~वेद थापा “बेहोशी”~
एक प्रकारको बिकाशको थालनी, बाचा हरुको पुर्णता तर्पm चालीएको पाईला अथवा समयको कटनी मात्रै हो अथवा अरु के को लागिहो तर नेपालको ठिङ्गो एउटा माहानगर पालीकाले एक पटक मान्छे हरुका इच्छा अनि चाहाना बुभ्mने मनसायले कुनैबेला एउटा कार्यक्रमको तर्जुमा भने गरेको थियो । र सो कार्यक्रममा धेरै धेरै प्रस्न हरुका साथै उत्तर हरुको आदान प्रदान पनि भएको थयो तर ति सबै प्रस्न अनि उत्तर भन्दापनि तिनिहरुको सार संक्षेप मात्र जस्ताको तस्तै याहाँ राख्ने प्रयास गरिएको छ ।
प्रस्नकर्ता ले भन्यो—
“तपाईको शुभ नाम ?”
पहिलो चाहींले भन्यो—
“मं मान्छे ।”
तब प्रस्नकर्ता ले पहिलो यानि मान्छेलाई भन्यो—
“ल भन्नुहोस त तपाईका इच्छा अनि चाहानाहरु कस्ता कस्ता छन ?”
मान्छेले भन्यो—
“हजुर मान्छे भएर जन्मेपछि अरु सबै सरह मान्छे भएरै बाँच्न पाउँनु पर्नेहो तर खै तेस्तो याहाँ केही भएन, बस सधैंको तेही थिचो मिचो सहेर अनि कुनै ठर ठेगान नभएर अचाक्लीनै भयो । तेसैले एउटा बासको व्यवस्था संगै अटुट गास र कपासको साथमा शान्ति सुरक्षा र जनजिविकाको ग्यारेन्टी होस भन्ने मेरो चाहाना छ ।”
प्रस्नकर्ताले अबको दोस्रोलाई भन्यो–
“अनि तपाई भन्नुस त तपाई को हो ?”
दोस्रोले भन्यो–
मं भनेको मल्टी हो मल्टी अर्थात नेता”
तब प्रस्नकर्ताले हात जोड्दै र ओहो नेताज्यू भन्दै नमस्कार गर्यो अनि भन्यो–
“नेताज्यूका पनि तेस्ता केही इच्छा र चाहाना होलान र खै ?”
नेताले एक पटक टिठ लाग्दो गरी पहिलो यानि मान्छेलाई हेर्यो र भन्यो–
“हुन्छन किन नहुने तर खोई मं केभनौं मान्छे हरुमा यस्ता बिना सित्तिका इच्छा अनि चाहाना पनि हुँदा रहेछन भन्ने कुरा अहिले आएर मात्र चाल पाउँदैछु । बरु बिचारा वाहाँले मान्छे भएर जन्मियो भन्दा चाहिं भने मलाई अत्यन्तै दुख लाग्यो । अब त्यो किन कसरी त भन्नु हुन्छ भने कोही पनि यदि शुरुमैं मान्छे भएर जन्मियो भने उसले भएभरका अनि नाना थरीका दुखहरु पाउँछ, पर्नु नपर्नु झमेला उसैलाई आईलागेर जिन्दगि भरीको रुनु बाहेक र पुर्पुरो समाउँनु बाहेक अरथोक उसले केही पनि पाउँदैन । तसर्थ मान्छेको जुनी बाहेक जुनसुकै जुनी अर्थात कुकूर, बिरालो, बाघ, भालु तेस्तै डियां, बाख्रा भेडा र बंगुर च्वाँचे स्वाँचे आदि भएर जन्मिएमा कुनै कुराको झन्झट बेहोर्नु प्रदैन । अभैm त्याहाँ तपाई यदि यि सबैको मिश्रण अर्थात नेता भएर जन्मिनु भयो भने हर प्रकारको सुख सुबिधा र मोजमस्ति मात्र होईन तपाईले त कुकूर भएर भुक्न, बिरालो भएर चिथोर्न, बाघै भएर घोक्रो फोर्न अनि डियां डांग्रा भएर घाँस खान र च्वांचे भएर रछ्यानमा मस्त लडीबुडी खेल्ने जस्ता सबैथोक पाउनु हुनेछ । भएन फेरी जब तपाई नेता भनेर चिनिनु हुनेछ तब ति गास, बास र कपास आदि तपाई जता दगुर्यो तेतै दगुर्ने छन र तपाई जता पल्टियो तेतै पल्टिने छन । तेसैले हेर्नोस मं त नेता मान्छे सबैथोक भरीपुर्ण छ तरपनी एउटा इच्छा भनौं या चाहाना चाहीं के छ भने मेरो यत्रो यो गास, बास, कपास यानि श्रि सम्पत्ति तेतिकै लावारीस छाडेर मर्न कसै नहुने भएकाले जब त्यो मेरो मर्ने मर्ने बेला हुन्छ तब तेतिखेर मेरो यो भए जतिको श्रि सम्पत्ति र मैंलाई पनि तपाई (नगरपालिका) को त्यो फोहोर फाल्ने ढ्वाङमा खतारेर यसो कहिं ओझेलमा लगेर गाडीयोस अनि तेसको चारैतीर काँढेतार लगाईओरी डरलाग्दा डरलाग्दा बिषलु सर्प पनि छोडीयोस र एउटा हाति चरेक को ढुङ्गो त्याहीनेर गाडेर तेसमा मेरो सम्पुर्ण हुलीया समेत लेखीयोस ।”
अबचाहिं प्रस्नकर्ताले अचम्म मान्दै भन्यो–
“हैन श्रि सम्पत्ति संसंगै तपाईलाई पनि गाडीदिने कुरा त ठिकैछ नेताज्यू गाडीदिउँला तर यदि तपाईको अगाडि पछाडि कुनै हकवाला नभएपछि त्यो ढुङ्गो गाडेर तेसमा तपाईको सबै हुलीया किन लेख्नु पर्यो त्यो भने बुझिएन ?”
तब नेताले अति नमिठो संग आप्mनो मुख मिठ्याउँदै भन्यो–
“हेर्नोस वास्तवमा मं मरेको काहाँ हुन्छु र हजुर सम्झिनुस मं केबल भुमिगत अवस्थामा छु ।”
अबको प्रस्नकताले उता ए बुझें नेताज्यू अनि अरुपनि केके भन्दैथियोे कुन्नी तर यता त्यो मान्छे भने ट्वाल्ल परेर तिनै नेतालाई हेरेको हेर्यै भयो
।। इति ।।
सेतिदोभान ७, स्यांजा ।।