कथा : वृद्ध-भत्ता

~गौरी मल्ल~Gauri Malla

“मिल्दैन आमा , मिल्ने भए त म तपाईंले बोल्नै नपर्ने गरेर गर्दिहाल्थे नी । अब सरकारी काममा हामीले बोल्न मिल्दैन ,के गर्ने लौ भन्नुस् त ? “

अगाडिको अन्दाजी ३० /३१ बर्ष जतिको उमेरको युबकको कुराले उ निरास देखिरहेकी थी । उस्का रसाएका आँखाहरुले युबकलाई अझै पनि अनुनये बिनये गरिरहे झै लाग्थ्यो । उस्का अनुहारका भाव हरु पढेर नै होला युबक फेरी बोल्छ -“आमा मेरो हाथमा भाको भये म अस्तिनै मिलाइदिन्थे , तर अब भने नी ,सरकारी निएम, मान्नै पर्‍यो नत्र एस्तो ब्रूद्ध मान्छे दिन्दिनै दु:ख पाएर आको हामी पनि हेर्न सक्दैनौ नी आमा । “

“अनि यो भत्ता भन्ने कुरो बुढाबुढिकै लागि हो भन्छन नी त हैन र बाबु ? “

उ सास छऊन्जेल आस भने झै फेरी प्रयास गर्छे ।

” हो आमा , बुढाबुढिकै लागि हो , तर … तपाईंले पाउने बेला अझै भाको छैन , किन भने , यो ब्रूद्धभता भन्ने कुरो चै ७० नाघे पछी मात्र पाइने निएम छ ….. अब त्यो हिसाबले तपाईंको उमेर नै पुगेन , उमेर नपुगी दिन मिल्दैन ….. अर्को कुरो तपाईंलाई दिन मिल्थ्यो येदि तपाईं बिधुवा हुनुभाको भये , किनभने बिधवाको हकमा चै ६० बर्ष पुगे पछी भत्ता पाउने नियेम् छ तर यहाँ कुरो के परो भने ….. तपाईं आफुलाई सधुवा मान्नु हुन्छ , जबसम्म कानुनले तपाईंलाई सधुवा मान्छ तब सम्म तपाईंले कुर्नै पर्छ , त्येसैले आमा तपाईंको बेला नै आको छैन भत्ता पाउन ……”

‘ भने पछी अब अझै कत्ती कुर्न पर्ने रैछ त बाबु ? ‘उ निर्क्योल गर्न चाहन्छे ।

‘ अंsssss.. उमेरको हिसाबले हेर्दा बाँकी छ आमा अझै २ बर्ष जत्ती …. ‘

‘ २ बर्ष….. ? हतास हुन्छे लक्ष्मी । ‘ यहाँ २ दिन मुश्किलले कटिदै छ …. अब अझै २ बर्ष ….. ‘

उ एकफेर निरास आँखाले तेस ब्येक्तिलाइ हेर्छे । त्यो ब्येक्ति अरुनै काममा ब्येस्त देखिन्छ । बुढी फेरी आफ्नो नजर यताउती घुमाउछे । केही पर आफुजस्तई बुढाबुढीहरु लाइन लागेर पैसा थाप्न बसेको देख्छे । एकछिन येसै टोलाउछे ऊ । उस्का आँखा भरिएर आउछन । मजेत्रोले बिस्तारै आँखा पुच्दै अनि आफुलाई सम्हाल्न खोज्दै बेन्चको सहारा लिदै उठ्छे । अब त्यहा बसिरहनु ब्येर्थ जस्तो लागेर होला ऊ सुस्त सुस्त त्यहाबाट निस्कन्छे ।

धेरै दिन भयो ऊ यसरी धाउन थालेकी । शुरुमा पतिको नाम , विवाह दर्ता , नागरिकता , फोटो अनि के के …. मागेको जत्ती सबै बुझाईसके पछी भन्छ – ” उमेर पुग्या छैन ….” हातगोडा राम्रो चल्न छाडिसक्यो , बोल्दा जिभ्रो लर्बराउछ , आँखा ले मान्छे ठम्याउन सक्दैन , अलिकती हिड्दा सास फुल्छ । अब यो भन्दा के हुन पर्ने रहेछ भत्ता पाउन …. ? सोच्दै हिड्छे । कुन बेला घरको ढोका खोल्न पुगी उसैलाई हेक्का थिएन । ढोकाको घत्र्याक्क आवाजले पो झसँग हुन्छे ।” ओह्ह घर पो आइपुगिसकिएछ ” मनमनै गम्दै भित्र छिर्छे । प्यास ले होला ढोका छेवैको गाग्रोबाट पानी सार्छे अंखरामा अनि एक्कै सासमा घट्घट् गर्दै पिउछे । अंखरा भुइमा राखेर लामो सास छाड्छे । एत्तिकैमा बहिर आवाज आउछ – ” लक्ष्मी आमाssss…. कता हुनुहुन्छ , यो ढोर् ल्याइद्याछु है ….. ह्याँ आँगना राख्द्याछु , बाल्ने कुरो छैन भन्नुभा हैन ? लौ भरे तिर छिरम्ला हतार छ अहिले ।“

उस्ले बहिर निस्केर हस पनि भन्न नपाई आगन्तुक हिडिसकेको थियो । उस्ले त्यो महशुस गरी शायद । चुपाचप भरेङ उक्लिन थालि ।

माथि उक्लेर सर्सर्ती आँखा कोठाको चारैतिर घुमाउछे । “अब येस् घरमा केही शेश छैन , सिवाये उस्का आनगिन्ती सन्झनाका भग्नाबशेश , कहाली लाग्दो सन्नाटा , अनी सिर्फ उस्ले फेरेको स्वासको आवाज ” । सोच्दै थचक्क भुईंमा बस्छे । टाउकोलाई हत्केलाको भरमा एक्छिन राखेर केही सोचेर बस्छे । शायद निस्कर्शमा पुग्न नसकेर होला लामो सास छोड्दै शीर उठाउछे । अनायास उस्का आँखा खाटसङै रखिएको ट्यान्कामा जान्छ जसमाथी एउटा तस्वीर राखिएको थियो । ऊ हाथ लम्काएर तेस तस्विरको फ्रेम आफ्नो नजिक लेराउछे ।

गौर सँग तेस तस्विरलाई हेर्छे । तस्विरमा एकजना लोग्ने मानीस एक्जना स्वस्नि मानीस अनी ३ जना बच्चाहरु थिए जस्मा २ छोरा अनी १ छोरी । हिजो जस्तो लाग्छ सिद्धेश्वोरको मेलामा खीचेको यो तस्विर ।

ऊ एकोहोरो तेस तस्विरलाई हेर्न थाल्छे । हेर्दा हेर्दै उस्लाई येस्तो लाग्न थाल्छ कतै गहिरो इनारबाट कोइ उस्लाई बोलाउदैछ ….. ” आमा sssss….” उस्का अनुहारमा आएका परिवर्तनका भावहरु स्पश्ट देखिरहेको थियो । येस्तो लागिरहेको थियो मानौ ऊ आफ्नो अतीतको गहिरो खाडलमा धसिंदै जादैछे , धसिंदै जादैछे………..।

“ एउटा १३ / १४ बर्ष जतिको केटा आफ्नो आमालाई बोलाउदै घरको आङनमा प्रवेश गर्छ । ‘ के भो किन चिच्यौछस हँ तं ? ‘ भन्दै उ बहिर निस्कन्छे ।

“ आमा चिठी आको छ बाको “

‘ हो ? खै खै यता ले त ….’

