~कमलप्रसाद अर्याल~
सृष्टि स्वरूप हौ आमा जननी ममता धनी
गर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी ।
बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि
बसेर सकिन मैले सेवा गर्न कुनै पनि ।
जन्माई दुखका साथ रक्षा मेरो गरिरहयौ
चुसाई दूधका धारा ,मेरै निम्ति लडिरयौ ।
आज प्रवासमा तिम्रै सम्झना मात्र साथ छ
आमा भनी पुकार्दै छु गाथमा न आराम छ ।
आमा!आमा!पुकारेर नानाथरी पनि भन्यो
औषधि ख्वाउन सक्ने न त प्रारब्ध नै बन्यो ।
श्रद्दा सम्मान है आमा !तिम्रै निम्ति प्रवासमा
मुक्ति तुष्टि र ऐश्वर्य साथ फिर्ने छ आशमा ।
सम्मानसाथ अर्पन्छुश्रद्दा आस्था र भक्तिले
रक्षा तिम्रो सधै नै होस् कृपा राखून् ती ईशले ।।