~ऋचा शर्मा तिवारी~
मेरो जीवनको हर खुशीहरुमा
जहर घोल्न नआउ तिमी ।
खुशी रहन चाहने मेरा रहरहरुमा
दर्दको आतंक फैलाउन नआउ तिमी ।
हर चाहना र रहरहरु मेरा
सिमलको भुँवा सरी उडेर गए ।
हर पुर्णीमाका रातहरु मेरा
तिम्रो प्रतिक्षामा अनिंदो बितेर गए ।
एक्लो, नितान्त एक्लो बाँच्दै छु
यो मेरो र्ददनाक र असफल जीवन ।
तिमी विना, तिम्रो अभावमा
यो जीवनको सफरमा
केवल मौनता सँग मित्रता
(स्रोत : Nepalikavita.com)