~कल्पना अबस्थी~
भो अब हामी नभेटौं तिमी मलाई फोन पनि नगर र मेरो घरमा आउने कोशिश पनि नगर्नु । आज बाट तिम्रो र मेरो सम्बन्ध सकियो कति सजिलै भन्दै थियो उ मेरो आँखामा आँखा जुधाएर ।
म प्रश्न गर्दै थिए किन
किन न भेट्ने हामी के भयो
म संग त्यस्को उत्तर छैन किरन म तिर सजिलै हेरेर कुरा गर्दै थियो उसको लागि यो सबै एउटा अपरिचित संग गरेको कुराकानी जस्तै थियो ।
मैले मलाई उत्तर चाहिन्छ किन हामी नभेट्ने भनेर बारम्बार सोधी राख्दा समेत उसले केही बोलेन । तिमी कारण होईन किरन तर म तिमी संग नाता राख्न पनि चाहन्न उ भन्दै थियो ।
म संग त्यस कुराको जवाफ दिने वा केही सोध्ने कुनै शब्द थिएन मानौं मेरो शरिर बाट कसैले रगत को अन्तिम थोपा समेत चुसि सकेको थियो म उभिरहेको धर्ति म बाट खोसिएको जस्तो भान भई रहेको थियो सारा आकाश तेती खेर मै माथि खसेको जस्तो भई रहेको थियो ।
जाउ तिमी अब म तिम्रो अनुहार एकछिन पनि हेर्न सक्दिन र आइन्दा मेरो घरमा आउने कोशिस गर्यौ भने म यो घर पनि छोडेर अन्त कतै जानेछु । त्यत्ति खेर मेरो आँखा बाट साउनको भेल बगी रहेको थियो साँच्चै केटा मान्छेको मन कति कठोर हुँदो रैछ ।
साँच्चै नै कति निर्दय हुँदा रैछन ् मैले त्यत्तिखेर मात्र थाह पाएँ ।
मेरो आँखाबाट आँसुको भेल बग्दा सम्म पनि उसलाई मैले नाटक गरे जस्तै भयो । हेर तिमी रोएर मलाई पाउछौं भन्नी आश नराखे हुन्छ म तिमीबाट एक्लै बस्न चाहन्छु त्यसैले अब तिमी मसंग नबोल । र मेरो बारे सोच्न बन्द गर उ भन्दै थियो ।
त्यत्तिकुरा सुनेपछि एकछिन त्यहाँ उभिने शक्ति थिएन मभित्र म बाटो भरी रुँदै यही प्रश्नमा अलमल थिए आखिर किन किन मलाई यस्तो भन्यो सुरेशले किन
मायामा मान्छे पागल हुन्छन् रे भन्ने सुनेको थिएँ तर आज आफैमाथि यस्तो पर्दा थाह पाएँ साँच्चै यो मुटु भन्ने थाहै नपाएँ अरुको हुँदो रैछ । अर्काको नाम लेखिसके पछि यस मुटुमा आफ्नु केही कुराले असर नगर्दौ रहेछ ।
साथीहरुले भनेको सुन्थे यो माया भनेको त कति मिठो हुन्छ मायालुको यादमा भुल्दा उ संग कुरा गर्दा एउटा छुट्टै आनन्द आँउछ त पनि माया गरेर हेर्न अनि थाह पाउछेस् ।
यस्ता कुरा सुन्दा मलाई तिनीहरुले के कुरा गरेका होलान् के एउटा छुट्टैैै मान्छेको साथले जिवनमा केही फरक पार्छ र भन्ने कुरा आफैलाई सोध्ने गर्थे ।
शायद मलाई पहिला देखि नै थाह थियो यस्तै हुन्छ माया भन्ने त्यसैले त म माया शब्द बाट सधै टाढिन खोज्थे सधै म त्यसलाई समयको बर्बादी भन्ने सोच थिएँ ।
माया भनेको गरेर हुने कुरा होईन रैछ न त कसैसंग माँगेर नै पाउँने कुरा रै छ । माया भनेको त मन को मिलन रै छ ।
खै कसरी पो हुन्छ माया म पनि र्हेछु यो माया भन्ने कुरा मैले नचाहे सम्म कसरी हुँदो रै छ ।
हो यस्तै कुरा गर्थे म साथीहरु संग तर थाह नपाई कोई मनमा पसेछ कसैले मेरो मन लगेछ यो त मलाई अहिले चोट लिएँ पछि मात्र थाह भो ।
