दले फेरि एकपटक झस्केँ म । किनभने भन्सारदेखि मन्त्रालयसम्म “मिलाइदिने” कुरा सुन्दै र व्यहोर्दै आएको थिएँ म । यो पाजी रिक्सावालासमेत “मिलाइदिने” संस्कृतिबाट परिचित र पारङ्गत रहेछ बा !!रिक्सावालाले होटलसम्म पुर्याइ दियो । काउन्टरमा गएर के भन्यो को नि – एउटा केटो मेरो सामान झक्िन र कोठासम्म पुर्याइदिने हिसाबले आयो । म पनि काउन्टरतिर लागेँ । काउन्टरमा एउटा केटो रहेछ । बूढो थिएन । त्यो केटो पक्कै पनि बूढाको छोरो नै हुनर्ुपर्छ । किनभने मेनेजर भए यस्तो चुल्ठे र मुन्द्रे हुन्थेन होला । मैले पढ्दा एकजना पढाउने मास्टरले भन्नुहुन्थ्यो – बेश्याले धेरै पैसा कमाई भने आफूलाई रानी भन्ठान्छे रे र गँवार अनपढले पैसा कमायो भने अरू त के आफ्नो भाषा पनि बिर्सन्छ र । यस्तो गरिब मुलुकको यो चुल्ठे मुन्द्रे – रजिस्टरमा नाम ठेगाना आदि लेख्ने प्रक्रिया पूरा गरी केटाको पछिपछि कोठातिर लागेँ ।
फर्केर हर्ेदा काउन्टरबाट एउटा हात रिक्सावालातिर लम्क्यो । हातमा दस रुपियाँको नोट थियो । रिक्सावालाको दाहिने हातले च्याप्प समातेर पेन्टको पछिल्तिर कोच्यो । चुल्ठे र मुन्द्रेले मुखमा चुइगम चपाउँदै थियो ।पानीको कमीले होला पिसाब पहेँलो आयो । यस्तो हुँदा दनादन दर्ुइ तीन बोत्तल बियर पिउने गर्छर्ुुैले । यही हो यसको इलाज पनि – मेरो हिसाबले । मुख हात धोएँ, लुगा फेरेँ र तल काउन्टरतिर लागेँ आफ्नो इलाज गर्न । बियरसित के खाने भन्ने कुरामा झट्ट मुखबाट “सेकुवा” निस्कन लाग्या थियो – तुरुन्तै नियन्त्रण गरेँ । किनभने मलाई भनिएको थियो होटलहरूमा खसीको भनेर भैंसीको सेकुवा दिन्छन् रे । ….. सलाद र पापडसित ट्याक्कै एक घण्टा पन्ध्र मिनेटमा तीन बोतल बियर सिध्याएँछु । अब टेङ्की पनि भरिएको अनुभव भया,े कोठामा गएर पल्टिएँ, निदाएँछु । एक्कासि बेलुकी कोठाको घन्टी बज्यो । केटो रहेछ ।
“खान कोठैमा ल्याउँकि तल र्झर्नुहुन्छ सर – भन्यो ।
“सर -” म फेरि झस्केँ । म पनि सर सम्बोधनको लायक रहेँछु – आनन्द लाग्यो । यसै आनन्दको अनुभूतिका साथ म खान तल झरेँ । काउन्टरमा बूढोलाई देखेँ । पक्कै पनि त्यो गुरुङ्बूढो हुनर्ुपर्छ म काउन्टरतिर लम्केँ खुसखुस् अरुले नसुन्ने गरी आफ्नो कुरा मैले गुरुङबूढालाई भने “हजुरको पहाडघर काँ पर्यो नि -” मेरो कुरा सुनेपछि उसले सोध्यो “स्याङ्जा” मैले मुसुक्क हाँसेर भने । …. उसले “ए” …भनेर फेरि केही सोध्ने तरखरमा थियो मैले झट्ट “स्याङ्जा चिन्नेवास गाविस” भने । “एता कताबाट -” दिल्लीतिर गाथेँ … र्सर्विस गर्छर्ुु “मैले यत्ति भन्नासाथ त्यहीँ उभिएको केटोलाई बोलाएर बूढाले कानमा केही भन्यो । अनि मतिर फक्र्यो “हुन्छ ऊ त्यो टेबुलमा बस्दै गर्नोस् ।” केटोले स्टिलको गिलासमा कोदाको घरपाला लिएर आयो । पापड र सलादलाई भनेर म आफ्नो काममा लागेँ । पहाडतिर जमानामा लुकिछिपी मगर गाउँतिर गएर खाने गर्थे म यो तìव । त्यही स्वाद, त्यही गन्ध…. र साँझको त्यही पहर… । घाँस दाउरा वा माहरे गरेर फर्केका ठिटा-ठिटीहरू – हरिलाभरिला वन-पाखाहरूमा चराचुरुङ्गीहरूको कोलाहल । चहलपहल र रमाइला दिनहरू – पोहोर एक महिनाको छुट्टीमा आउँदा पन्ध्र दिनमै फर्केँ, अब कति दिन… अर्को गिलास लिएर गुरुङबूढो आफैँ आयो मनिर । उसको हँसिलो अनुहारभरि ती चाउरी परेका धर्काहरूले विगतका दिन, महिना र वर्षरूको इतिहास बोकेझैँ लाग्यो मलाई । म पनि मुसुक्क हाँसे, मुटुभरि थन्किएर बसेका पीडा र भक्कानाहरूलाई लुकाउने असफल प्रयासमा ।
(स्रोत : Sayapatri)