उ आतुर चिठी छोराको हाथ बाट लिन्छे ।

“ ल तिमी हरु एकछिन बहिनीलाइ हेर्दै गर म झट्टै मास्टरनी कहाँ गएर आइहाल्छु । “

जवाफ पनि नपर्खी उ कुद्धै पुग्छे मास्टरनी को घरमा ।

“ हरी दाइको चिठी आएको जस्तो छ नि , हो लक्ष्मी दिदी ? “ हतार हतार आफुकहा आएको देखेर मास्टरनी दिदी सोधिहाल्छिन ।

“ हजुर , उहाको चिठी आको रैछ त्यही भएर ….. “

“ खै त …” लक्ष्मीको हातबाट चिठी लिदै खोल्न थाल्छिन् ।

“ कत्ती चोटि भने स्कुलमा पढ्न आउ अरु सरह तर खै तिम्रो घैटोमा घाम लाग्या हैन ।

त्यहा शरम लागे येहि घरमै आएर एक्छिन बसे नि हुन्थ्यो नि , कमसे कम एसरी हाम्फाल्दै म कहाँ त आउन पर्दैनथ्यो नि नाथे एउटा चिठी पढाउन ।“

उ लाजले मुन्टो निहुरायेर हासी बस्छे तर साथसाथै चिठीमा लेखिएका कुरा हरु सुन्न आतुर पनि देखिरहेकीथी ।

“ ल सुन्नुस् …..”

“ हजुर “

उ सुन्दै जान्छे । मास्टरनी पढ्दै जान्छिन् ।

जब सबै पढेर सक्छिन मास्टरनी ले बल्ल उ झसँग हुन्छे ।

“ ल लक्ष्मी दि येती हो ” चिठी लक्ष्मीको हातमा फिर्ता दिदै भन्छिन मास्टरनी दिदी ।

“ अनी खै त उहा कहिले आउने केही लेख्नुभाको रैनछ त …….”

“ अं खै त्यो बारे त लेख्नुभाको छैन दि ।”

“ जहिले यस्तै गर्नु हुन्छ । आउने कुरो त गर्नु नै हुन्न । पैसो मात्र पठाएर के गर्नु , अाफु चै आउने पत्तो छैन । “

“ बोलाउनुस् न त । “

“ बोलाको हैन त ? अस्ती को चिठीमा तपाईंले नै लेखेर पठाउनुभा हैन ? खै त ? “ प्रतिप्रश्न गर्छे उ मास्टरनीलाई ।

मास्टरनी सँग पनि शायद जवाफ हुन्न तेसैले सिर्फ मुन्टो हल्लाएर जवाफ दिने प्रयास गर्छिन ।

एत्तिकैमा लक्ष्मीलाई आगनमा छाडेर आको आफ्ना बच्चाहरुको झल्को आउन थाल्छ ।

“ ओहो बच्चाहरु आगना एत्तिकै छाडेर आको । पछी लामो कुरा गरम्लानी , म गये ….”

“ ए ल ल जानोस जानोस … यताउती लाग्लान फेरी । “

उ हतार हतार घरको आगनमा प्रबेश गर्छे । बच्चाहरु हाँस्दै खेलिराको देखेर ढुक्क हुन्छे ।

बेलुकीपख तीनैजना छोराछोरीलाई भात खुवाउने बेलामा जेठाले प्रश्न गरिहाल्छ ।

“ बा कैले आउनुहुन्छ आमा ? “

“आउँदैनन “ । छोटो उत्तर दिएर टार्न खोज्छे लक्ष्मी तर बच्चा त बच्चा नै हो । उ किन तेसै हार मान्थ्यो ।

“ अंss.. जहिले तेस्तै भन्नु हुन्छ । अस्ति त दशैमा आउनुहुन्छ भन्नुभा हैन ? “

“ भनेको त हो नि, अब मिल्दैन रे आउन एस्पाली पनि । ल अब लामो कुरो नगर खा खुरुक्क ।“ आँफै दिक्क भएर बसेको बेला छोराको बहस मन पर्दैन लक्ष्मीलाई । बिचरा आमाको एक फट्काइमै चुप लागेर भात मुछ्न थालछ ।

लक्ष्मी भर्खर भर्खर बिहे भएर घरमा भित्रीदा जग्गाजमिन नभाको हैन । मज्जाले अन्न भित्र्याउन पुग्थ्यो तर ५ दाजुभाइको अंश अनि ३ नन्द आमाजुको बिहेवारीमा सबै सम्पती घटेर मुख जोर्न पनि कठिनाई हुन थाल्यो । झन बालबच्चा आउन थाले पछी त समस्याको जालो नै बन्दै गयो । त्यो जालो गाउँमा बचेको जमिनले मात्र तोड्न मुश्किलनै जानेर होला एकदिन दुबैजना बसेर सल्लाह गर्छन् अनि यो टुङोमा पुग्छन कि काठमण्डौ गएर पैसा कमाउने ।

बस् , राती सुत्दा सल्लाह गरे अनि बिहानी पख भाले नबास्दै हरी काठमाण्डौ हीडि पनि हाले ।

त्यो दिन देखी उ एक्लै छोराछोरीको रेखदेख गर्दै अाईरहेकी थीइ । बेलाबेलामा श्रीमानको खबर आउथ्यो चिठीको रुपमा अनि पैसा पनि । उ खुशी नै थीइ । उस्को सबै ध्यान बच्चाहरुको हुर्काइमै बित्न थाले । जेठो ले पहिला नै ८ कक्षा सम्म पढेर पढ्न छाडिसकेको थियो । ऊ आमा लाई खेतिवाडी मै सघाउथ्यो । छोरी सानी थिई तर लक्ष्मीलाई घरधन्दामा सघाउथी। पढाईलाई निरन्तरता दिने काम कान्छोले मात्र गरेको थियो तर मास्टरनी दिदी ले एकदिन लक्ष्मीलाई सम्झाइन कि छोरीलाई ” पढाउनुस् नत्र आफुजस्तै चिठी एउटा पढाउन पनि अरुको मुख ताक्नु पर्ला । ” शायद येहि डरले होला कान्छोसँग छोरीलाई पनि स्कुल हालिदीइ । कान्छो बहिनीलाई आफु सँगै लैजान्थ्यो ल्याउथ्यो । गाउको स्कुल नजिक पनि थिएन सानोतिनो डाडा नै काटेर जानु पर्थ्यो । गोरेटो भिरालो बाटो । गाउका बच्चाहरु अतिनै कठिनाईका साथ पढ्न जानु पर्ने वाध्यता । छोराछोरी घर नफर्के सम्म लक्ष्मीका आँखा बाटो तिरै तन्किरहेका हुन्थे ।

एकदिन अङेनामा मकै भुटेर बच्चाहरु लाई खाजाको जमर्को गर्दै थीइ । बाहिर आङनमा गाउलेहरुको खैलाबैला सुनेर हत्पताउदै निस्कीन । एक्जना गाउलेको हाथमा उस्को कान्छोलाई देखेर चिच्याउदै छोरा समाउन पुगी ।

“ लौनssss के भो मेरो कान्छोलाइ ?? “

कान्छो रगताम्मे भैइसकेको थियो ।

“ स्कुलबाट फर्कदै रहेछन क्यारे , त्यो परको भीर नेर आउँदै गर्दा पछाडि बाट एकहुल वस्तुहरु पनि आउँदै थिए , खै के कसो भएर वस्तुहरु अचानक दौडिनथाले । डरले यी बच्चाहरु पनि यताउती भाग्न थालेको देख्याथे । एत्तिक्कैमा यो कान्छोको चिच्याको आवाज चै सुनेको हो । वस्तुहरु पाखा लाइसके पछी यताउती खोज्न थालेम् यीनि त निक्कै तल पो खसिसकेका रहेछन । अनि सबैलाई हारगुहार गरेर तल झरेर ल्याउन चै सकेम तर ….. “। एकजना गाउले ले आफ्नो ब्रितान्त भन्दैथियो ।

“ के तर हर्के दाई के तर …. खै यो किन बोल्दैन …. कान्छा ए कान्छा …. बाबु … लौ न के भो मेरो बाबु लाई ….”

