~आरजु विष्ट “सल्यानी”~
दर्शन र सुदृष्टि भन्दा
वुद्धलाई देउता बनाए,
पत्थरको देउता बनाए,
…द्रष्टा, दर्शन भन्दा पनि
मात्र देउता र मूर्ति ।
अनि,
कहाँ रहन्छ वुद्धत्व ?
कहाँ रहन्छ अपनत्व ?
मात्र भाकल गरीरहेछौं
शान्ति, शान्ति र शान्ति ।
शान्ति रोज्ने हामी,
शान्ति खोज्ने हामी
के शान्ति धर्म नामक नारा,
तुल र व्यानर,
कोष र असहिष्णु,
संसारको उज्यालो
विशेष कसैको पेवा बन्न सक्छ ?
हृदयले खोजेको वुद्ध
सिमापार नक्कलि थलको,
मेरो देशले खोजेको वुद्ध
विदेशको खोकिलामा भाको,
खातका खात
कितावहरुमा देखाईने,
यो पूण्यभूमिको हैनन्
यो माटोका हैनन् भनि
शिक्षापान गरीरहेका,
धाराप्रवाह वाणिहरुलाई
शिक्षाको सेसन चलाएका,
शिक्षाका महारथिहरुमा
वुद्धलाई संभव छैन पाउन,
भन्नुस् साथी,
अब कहाँ खोजु वुद्धलाई ?
मलेसियामा, भारतमा कि चीनमा ?
धर्मको नाममा खोजु,
वा, दर्शनको नाममा खोजु ?
कि विदेशको खोकिलामा खोजु ?
कि, टुलु हेरीरहेको लुम्विनीमा,
उत्खनन् बाँकि भूगर्भमा,
कि शहरहरुमा ठडिएका प्रतिमामा,
Buddha the light of asia,
Buddha the light of the world
and Buddha power of peace,
for the all people, यहि होईन ।
समय आवस् सबै वुद्ध बनेको
समय आवस् सबै सुद्ध बनेको,
तब, शान्ति खोज्नु पर्नेछैन
अनि, वुद्ध भेटिनेछन् त्यो बेला,
प्रत्येक मान्छे वुद्ध भा–का हुुनेछन् ।
aarju2008@gmail.com
(स्रोत : Aarju-Mydream Blog)