~नवराज ‘नबोदित’~
सपना ति काँचसरी,टुटेपछि थाहा पाएँ ।
तिम्रो माया तिमीसंग,छुटेपछि थाहा पाएँ ।
सोच्या थि’न पर्देशी म,बन्नु पर्ला कुनै दिन
नरोएर बसेको पल् , छैन आज एकैछिन
आँखा बाट आँशुको मुल्,फुटेपछि थाहा पाएँ ।
तिम्रो माया तिमीसंग,छुटेपछि थाहा पाएँ ।
आकाशमा तारा हेर्दै,बस्नु रै’छ टोलाएर
वाँच्नु रै’छ जिन्दगानी,भित्री मन जलाएर
नियतीको असिनाले,चुटेपछि थाहा पाएँ
तिम्रो माया तिमीसंग,छुटेपछि थाहा पाएँ ।
सपना ति काँचसरी,टुटेपछि थाहा पाएँ ।
तिम्रो माया तिमीसंग,छुटेपछि थाहा पाएँ ।
(स्रोत : Nabaraj’s Blog)