रगताम्मे कान्छोलाई कहिले यता कहिले उता फर्काउन थालछे लक्ष्मी तर कान्छोको प्रान पखेरु उडिसकेको चाल पाउन सक्दिन । जेठा पनि घरमा भिड देखेर दौडदै अाइपुग्छ । सानी छोरी रुदै कहिले आमा कहिले कान्छोलाई हेरिराकी हुन्छे । अघि भर्खर हाथ समायेर स्कुलबाट घर आउँदै गरेको आफ्नो दाई रगताम्मे भएको देख्दा एसै पनि उस्को बालसुलभ मन डर् र आशान्काले थरथर कापिरहेको छ । जेठा अवाक , कुरा बुझ्न नसकी हक्क न बक्क हुँदै भाईलाई बोलाउन थाल्छ । एत्तिकैमा गाउकै कुनै एक्जना ब्रिद्धले ‘जेठा , बहिनीलाई भित्र लैजा । अब भाईको सँस्कार को सर्जाम गर्न पर्छ बाबू…. ” भनेको सुने पछी बल्ल लक्ष्मीको होस आउछ । आफ्ना हाथमा लम्पसार भएर निदाएको जस्तो देखिरहेको छोरो मरिसक्यो भन्ने बोधले लक्ष्मी घायेल् हुन पुग्छे । छोरालाई छातीमा लगायेर डाको छाडेर रुन थाल्छे ।

‘ कान्छाको बाsss…. तिमी कता छौ चाडै आउ …. म एक्लै भये कान्छाको बा …. मेरो बाबु ssss यो के गरेको तिमीले …..आमको माया लागेन तलाई कान्छा …… कसैले कान्छाको बालाई बोलाइदिनु न sssss……. ‘

बिलौना मात्र गरेर बिचरा कान्छा के फर्कन्थ्यो । उस्को लेखा भोगेर उ गैसकेको थियो । त्यो दिन सबैले लक्ष्मीलाई सहयोग गरे । गाउले भएको कर्तब्ये पुर गरे । लक्ष्मीको श्रीमान लाई खबर त पठाइयो तर उ गाऊमा अाइपुग्दा कान्छो मरेकै ४ दिन बितिसकेको थियो । उ आयो बाउको धर्म निभायो । गर्न पर्ने बिधी सबै सकाएर फेरी काठमान्डौ फर्कियो । ‘ साउले चाडै आउनु भनेका छन ‘ भनेर लक्ष्मीलाई फेरी एक्लै शोक र चिन्ताको जन्जालमा छाडेर । केही समय येसै बिलौनामा बिते अनी हेर्दा हेर्दै सबै कुरा सामन्ये जसै हुन थाले । फरक एत्ती मात्रा कि लक्ष्मीकी छोरी स्कुल जान छाडी घरमै अली अली पढ्न थालिन । तेस्को कारण पनि लक्ष्मी नै थिईन । कान्छाको मृत्‍यु को डर येस्तरी उन्को मश्तिश्क मा बस्यो कि उनिले अरु खतरा उठाउने साहस् जुटाउन सकिन ।

हरेक रात उ तस्वीर हेर्दै कान्छा सँग कुरा गर्थी । आफ्नो मनको बह पोख्ने उस्को येहि एउटा तरिका थियो । तर केही मानिस् आफ्नो भाग्येमा खाली दु:ख , पीडा अनी आसुँ मात्र लिएर आएका हुन्छन् । लक्ष्मी पनि शायद तिनै मध्ये एक थीइन् । कान्छा गएको ७ महिना पनि बितेको थिएन गाउँमा नराम्रो सँग भूइचालो आयो । राती छोराछोरीलाई खुवाइवोरी धन्दा सकेर सुतेकी लक्ष्मीले रातिको भूइचालो सँगइ आएको पहिरो मा आफ्ना बाँकी दुइ सन्तान पनि गुमाउने छु भनेर कल्पना सम्म पनि गरेकी थिईन तर बिधिको बिधानको अगाडि कस्को कुन निती चल्न सकेको थियो र लक्ष्मीको चलोस । रोएर चिच्याएर हुने भये उस्को रुवाइ उस्को क्रन्दन ले सबै कुरा फर्किन वाध्य हुन्थ्यो होला तर यहाँ त्यस्तो भएन र सम्भव पनि थिएन । ती दुई बालकको माटोले पुरिएको शरीर बिहान गाउलेहरुले बल्ल तल्ल निकाल्न सफल भएका थिए । बिहान उस्लाई पनि गाउले हरुले भत्केको घर भित्र बाट तान्दा पनि उस्को हाथमा फोटो थियो । शायद राती कान्छालाई सम्झेर सुत्दा उस्को छातीमै थियो होला । कसैलाई लक्ष्मीको बिपदमा मात्र रुने फुर्सद पनि थिएन किनकी सबैको घरको लगभग उस्तै उस्तै कथा थियो । कसैले धन त कसैले जन गुमाएका थिए । लक्ष्मी शोक माथी शोक , शोक माथी शोक भोग्दै थीई । गाउमा भुइचालो को खबरले एकफेर फेरी उस्को श्रीमानलाई गाउमा आउन परेको थियो । दुबैजना लोग्नेस्वास्निको अवस्था लगभग उस्तै थियो । जस्का लागि शहरमा गएर कमाउन गएको थियो आज उनिहरुनै एकएक गरेर छाडेर गैसकेका थिए । लक्ष्मीको अवस्था दिनानुदिन बिग्रदै थियो । एक्लै पनि बर्बराउन थालेकी थिई । हरी उस्को अवस्था सँग परिचीत त थियो तर के गर्ने भनेर सोच्न सकिरहेको थिएन । अब न उनिहरु सँग घर थियो न परिवार । गांस , बास , कपास , यी तीनै कुरा उनिहरुको जीवन को अभाव बनिसकेको थियो । दैबिये प्रकोप को चपेटामा गाउका धेरै घरहरु परेका थिए । सरकारका मान्छेहरु आए हेरे सबैलाई सान्त्वोनाका २ शब्द बोले । अलि अलि राहत बाडे जस्तो गरेर फर्के । तेसपछी सबै आ- आफ्ना अभाव र पीडा सँग एक्लै लड्न बाध्ये भये ।

एकदिन राती लक्ष्मीलाई हरिले भन्यो ‘ हेर लक्ष्मी अब यो गाउँमा हाम्रो केही छैन । घर गयो , बच्चाहरु गये । जस्को लागि भनेर अलिअली जगेर्ना गर्छौ भनेर सोचेका थिएम तिनिहरु नै हिडिहाले । न बारी छ न खेत सबै पहिरोको चपेटामा परिहाल्यो। अब तँ र म मात्र के गर्न सक्छम र …… फेरी अलिअली जोर्जाम नै गरम न त भने पनि कस्का लागि ? एक छाक् खानु र एकजोर लाउनु त हो , त्यो जाबो जहाँ बसेर पनि गर्न सक्छम । मालिकहरु दयालु छन , तलाई पनि काम दिन्छन , यता तलाई एक्लै छाडेर के गर्नु …. त्यस्तो जवान छोरो गयो , नबालक छोराछोरी गये …… सन्तानको सुख हाम्रो भाग्येमा नै रहेनछ बुझिस लक्ष्मी… ‘

