महोदय,
हजूर ठूलो त त्यसै हुनुहुन्छ,
त्यसमाथि असल भइदिए कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ,
त्यसमाथि विवेकशाली भइदिए कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर नायक त त्यसै हुनुहुन्छ,
त्यसमाथि खलनायकहरुको साथ छोडिदिए कति राम्रो हुन्थ्यो !
महोदय,
हजूरलाई मान्नु त त्यसै छदैंछ ,
त्यसमाथि सधैं मान्न लायक भइदिए कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर मानव त त्यसै हुनुहुन्छ
त्यसमाथि महान् भइदिए कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर आफूलाई देवता त ठान्नुहुन्छ,
त्यसमाथि साच्चै देवताजस्तो भइदिएझनै कति राम्रो हुन्थ्यो !
अगष्ट १३,२००५।
बोष्टन, अमेरिका ।
(स्रोत : Sayapatri)