~प्रकाश याचवि~
न उग्र हुन्छ न रुक्छ जवानी
न फुल्छ ओँठमा, न लुक्छ जवानी
यो सस्तो संस्कार झस्काउँछ पलपल
न सक्छ तोड्न, न झुक्छ जवानी
दिल गर्छ कोही आफ्नो बनाउँ
सम्झेर तिमीलाई चुक्छ जवानी
यौवन यो तनमा बग्दछ रातभर
न पिउँछ कोही न सुक्छ जवानी
धड्किन्छ मुटु बल्झिदा रति
सम्हाल्दा आँफै दुख्छ जवानी
– प्रकाश याचवि
बुटवल –१३
योगीकुटी
(स्रोत : Biswokhabar)