अहिले थाह पाएर के गर्नु खै आँसु मात्र दिँदो रैछ मायाले । अन्धो बनाएर मान्छेलाई पागल बनाउँदो रै छ यो मायाले ।
कुरा आज भन्दा ७ वर्ष अगाडिको हो । म आफ्नु अगाडिको पढाई बिदेशमा पढने सोचले मेरो साथीहरुलाई सुनाँउदै थिएँ मेरा साथीहरु ल ल जा तेरो छ दिन बिदेश जा त्यही पढ त्यही बिहे गर भन्दै मलाई जिस्काउँदै थिएँ । तर म उनीहरुलाई मेरो लक्ष्य र मेरा चाहनाहरुको बारेमा बताउँदै थिएँ हेर मलाई अरु केटी जसरी बस्न मन छैन अब पढाई सकेपछि बिहे गरने बच्चा उफ्प्ाु यत्ति मात्र मा म मेरो जिवन अर्पन गर्न म चाहन्न ।
म त केही गर्न चाहन्छु आफ्नु बाबा आमाको नाम राख्नको लागि देशको लागि केही गर्न चाहन्छु । अगाडि पढ्न चाहन्छु त्यसैले म अब तीन वर्षको लागि अमेरिका जाँदैछु पढ्न म भन्दैथिएँ । साथीहरु सबै मेरो कुरा सुनेर कोही मलाई बधाई दिँदै थिए त कोही मलाई त बिना हामी कसरी एक्लै बस्ने भन्दै आँसु झार्दै थिएँ तर म कहाँ रोक्किने थिएँ र ।
अमेरिकाको कलेजबाट म सलेक्ट भई सकेकी थिएँ अब मेरा सपनाहरुले पखेटा पाई सकेका थिएँ । म अमेरिका गएर के गर्छु भन्ने मेरो कल्पनाहरुमा म हराई रहेकी हुन्थे । म असाध्य खुशि थिएँ ।
मेरो परिवारमा मेरो आमा बाबा र एउटी प्यारी बहिनी थिइन कसीस । मेरो साथी भने पनि बहिनी भने पनि सबै थोक थिइन मेरोलागि ।
तँ त अब अमेरिकन हुन्छेस है कसीसले मलाई जिस्काउँदै भन्दै थिई ।
अ हुन्छु काम नपाएर म त आफ्नै देशमा केही गर्ने हो मलाई त यो तीन वर्ष पनि कसरी जान्छ जस्तो भएको छ म भन्दै थिएँ ।
होला नि खुब तलाई त नौलो ठुउ नयाँ परिवेश खुब मज्जा हुन्छ नि म पो यहु के गर्ने भन्दै गह भरि आँसु बनाई कसिसले त्यत्तिबेला मलाई मुटु नै फुट्ला जस्तो भो ।
साँच्चै म तीन वर्ष एक्लै कसरी बिताउने होला भन्ने सोचमा पो डुब्न पुगेछु ।
१४ मई २००४ मेरो नेपाल छोड्ने दिन आमा बाबा कसीस सबैजना मलाई एअरर्पोटमा बिदा गर्न आउनु भएको थियो । त्यत्तिखेर सम्म त म खुशि नै थिएँ तर जब म एअरर्पोट भित्र पसे अनि बल्ल मलाई एक्लोपनको महशुस भयो अब म यिनिहरुलाई कहिले भेट्न आउने होला कहिले होला परिवार संगै बस्ने अब त म त कहाँ हो कहाँ पुग्ने भए यस्तै किसिमको कुराहरुले मनलाई खिन्न बनाई रहेको थियो ।
एअरर्पोटमा सामान जाँच गराएर म प्लेन चढे । अब त नेपाल पनि कहिले फर्किने होला मेरो आँखा रसायो मुटु काप्यो पहिलो चोटि घर परिवार छोडेर म कतै टाढा जाँदै थिएँ ।
१५ तारिख म अमेरिकाको न्यूर्योक शहरमा आई पुगे । शुरुमा यो बिशाल देश र यस्को ब्यस्त शहर देखेर म निक्कै आत्तिए तर विस्तारै बानी पर्दौ रहेछ सबैकुराको । मेरो पनि बानी पर्यो यस नौलो शहरमा नौलो कलेज सबैनौलो थियो मेरा लागि । म आफ्नै दुनियाँबाट बेग्लै दुनियाँमा थिएँ यसलाई मैले अपनाउन गाह्ो थियो तर नसक्ने थिएन ।
मेरो नातेदारहरु संग बस्थे म त्यसैले घर परिवारको त्यत्ति सम्झना आउन छोडेको थियो अचेल मलाई । मेरो अंकल आन्ट र वहाँको छोरी समारिका ।