उ चुपचाप लोग्नेको कुरा सुनेर बस्छे । लक्ष्मीको शुन्ये आँखालाई हेर्दै फेरी बोल्छ हरी ‘म त भन्छु अब तँ पनि मै सँगइ हिंड …… यहाँ रूङेर बस्न पर्ने के छ र । उता साउको घर छ, म त काम गरिहाल्छु , तलाई पनि काम मा लगाइदिउला । तेरो मन पनि भुल्छ …… बेग्ला बेग्लै बसेर शोक गर्न भन्दा सँगइ दु:ख बाडौला । ‘ लक्ष्मी लोग्नेको कुरा ले अत्ती भाबुक हुन्छे र हरीलाइ छाद हालेर रुन थाल्छे । रुवाइ अलिक थामे पछी दुबइजना शहर जाने सल्लाह मिलाउछन । अलिअली भएका लुगाफाटा समेट्छन् । एसै पनि अब के नै बाँकी बचेको थियो र उनिहरु सँग । यहाँ बसेर रातदिन छोराछोरीहरुलाई सम्झेर रुदै बस्नु भन्दा टाढा जानु बेस भन्ने ठानेर भोली पल्ट दुईचारजना गाउले सँग बसेर साधारण सरसल्लाह गर्छन् । आफ्नो भत्केको घरको ठाउमा जुन सानो ओत सम्म लाग्ने कटेरो बनेको थियो त्यो ठाउको कहिलेकाही’येसो बिचार पुराउदै गर्नुहोला’ भनेर गाउबाट बिदा लिन्छन ।

हरी साहुको बिस्वासको पात्र थियो । शायद हरिको परिश्रम अनी इमान्दारीले नै हुन सक्छ । तेसैले होला लक्ष्मीलाई हरिले ‘ कता राख्ने होला ‘ भनेर सोचिरहन परेन । दुबैजनाले एकै घरमा बास पाये । तेसैताका साउनीको बच्चा भएको थियो । साउनीलाइ तेल मालिश गर्ने देखी लिएर बच्चाको स्याहार – सुसार को सबै जिम्मा लक्ष्मीले लिएकी थिई । आफ्नो कामबाट लक्ष्मीले पनि साउनीलाइ रिझाउन सफल भएकी थीइ । वास्तवमा , लक्ष्मी त्यो नाबालकको स्याहारसुसारबाट आफ्नो गुमेको ममत्वोलाई फर्काउने चेस्टा गर्दैथीइ । तेस घरमा हरी र लक्ष्मी बाहेक पनि अन्ये कामदारहरु थिए । कोइ माली कोइ भान्छे कोइ के कोइ के । हरी पहिला घरमा पाले भएर भित्रेको थियो तर ऊ जे पनि गर्थ्यो । ‘ म सिर्फ यो घरको पाले मात्र हुँ ’ भनेर बस्दैनथ्यो । शायद येहि कारण हुन सक्छ उस्को मालिकले उस्लाई ‘ सबै काम सिक हरी ‘ भन्ने गर्थ्यो र आज हरी जता पनि जे पनि गर्न भ्याउथ्यो । बिस्तारै बिस्तारै उस्को मालिकले उस्लाई आफ्नो अफिसमा पनि लिएर जानथाल्यो । मलिकको खान पान होस् अफिसको सरसफाइ होस् सबै जसो कुरामा हरिले बिचार पुराउने गर्थ्यो । मालिक खुस हरी पनि खुस ।

दिन बिस्तारै बिस्तारै पंखा लगाएर उडेझै उड्नथाले । लक्ष्मी र हरीको ब्येथा सँग उन्का मालिकहरु अपरिचित थियेनन् शायद येसैले गर्दा पनि उनिहरुले अन्ये भन्दा अली फरक माया पायेका थिए । जे होस् उनिहरु तेस घरका सदस्ये सरह भैसकेका थिए । हेर्दा हेर्दै तेस घरमा अर्का २ जना बच्चा पनि जान्मिये । २ छोरा १ छोरी । तीनैजनालाई लक्ष्मीले आफ्नो माया दिएर हुर्काइन । मालिक मालिक्नी पनि हरी लक्ष्मीलाई दिदी अनी दाइको सम्बोधन गर्थे । केटाकेटी लाई केही चाहियो भने उनिहरुलाई नै गुहार्न पुग्थे । एक किसिमले हेर्दा दुबैजनाले बिस्तारै बिस्तारै आफ्ना पुराना घाऊ बिर्सिसकेका थिए । गाउको कटेरोलाई अली अली मर्मत गर्न लगाएका थिए उनिहरुले तर त्यहा कोइ बस्दैननथिए ।

एकदिन अफिसमा मलिकले हरिलाई भन्यो ‘ हरी अर्को हफ्ता आमालाई चारधामको यात्रा गर्न पठाउने बिचार गरेको छु । उहा सँग अन्ये उहाका साथी अनी हाम्रा कोहि नातेदारहरु पनि जान्छन तर त्यहा आमा लाई हेरबिचार् गर्ने एक्जना त चाहियो । अब जो पायो तेस्लाई बिस्वास गर्न सक्दिन तेसैले तिमी नै जानु पर्‍यो ‘। हरिको लागि मालिकको आगंया नै सबै भन्दा ठुलो कुरो थियो तेसैले नाइ नास्ती गर्ने त सवाल नै थिएन तेसमाथि चारधामको यात्रा । ‘ भैहाल्छ नि मालिक ‘ । हरिको जवाफ ले मलिक्लाई ठुलो राहत मिलेको थियो । अर्को हफ्ता मलिकको आमालाई लिएर तिर्थ यात्रा गर्ने भनेर हरी मख्ख थियो । जब उस्ले यो कुरो लक्ष्मीलाई सुनायो उ पनि दङ परी । तेसो त हरिले ‘ तेरो लागि पनि कुरो चलाऊ ‘ भनेर लक्ष्मीको मन नचोरेको हैन तर लक्ष्मीले नै ‘ हुन्न, म पनि गये भने घरमा सबै कुरो अलपत्र हुन्छ , देख्नु हुन्न मालिक्नी केही हेर्नु हुन्न सबै मेरै थाप्लोमा रख्दिनु हुन्छ ‘ भनेर पन्छीइन् । हफ्ता दिनको तयारी पछी हरीलाई बुढी आमाको सहारा बन्न पछी लगाएर पठाइयो ।

हरी त हिडिहाल्यो । लक्ष्मी पनि आफ्नो काममा भुल्न थाली । केहि समय येसरी नै बिते । उ कहिलेकाही एकान्तमा आफ्नो बच्चाहरुको तस्विर निकाल्थि हेर्थी मनमनै कुर गर्थी । एस्तो बेलामा उस्लाई हरिको सम्झना आउथ्यो । अब त फर्किने बेला पनि नजिक आउँदैछ । मलिकले अब ४ दिनमा त आई पनि पुग्छन भन्नुभाछ । समय त हो गन्दा गन्दै जाबो ४ दिन त आईहाल्छ नि येहि सोच्थी लक्ष्मी तर यो ४ दिन मालिकको लागि निक्कै भारी भये जस्तो महशुश गरिरहेकीथी लक्ष्मी । केहि चिन्ता केही दु:ख । ‘था छैन मालिकको मनमा के चलिराको छ ‘ उ मनमनै गम्नथालेकी थी । उस्लाई पनि मनमा नजानिदो आशन्काले घेर्न नथालेको होइन । आफ्नो मनको शन्का मेटाउन लक्ष्मीले मालिक्नी लाई मालिकको मलिन अनुहारको बारेमा जान्न खोजी तर थाहा छैन किन मलिक्नी ले लक्ष्मीलाई ‘ हैन लक्ष्मी तेरो भ्रम हो , तेरो मालिकलाई अफिसमा कुनै काम परेर होला ‘ भनेर टारिदीइन । मलिक्निको कुराले चित्त त उस्को बुझेन तर चुपचाप लागेर आफ्नो काम गर्नथाली ।

आज त्यो दिन पनि आयो जस्को प्रतिक्षा लक्ष्मी कत्ती दिन देखी गरिरहेकीथी । आज हरी आउछ भनेर बिहानै कपाल सपाल कोरिबाटी सिन्दुर हाली अली अली उमेर ढल्के पनि चीटिक्क परेर बसेकीथी । लक्ष्मी भन्छा घरमा काम गर्दै थी

घरको कम्पाउन्डमा मोटर आएर रोकिएको आवाजले लक्ष्मी हतारिदै भन्छा घरबाट बहिर कम्पाउन्डमा आई । उस्को अनुहारमा मुस्कान अनि ब्येग्रता दुबै मिस्रित अवस्थामा प्रस्फुटन् भैराखेका थिए । मोटर बाट पहिला मालिक निस्के अनि सहारा दिदै बुढी आमा लाई निकाले । अनि अर्का एकजना उनिहरुकै नातेदार । येसबिचमा घरका अन्ये नोकरले समान हरु निकाल्न थाले । लक्ष्मी हरिको ओर्लने प्रतिक्षामा थी तर यो के सबै समान निकालिसकियो मान्छेहरु उत्री सके तर उस्को हरी ???

