मीठो फलको आश गरेर
रोपिएको बयर
न कहिल्यै ढकमक्क फूलेर
मगमग सुभाषित नै भयो ।
न कहिल्यै लटरम्म फलेर
त्यसले मीठो फल नै खुवायो ।
झण्डै अढाइसय वर्ष पुराने बयर
जति जति बुढो हुदैं आयो,
त्यति त्यति झाँगिन खोज्दै गयो ।
तर जति जति झाँगिदै गयो ।
उति उति फूल्न फल्न छोड्दै गयो ।
हुँदा हुँदैं मात्र काँडै फूलाउने भयो
मात्र काँडै फलाउने भयो
मर्ने बेलामा कमिलाको प्वाँख पलाए झैं
सायद नासिने बेला भएर होला ।
काँडै काँडाले लटरम्म हुँदै गयो
काँडे बयर ।
मात्र काँडै काँडाले भरियो ।
जुन गाई न ब्याउँछे ।
न दूध नै दिन्छे ।
त्यो के गाई ?
त्यसलाई पाल्नुके अर्थ के ?
जुन विरुवा न फूल्छ ।
न फल्छ Ãद्र
न त्यसले छहारी नै दिन्छ
त्यसलाई बचाएर राख्नुको अर्थ के ?
हरैंचा मोरंग हाल बोस्टन अमेरिका
(स्रोत : Nepalikavita.com)