न त कुनै पर्वको अवसर नै छ
न त कुनै महोत्सव नै चलेको छ
तै पनि शुभकामना छ,
देशलाई शुभकामना छ
रावण “कौरव युद्धको दुन्दुभि
देशमा अहिले बज्न छाडेका जस्तो लागेको छ
बषौदेखि चलेको मारकाटका मोहत्सवबाट
देशलेअहिले राहत पाएको जस्तो लागेको छ
रामराज नआए पनि
मेरो देशमा अब
रावणराज नआउला भन्ने लागेको छ
वैकुण्ठपुरी नभए पनि
मेरो देश फेरि अब
कुरुक्षेत्र नबन्ला भन्ने लागेको छ
अध्यारोले ढपक्क ढाकिएको
मेरो देशमा कता कता अहिले
बिहानी छाउन थालेको जस्तो लागेको छ
आँसुमा डुबेको मेरो बस्तीमा
कता कता कोइलीले अहिले
खुसीको गीत गाउन थालेको जस्तो लागेको छ
त्यसैले शुभकामना छ ,
देशलाई शुभकामना छ ।।
(स्रोत : Nepalikavita.com)