लक्ष्मी हतारिदै मालिकको अगाडि उभिन पुग्छे ‘ मालिक हरी …. ‘ , खै त हरी ……???

‘ लक्ष्मी एक्छीन , आमालाई भित्र लैजाऔ पहिला ‘

ह ह हजुर , हसsss मालिक…..

सबैजना बुढी आमालाइ लिएर घर भित्र पस्छन । लक्ष्मीको बेचैनिलाई कल्ले कत्ती बुझे त्यो कसैले महशुश गर्न सकेनन । आमालाई आराम गर्न उहाको कोठामा पुर्याइयो । एक्छिनमा सबैजना बैठक कोठामा जम्मा भये । लक्ष्मीको चिन्ता अनि ब्येग्रताले पराकाश्ठा नघिसकेको थियो । उ पालैपालो सबैको अनुहारमा पर्श्नहरु फ्यकिरहेकिथी तर जवाफ कसैबाट आएको भने थिएन ।

‘ लक्ष्मी , बस …… ‘

मलिकको आदेश तर उ मलिक्नीलाइ बिज्ञास बस पुलुक्क हेर्छे ।

‘ बस लक्ष्मी , हामी तिमीलाई केही भन्न चाहन्छौ ‘। डर अनी आशंकाले उस्को सातोपुत्लो उडिसकेको थियो तर पनि मालिक मालिक्नीको आदेश , केही नबोली थचक्क भुइंमा बस्छे ।

‘ लक्ष्मी , काका तिमीलाई केही भन्न चाहनु हुन्छ । ‘

लक्ष्मी को नजर काका तिर जान्छ जो अघी मोटरमा आमा सँगइ आएको थियो ।

‘ लक्ष्मी , हामीहरु चारधामको यात्रा सकेर यता आउन ७ दिन अघी नै हिडिसकेका थियो ट्रैन मा राती आमालाई अचानक् खोकी लाग्न थाल्यो , हामी सबै आत्तिन थाल्योउ । यो देखेर आमाले चिन्ता नलेओ अलिकती तातो पानी पिउछु ठीक हुन्छ भनेर भन्नुभो । तर हामी कसैको थर्मसमा पनि तातो पनि थिएन त्येति बेला । हरिले ट्रैन रोकिने बित्तिक्कै ल्याउछु पानी भनेर आमालाई सम्हाल्दैथियो । केही बेर त हामी हरु सबै अताल्लिएर बसिरहेका थियौ तर अर्को स्टेसनमा ट्रैन रोकिने बित्तिक्कै हरी दौडिदै पानी लिन भनेर थर्मस बोकेर दौडियो । हामीले हरीलाइ ५ मिनेट बाटो हेरेम , १० मिनेट बाटो हेरेम तर उ आको थिएन । हामी सबै ट्रैन बाट ओर्लेर उस्लाई यताउता खोज्न थालेम् तर हरी कतै देखिराको थिएन जबकी तातो पानीको लागि उस्लाई धेरै टाढा जान पनि पर्ने थिएन स्टेसन ओरिपरी केही चिया पसल हरु थिए । अब हामी सबै आत्तिन थाल्योउ । ट्रैन त्यो ठाउमा आधा घण्टा रोकिएको थियो शायद तर हरिको कतै अत्तो पत्तो भएन । हामीले हल्लाखल्ला गर्न थालेम । एकातिर ट्रैन छुट्ने डर अर्को तिर हरिको चिन्ता , सबै आत्तिसकेका थिएम । तेसपछी सबैजना यो निर्णये मा पुग्योउ कि ट्रैन छाडेर भये पनि हरीलाइ खोज्ने । तेसदिन देखी ३ दिन सम्म हरिको खोज्बिन भयो । कसैले उस्को बारेमा कुनै खबर दिन सकेन । सबै हतास भैसकेका थियौ । अन्तमा हामीले पुलिसमा अनी हरी भेटिन सकिने सम्भावित ठाउहरुमा उस्को हुलिया दिएर जस्तो सुकै अवस्थामा भये पनि हरी भेटिएमा हामीलाई तुरुन्तै संपर्क गर्नु भनेर फर्केउ किनकी आमा लाई हरिको पिर ले झन झन सन्चो नहुन थालेको थियो । येस्तो अवस्थामा आमालाई लिएर यताउता गरिरहन सक्ने अवस्था पनि थिएन । काठमाडौं दाइलाई खबर गर्दा उहाले ‘ तिमीहरु आमालाई लिएर आओ हरीलाइ हामी सबै मिलेर खोजौला ‘ भन्नु भो र अनी हामी आयोउं । ‘ आफ्नो अन्तिम बाक्ये सकेर काकाले लामो सास फेर्नुभो ।

‘ मतलब हरी… हरी तपाईंहरु सँग आका छैनन ??? ‘ उ आत्तेर जुरुक्कै उठ्छे ।

‘ नआत्तिउ लक्ष्मी, हामी खोज्दैछम । म आकाश पाताल् एक गर्छु हरीलाइ खोज्न । तिमी चिन्ता नगर । सम्भव भएको सबै ठाउमा मैले हरिको फोटो पठाउने छु । कतै अल्मलियो होला । उ जरुर आउछ । ‘

‘ मालिक…… मालिक यो संसारमा हरी बाहेक अरु कोइ छैन हजुर मेरो ….’, याचनाले भरिएका आफ्ना दुई हाथ जोडेर अश्रुधारा बहाउन थाल्छे लक्ष्मी ।

‘ हामीलाई थाहा छ लक्ष्मी , तिमी पिर नलिउ म जसरी भये पनि हरिलाई खोज्नेछु । केही दिन मै उ तिम्रो सामु हुनेछ । त्यो तेती ठुलो शहर पनि त हैन जहाबाट उ हराएको थियो …. सानो स्टेसन हो जसरी भये पनि जहाँ भये पनि केही दिनमा त थाहा लागिहाल्छ । ‘

केही बेर अरु यस्तै सान्त्वोना को बातावरण् छाइरह्यो बैठकमा । लक्ष्मीको क्रन्दन, उस्का पिडा अन्तसम्मै तेस बैठकमा हाबी भैइरह्यो । सबैले सम्झाइ बुझाई उस्लाई आराम गर्न त पठाए तर यो बुझ्न सकेनन कि लक्ष्मी आराम पनि गर्न सक्ने मनस्थिती मा छे या छैन । लाश सरी लक्ष्मी अर्की एक कामगर्ने आईमाईको सहारा लिदै आफ्नो कोठामा जसो तसो पुग्छे । त्यो आईमाई उस्लाई आफ्नै तरिकाले सम्झाइबुझाई त्याहा बाट निस्कन्छे । लक्ष्मी एक्लै आफ्ना दु:ख अनी पिडा सँग छट्पटिन थाल्छे । रातभरी अन्तर्द्वोन्द चलिरह्यो उस्को ह्रिदयेमा । कसरी हरायो हरी , कता हरायो , किन हरायो ….. अब फेरी भेट्न पाउछे पाउदिन हरीलाई …… मालिकले त आश्वासन दिनुभएको छ जसरी भये पनि खोज्छु हरीलाई …. बस अब पर्खिनु सिवाये अरु केही छैन ….’ हे दैब अरु कोइ भेटेनौ जो सारा दु:ख सारा पिडा तिमीले मेरै पोल्टामा खन्याइदियोउ ….’ । रातभर बेदनाले छट्पटिदै बित्छ लक्ष्मीको ।

