~शिशिर शर्मा~
एकरात मैले अकस्मात सपना देखेँ
लम्पसार सुतेका लाशहरु
घारोका लागि काटेका बाँसहरु
जर्याकजुरुक उठे,
रगतसितै लत्पतिएका घाँसहरु
मनसितै गलेका आसहरु
उसैगरी उठे ।
दनदनी बलेको आगो भस्याकभुसुक निभेपछि
धुवाँ हटेर छ्यांग खुल्यो आकाश
एकमुठी सुनको धुलो पाएर
चम्किन थाल्यो हिमाल
गुँडबाट निस्केर सेता परेवाहरु
निस्फिव्रmी उड्न थाले, शुभकामना बाँड्न थाले
चराहरुको चिरबिरमा नाच्तै
बस्तीभरिका केटाकेटी जुटे
हातहातमा किताब च्याप्तै, आपससमा सद्भाव थप्तै
स्कूलतिर लागे ।
छाना छाइएका थिए, भित्ता पोतिएका थिए,
नारा मेटिएका थिए, बेञ्च ठोकिएका थिए
गुरुहरु उच्च शिरले निर्भय भई ज्ञान बाँड्दै थिए
गुरुचेला न परे आपसमा सड०्लो मन बाँड्दै थिए ।
खेतहरु पानीले टम्म थिए
कृषकहÂरू दंग थिए
छेवैका जंगलमा फुलेका फूलमा
नयाँनयाँ रंग थिए
बेठीमा बाजा घन्किएका थिए
असारे भाका रन्किएका थिए
नयाँ आगन्तुकजस्तै मैले मूलबाटामा उभिएर हेरें
समयको अन्तरालमा देशले फेरि केही पायो
खेत रसायो, खोलो सुसायो
मान्छेका मनमा हर्ष र आशाको अंकुर टुसायो ।
चिल्ला सडकका छेउमा
खिइएर ढलेका बारहरु
एकाएक फेरि उठेपछि
मान्छेका मन फेरिएर एकतामा जुटेपछि
मलाई नयाँ नेपालमा नेपाली जन्मेकामा गर्व लाग्यो
मरेका नेपाली फेरि बाँचेकामा हर्ष लाग्यो ।
मेरो सपनामा यसरी देश फेरिएपछि
आँखाभरिभरि देशका कुनाकन्दराको चित्र कोर्दै
एउटा उही हिजोको शान्त
र, भोलिको समुन्नत नेपालका लागि कामना गरें ।
(स्रोत : Nepalikavita.com)