समारिका र म संगै का थियौं त्यसैले उ र म बिच साथीको नाता सजिलै भयो हामी एउटै कलेज पढने हुनाले अलिकति सजिलो पनि भएको थियो मलाई समारिका संग कुरा गर्न । उनि असाध्यै मिजासिली सवभाव की थिइन अमेरिकामा बसेको धेरै भै सक्दा पनि उनमा धेरै कुरा अझै पनि नेपाली नै थियो । कम बोल्ने सवभाव भएकी समारिका म संग एकदम नजिक बनेकी थिइन ।
निलो आँखा अनि कालो लामो केश उन्को मुहारमा बेग्लै किसिमको चमक हुन्थ्यिो जतिखेर पनि गोरी वर्ण की स्मारिका हाँस्दा उन्को मुहारमा सुर्यको लालि छरिए झै देखिन्थ्यो त्यति राम्री थिइन उनि ।
विस्तारै समय वित्दै गयो म अमेरिका आएको पनि १ वर्ष भै सकेको थियो त्यही बेलामा मैले पहिलो पटक सुरेश लाई भेटेको थिए । सुरेश मेरो सहपाठी थियो हामी एउटै क्लासमा पढथियौं तर पनि उससंग मैले आज पहिलो चोटि बोलेको थिएँ ।
सुन्नुहोस न कसैले मलाई पछाडिबाट आवाज दिएको सुनेर मैले फर्केर हेरे हजुर भन्नुहोस मैले छोटो जवाफ दिएँ ।
हजुरलाई त म सधै देख्छु कलेजमा हजुर यो कलेज ज्वाइन गर्नु भएको १ वर्ष जति भयो नि होईन । म अचम्ममा परे हजुर हो हजुरलाई कसरी था भयो मैले तुरन्त प्रश्न सोधे ।
मेरो प्रश्नले उ अक्मक्क पर्यो होईन मैले त्यत्तिबेला देखिनै हजुरलाई याद गरेको थिए त्यसैले हो उसको जवाफ पाएँ । ओ के भन्दै म जान्छु ल भन्दै हिडे ।
त्यसपछि कहिले काही कलेजमा मैले देख्थे सुरेश लाई तर म त्यत्ति बोल्ने थिएन ।
म आफ्नै शुरमा हुन्थे साधारण कुराकानी चै हुनी र्गिथयो हामी माँझ ।
आज म र स्मारिका संगै आउने क्रममा बाटोमा भेट भयो समीर संग हजुर कहाँ बस्नु हुन्छ नि मैले सोधे यहि नजिकै बस्छु हजुरहरु कहाँ बस्नु हुन्छ नि उसको प्रश्न थियो हामी पनि यहि निर हो भने मैले । त्यसदिन हजुरको फोन नंः पाउन सकिन्छ होला सुरेश ले सोध्यो मलाई मैले हुन्छ नि भन्दै दिए शायद सहपाठी हो नेपाली हो भन्ने सोचेर होला मेरो मनमा त्यस्तो केही कुरा आएन र
सजिलै मैले आफ्नो नं सुरेशलाई दिए ।
अब त दिन दिनै कुराकानी बढदैै थियो सुरेश र म बीच कहिले काही त घण्टौं सम्म पनि हामी एक अर्का संग कुरा गरेर बस्थियो । सुरेशको कुरा गर्ने तरिका पनि बेग्लै थियो शायद त्यसैले होला म उ प्रति आकर्शित हुँदै गई रहेकी थिएँ ।
प्रायः जसो हामी एकअर्कालाई भेट्ने गर्थौ । अमेरिकन लाइफ रात्रीको आनन्द लिन भनेर कहिले काही म र स्मारिका घुम्न भनेर हिड्ने गर्थौ अनि सुरेश पनि हामी संग आउने गर्न थाल्यौं उ पनि हाम्रो साथी बनी सकेको थियो । कहिले कता कहिले कता रम्न थाल्यौं हामी ।
सुरेश गहुँगोरो वर्णको सुगठित शरिर भएको केटा थियो । सीधा कुरा मन पराउने साँचो बोल्ने किसिमको थियो । उसलाई लाइफमा धैरे कुराको अनुभव भए जस्तो भान हुन्थ्यिो मलाई । जति सुकै दुःख परे पनि उसको मुहारमा हाँसो सधै हुन्थ्यिो कसरी यति सजिलै लिन्छन् होला मान्छेहरु हरेक कुरालाई म सधै त्यहि सोच्ने गर्थे ।