भोलिपल्ट देखी नभन्दै हरीको खोज तलास शुरु हुन्छ । लक्ष्मीलाई लाग्छ उस्को हरी भेटिन्छ भेटिन्छ । येहि आशामा उ उठ्छे येहि आशामा उ निदाउछे । यो क्रम उस्को जिन्दकी सँगइ अगाडि बढ्न थाल्छ तर न त हरी आईपुग्छ न उस्को कुनै खबर । हरेक दिन मालिकको सामु उभिन जान्छे तर हरेक दिन निरास हुन पुग्छे ।

समयएको चक्र सँगइ उस्का आशाहरु पनि झिनो बन्दै जानथाल्छन । अब सिर्फ काम काम अनी काम बहेक अरु केही छैन उस्को जीवनमा । हेर्दा हेर्दै मालिक मालिक्नीका छोराछोरीहरु पनि ठुला ठुला भैइसके अनी हेर्दा हेर्दै मालिक मलिक्नी पनि प्रौढ । लक्ष्मीलाई पहिला जस्तो जागर पनि आउँदैन आजकाल । ‘ शायद अब म बुढी भये ‘ सोच्ने गर्छे लक्ष्मी । मालिकको आमा पनि बितिसक्नुभयो । उहा हुँदा लक्ष्मीलाई एक्लो महशुश हुन्नथ्यो । बोलाई बोलाई गफ गर्नुहुन्थ्यो तर अब त्यो एउटा मन भुलाउने माध्येम् पनि थिएन । मालिक्नीको अधिकांश समय मालिक सँगइ यता र उता जादा बित्ने गर्थ्यो । फेरी एउटा नोकरको पिडा सँग मानिस् कहिले सम्म सँगइ हिडोस । त्यो एउटा दुर्घटना मानेर सबैले बिस्तारै बिस्तारै बिर्सिसकेका थिए । त्यो त लक्ष्मीको एक्लो पिडा थियो जो जीवन पर्येन्त उनी संघै रहनु थियो ।

लक्ष्मीको आजकाल बढी समय एक्लै कोठामा बत्ती कातेर बित्न थालेको थियो । उमेर ढल्केर होला सबैजन आजकाल उन्लाई गहारो काम दिदैनन पनि । घरमा नयाँ नयाँ नोकर चाकर छन । लक्ष्मी बाहेक पुराना अनुहारहरु कोइ छैनन । जुन भन्छाको उ कर्ताधर्ता थी उही भन्छा मा आजकाल अरु कसैको दब्दबा चल्न थालेको थियो । झन घरमा नयाँ बुहारीहरु आए पछी त तेस घरको नियेम नै बदलिये झै महशुश गर्न थालेकीथीई लक्ष्मीले ।

नोकर हरु पनि उन्लाई बहिर नै खान दिन्थे । भान्छामा छिर्न सम्म दिदैन थिए । लक्ष्मी केही बोल्दिनथी चुपचाप बहिर बसेर खान्थी । उसले कहिले जान्ने कोशीश गरिन कि मलाई किन बाहिर खान दिएको । उस्ले त्यो कुरा लाई बुढी भये तेसैले होला भनेर सन्तोष मानि । कत्ती जना लक्ष्मीलाई बेला बेलामा प्रश्न गर्थे ‘ तपाईंको त यो घरमा धेरै बर्ष भो रे है आमा ? ‘ उ सिर्फ टाउको हल्लाएर सहमती जनाउथी अनी कोइ प्रश्न बनाएर उस्को घाऊ बल्झाउथे ‘तपाइको बुडा त यो घरको बजैलाई तिर्थ लैजादा उतै हराको रे हो आमा ? ‘ उ बोल्दिनथी तर उस्को मौनताले धेरै कुरा बोलिराखेको हुन्थ्यो जो कसैले बुझ्न सक्दैनथिये ।

आज पनि उस्लाई लाग्थ्यो उस्को हरी आउछ । उस्लाई बोलाउछ । कुनै येस्तो रात हुन्नथ्यो जब उनि आफ्नो बच्चाहरु अनि लोग्नेलाई सम्झेर नरोयेको होस् । बिस्तारै बिस्तारै लक्ष्मी तेस घरको लागि एउटा बोझ जस्तो मात्र बन्दैथी ।

एकदिन उस्ले तेस घरका अन्ये नोकरहरुका कुरा सुनी । कोइ भन्दैथिए ‘ गाउमा त घर छ रे … तर खै कोइ नभएर होला येहि बसिराखेको … ‘ उस्ले येत्ति त बुझी कि कुरा उसैको बारेमा हुँदैछ । नाचहेरै पनि उस्का कान ठाडा भये । ‘ अब बुढी पनि त भैइ नि आमै , उता गये कल्ले पाल्छ त … काम गरेर खाने उमेर बितिसक्यो ……’

‘ हो त अब मर्ने बेलामा गाउ गएर के काम ….. यता सास गये पशुपती त नजिक छ …’

था छ ? अस्ती सानी दुलै साब्नी र ठुली दुलै साब्नी कुरा गरिराखेको सुन्या मैले …. उम्म्मssss लक्ष्मी आमाको बारेमा …. केरे यो बुढीलाई किन राखिराको होला … बरु त्यो क्वाटर भात्काउन पाये गाडी राख्ने ठाउँ त बन्थ्यो …. अनि … अं , काम गर्न सक्ने हैन बरु पशुपती मा लगेर रख्दिये भाईहाल्थ्यो नि , अली अली मद्घत त घरैबाट पनि गर्न सकिहाल्छ नि … खै यस्तै यस्तै के के कुरा गर्दैथिए … यी ठुलाठालाको मनमा हरी हुन्न के … काम छौन्जेल भाडो काम सके पछी ….’

नराम्रो सँग धक्का लाग्छ उस्को ह्रिदयेमा । ‘ ओह्हssss ‘

अब केही सुन्न सक्ने उस्मा क्षेमता हुँदैन । आफ्नो कोठामा आउछे । आफ्ना अनुहार अनि हाथगोडालाई नियाल्छे । अनुहारका हरेक छाला चाउरी सकेछन …. अनि हातगोडा , हातगोडा पनि कत्ती कमजोर …. सुकेर सिन्का झै देखिन थालिसकेछन् । ‘ साचै नै बुढी भैइसकेछु म ‘ एउटा कटु ब्येङ मिस्रित मुस्कान उस्को अनुहारमा तैइरिन्छ । के अब मृत्‍युको लागि दिन गनेर बस्नु बाहेक केही शेश छैन? ‘ ? जवाफ स्वोयेम् उ सँग छैन । सोच्न थालछे ‘ अब यहाँ नबसु , तर यहाँ नबसेर कता जाने ? गाउ …… ? अनि के त … उ आँफै आँफैलाई प्रश्न अनि उत्तर गर्न थालछे ।‘ गाउमा सानै भये पनि आफ्नै घर त छ नि … अनि अब त तलाई त्यहा पनि कसैले चिन्दैनन होला ….? नचिन्ने त कुरै आउँदैन मेरो गाउ हो त्यो … मेरो आफ्नो गाउ ….’ गर्व साथ उत्तर दिन्छे मन लाई । ‘ कोइ न कोइ त पुराना पाका त छदैछन् नि …. फेरि हरिका घरतिरका मान्छे छैनन र ….’ सोच्दा सोच्दै कुन बेला आँखा लागे लक्ष्मी लाई पत्तो हुन्न ।

बिहान एक्जना केटी ले चिया सँगइ समाचार पनि लिएर आई । ‘ लक्ष्मी आमा …. था छ अब यो तपाईं बसेको क्वाटर भात्काउने अरे । ‘’ ‘ भात्काउने ? ‘

‘ अं… ‘

अनि म ? म कता बस्नु नि … अलमल्ल परेर सोध्छे उ । ‘ खै त्यो त था भएन तर …. एउटा कुरा चै सुनेथे……… ‘ ‘ के कुरा …’ जिज्ञाशू बालक झै भैइ लक्ष्मी ।

‘ यो क्वटर् पुरानो अनि सानो पनि भो रे … अब यहाँ तल चाइ ग्यारेज् बनाउने रे अनि माथि चाइ पालेहरु बस्ने कोठा बनाउने अरे भन्ने गाइगुइ चै सुनेको । ‘

‘ एह्ह…’

लक्ष्मीलाई लाग्छ अब उ येस घरका लागि एउटा पुरानो वस्तु बाहेक केहि रहिन । आज उ एउटा निर्णये गर्छे । चिया पिएर लाग्छे मालिक्निको कोठा तीर । बाटोमै बिहान चिया दिएर जाने केटी भेट हुन्छे । मालिक्नी कता हुनुहुन्छ सोध्छे लक्ष्मी । लक्ष्मीको अनुहारअको स्थीरता देखेर उ केहि सोध्न सक्दिन खुरुक्क भन्दिन्छे ‘ बार्दालीमा हुनुहुन्छ दुबैजना । उ केहि नबोली माथि उक्लिन्छे । नभन्दै दुई बुढाबुढी बार्दालीमै बसेर चिया पिउदै गफ गरिरहेका रहेछन । लक्ष्मीलाई अचानक त्यहा देखेर दुबै छक्क पर्छन । ‘ अरे लक्ष्मी तिमी यहाँ ? के भयो ? ‘ प्रश्न गर्छिन मालिक्नी ।

‘ हजुर …. एउटा कुरा गर्न चाहन्थे हजुरहरु सँग तेसैले । ‘

‘ के कुरा भन न भन , तिमी त घरकै मान्छे हौ नि ….’

‘ घरको मान्छे ‘ मनमनै ब्येङात्मक् मुस्कान छरिन्छ लक्ष्मीको ।

‘ हजुर…. म घर जान चाहन्थे ।‘ कुनै भूमिका बिना आफ्नो कुरा राखिदिन्छे उ ।

‘ घर…. ?’ दुबै बुढाबुढी एकअर्कालाई हेर्छन ।‘ लौ किन जाने घर लक्ष्मी ? यो घर तिम्रो हैन ? यहाँ के कमी छ र तिमीलाई ? खान लाउन हामीले कमी गरेका छैनौ । बस्नलाई कता बसु भन्ने छैन । सबैले माया नै गरेका छन , फेरी येत्तिका बर्ष भैसक्यो तिमी येस घरमा , किन जानु पर्‍यो अब बुढेसकालमा । को छ त्यहा तिमीलाई हेराबिचार गर्न र जाने भनेको हँ ? ‘ एक्कै सासमा भन्छिन मालिक्नी ।

‘ केही कमी छैन हजुर …. हजुर हरुको दया माया पाइराकोछु तर अब मर्ने बेलामा यहाँ बसेर कत्ती दु:ख दिने हजुरहरुलाई । उता गाउमा पनि हरिका आफन्त हरु त हुनुहुन्छ नि … अब जहाँ गये पनि जता बसे पनि बसी बसी खानु नै त हो हजुर …. गरिखाने उमेर गैहाल्यो । ‘ कुरालाई लम्ब्याउन मन छैन लक्ष्मीलाई ।

मालिक मालिक्नी लक्ष्मीलाई सम्झाउने प्रयास त गर्छन् तर लक्ष्मीले पनि ठानेरै आएकी थी शायद । आफ्नो कुरामा अडिग भएर बस्छे उ पनि । लक्ष्मीलाई थाहा थियो यो करकाप सिर्फ देखावोटी हो बस् , नत्र येत्रो समय देखी उ घर भित्र पसेकी छैन , उस्लाई घर भित्र को कामको लागि अयोग्ये ठानेर एउटा वस्तु सरह बनाएर एक कुनामा बास दिएर रखिएको बशौं भयो तर कहिले कोही आएर सोधे कि ‘ लक्ष्मी , तिमी ठीक त छौ ? तर कसैलाई उ सँग प्रश्न गर्ने त के हेर्ने सम्म पनि हेक्का थिएन । होस पनि किन को हुन यीनिहरु ? के सम्बन्ध छ र …. सिवाये मालिक अनि नोकर को …. नोकर पनि एस्तो कि … न घर भित्र काम लग्ने न घर बाहिर …. ‘ । अन्तमा हार खाएर उनिहरु लक्ष्मीलाई घर पठाउन सहमत् हुन्छन । लक्ष्मी हजुर हरु सँग बिदा लिएर जाने दिन तोकेर आफ्नो कोठामा आई । कोठालाई राम्रो सँग नियाली । हरी सँग बिताएका क्षेणहरु एकएक गर्दै कोठाभरी घुमे जस्तो लागिरहेको थियो उस्लाई । लक्ष्मी आज पनि हरीको सिन्दूर लगाउथी । निधारमा रातो टिका , हाथमा राता चुराहरु आज पनि लगाउन छुटेको थिएन किनकी लक्ष्मीलाई अझै पनि विश्वाश छ कि हरी आउछ । जरुर आउछ ।जाने दिन मालिक्नी बाट उस्लाई केहि रकम दिनुभएको थियो जुन लक्ष्मीले फर्किदा पशूपतिका ब्रिद्ध हरुको हातमा हालीदीईन । सिर्फ त्येति पैसा मात्र झोलामा हाली जत्तिले उसलाई गाउ सम्म जान र केहि दिन खान पुग्थ्यो । येत्रो बर्ष बिताएको घर छाडेर हिड्दा जस्को पनि आँखा बाट आशु आउछ तर लक्ष्मी , लक्ष्मी एउटा बहादुर आईमाई थीई । कठोर भन्दा कठोर समय पार गरेर आएकी आईमाई । उस्का आँखाबाट एकथोपा आशु खसेनन् । उस्ले यो पनि महशुश गरी कि उस्का लागि पनि त्यहा कसैको आँखा रसायेनन् ।

लक्ष्मी गाउ त आई तर यो गाउ त्यो गाउ थिएन जुन उस्ले छाडेर गएकी थी । सबै अनुहार नयाँ नयाँ , ठाउँ नयाँ , गाउ नयाँ , गोरेटो नयाँ , । आफ्नै घर पत्ता लगाउन उसलाई अरुको मद्घत चहियो । जसोतसो घर पुगी । घर , घर अब कहाँ घर थियो र । यो त एउटा भग्नाबशेश बनिसकेको थियो । चारैतिर छानाको वोरिपरी घास अनि झ्याउको झुप्पा । आङन भरी घासैघास । त्येस घासको थुप्रोमा उस्का बच्चाहरु खेलिरहे झै लाग्यो उस्लाई … कोइ ईशाराले उसलाई बोलाउदैथियो । कोइ आमा आमा बा को चिट्ठी आको छ भन्दै उ तीर आउँदै थियो … अश्रुधारा बहन लागे लक्ष्मीको । एकछिन हेरेको हेरेई भई । तर समये ले लक्ष्मीलाई मानसिक रूपमा बलियो बनाइसकेको थियो । सम्हाली उस्ले आफुलाई । अनि फेरी बढी अगाडि । घरका ढोका झ्याल पनि नाम मात्रको भएछ चुकुल सम्म पनि थिएन । हरी र लक्ष्मी काठमाडौं गये पछी सिर्फ एकपटक त मर्मत गराएका थिए घरको । तेस पछी त उनिहरु पनि कहाँ आए र । लक्ष्मी घर भित्र छिरी । घर, उस्को आफ्नो घर । घास उम्रे पनि झ्याउ पलाये पनि यो उस्को आफ्नो घर थियो । ‘ यहाँ कसैले ग्यारेज बनाउन सक्दैन ‘। सोची उस्ले । झोला भुइमा राखेर लामो सुस्केरा हाली । ‘ येस घरलाई बस्न योग्ये पनि त बनाउनु छ । हरी आउँदा एस्तो घर देखे के भन्ला ? लक्ष्मी तं त बुढी भैछस् नभन्ला ? ‘ मनमनै मुस्कुराइ उ ।

‘ ठीक छ सबै गर्छु तर … तर पैला मास्टरनीलाइ भेट्छु ‘ । सोच्दै छिटो छिटो मास्टरनीको घर तिर लागिन । मास्टरनी लाई लक्ष्मीलाई चिन्न एक्छिन पनि लागेन । लक्ष्मीलाई एत्तिका बर्षपछी गाउमा पाउदा उ साह्रै खुशी थी अनि लक्ष्मी पनि । आजकाल मास्टरनी पढाउन जान्न रहिछिन । घर मै नाती खेलाएर बस्दी रहिछिन ।

‘मलाई त शंकै थियो …..’ लक्ष्मीको कुरा बिचमै काटेर बोलिन मास्टर्नी …. “कि मास्टर्नी मरिसकी भनेर…. ?” कुरा त मास्टर्नीले ठट्योउली पारामा भनेकी थिई तर लक्ष्मी लाई मन परेन “धत्त एस्तो अपसकुन पनि बोल्छन …… म त यो पो भन्दैथिए कि तिम्रो अनुहार पनि देख्न पाउछु कि पाउदिन …. “ भनेर चुप गराइदिईन लक्ष्मीले ।

दुबैजनाले एकार्का सँग येत्तिका बर्षका सारा कथा ब्येथा पोखे सुने । हरीको बारेमा सुनेर मास्टरनीलाइ बडो दु:ख लाग्यो । उस्ले धाडस दिदै भनी ‘ हरी दाई एकदिन जरुर आउनु हुन्छ दि , न आत्तिनु । ‘ भन्न त उस्ले भनिन तर आफ्नो भनाइमा आँफै विश्वाश गर्न गार्हो भएको महशुश गर्दैथीईन मास्टरनी ।

मास्टरनीको सहयोगले उस्ले घरको रूप फेरी अब भने घर अलिकती बस्न लाएकको भयो भन्ने लाग्यो लक्ष्मीलाई । अली अली ल्याएको पैसा बिस्तारै सकिदै जान लगिसकेको थियो । अब के गरी पैसाको जोगाड गर्ने भनेर उ सोच्न थालइरहेकीथी । येस बिचमा लक्ष्मीले हरीका आफन्तहरुलाई भेटेर हरी हराएको कुरा भनिसकेकी थीई । सबैले दु:ख मन गरे । कसैले आऊला भने कसैले अब येत्रो बर्ष न आएको मान्छे कता बाट आउछ पनि भने अनि कसैले त अब हरी जिम्दो छैन होला भनेर पनि अट्कल काटे तर लक्ष्मी , उस्ले सबैको कुरा सुनी अनि भनी ‘ सबैको कुरा ठिकै हो तर जब सम्म मेरो आत्माले मान्दैन म हरीलाइ जिउदै ठान्छु र मरणोपरान्त पर्खन्छु ‘ । तेसपछी कोही केहि बोलेनन । एकफेर फेरी उ आफ्ना पिर अनि पिडा हरु सँग एक्लै जीवन शुरु गर्नथाली । जीवन आफ्नो ठाउमा छ जरुरत आफ्नो ठाउमा । भएको अली अली पैसा घरको मर्मत र यताउतीमा सकिसकेको थियो । त्यसमाथी पनि लक्ष्मी लगभग रित्तो हाथ जस्तै आएकी थिई । गाउमा उसलाई कोइ दाउरा छाडेर जान्थे कोइ मकै । कोइ कोइ त पानी पनि ल्याइदिन्थे भ्याएको बेलामा । लक्ष्मीलाई उनिहरुलाई कुनै गुन तिर्न नसकेकोमा ग्लानी भएर आउथ्यो तर उ सँग केही त थिएन । जो सँग खान लाई छैन उ अरु कसैलाई के दिन सक्छ । मास्टरनी उस्को दु:ख बुझ्थी । एकदिन मास्टरनीले नै सल्लाह दीइन ‘ दि तपाईं किन ब्रिद्धभत्ता को लागि गाबिस जानु हुन्न अब त उमेर पनि भयो नि , जानु त गएर बुझ्नु एकफेर … अलिअली भये पनि मद्घत त हुन्छ नि तपाईंलाई …. कत्ती नै चाहिन्छ र एक्लो ज्यानलाइ । ‘ समस्याको समाधानको एउटा झिनो आशा पलायो उस्को मनमा । उस्ले भोली नै गाबिस गएर बुझ्ने अठोट गरी । गाबिस मा उस्लाई नागरिकता , फोटो , पतिको नाम आदी आदी कुराहरु मागेर पठाइयो । मास्टरनीको सहायेताले उस्ले मागेजती सबै कुरा लगेर बुझाईन । सबै कुरा बुझिसके पछी उसलाई भनियो ‘ आमा तपाईंको उमेर पुगेको छैन भत्ता खानको लागि । ‘

‘ उमेर पुग्या छैन रे ‘ बड्बडाउछे लक्ष्मी ।‘ कहिले पुग्छ उमेर ? के को उमेर ? उमेर छऊन्जेल अर्काको घरमा भाडा माझेर बित्यो । अब हातगोडा चल्न छाडिसक्यो । एक्छिन भरेङ उक्लिदा सास फुल्छ । आफ्नै लागि एकछाक चुल्हो बाल्न शक्ती छैन । न लोग्ने छ अगाडि न छोराछोरी ….. परिवारको नाममा हरी फर्कने झिनो आशा बाहेक अरु केही बाँकी छैन अब …. ‘ ।

हातको तस्वीर छातीमा टासेर भक्कानो खोलेर रुनथाल्छे लक्ष्मी । ‘ आज मेरा छोराछोरीहरु मात्र जिउदा भएका भये म येस्तो टुहुरो जस्तो हुन पर्दैनथ्यो …. हे भगवान किन मेरै भाग्येमा तिमीले येत्ति धेरै दु:ख लेखेर पठायोउ । अब अरु शक्ती छैन म मा , अब अरु दु:ख झेल्न सक्दिन म…. अब मैले काहाबाट जुटाउ म सधुवा हो कि बिधुवा भन्ने प्रमाण …. न हरी आउछ न उस्को कुनै समाचार …. म कसरी मानु उ जिउदो छैन भनेर जबकी मैले उसलाई सद्धे मान्छे पठाको …. ‘ रुदारुदै भोकै कुन बेला निदाइ लक्ष्मी आँफैलाई पत्तो भएन । बिहान सबेरै दि sss दि sss भनेर बोलाउदै गरेको मास्टरनीलाई देखेर पो झसँग ब्युझिनछे लक्ष्मी । ‘ ल हेर ढोका पनि चुकुल नलगाइ निदाउनु भएछ तपाईं । ‘

‘ चुकुल लगाउन पर्ने के छ र मास्टर्नी म सँग ‘ । आफ्नो स्थितिलाई ब्येङ गर्दै भन्छे लक्ष्मी ।

उसको कुरालाई नबुझेकी हैन मास्टरनीले । त्यही भएर होला उ बोलिहाल्छे ‘ हेर दि , अब येसरि हुन्न म तिमीलाई केही कुरा सम्झाउछु भनेर नै एका बिहानै आकी हो । लक्ष्मी केही बोल्दिन सिर्फ मास्टर्नीको अनुहारमा हेर्छे । मानौ जान्न खोज्दैछे मास्टरनी के भन्न खोज्दैछे भनेर ।

‘ हेर दि , चाहे तिमी जत्ती सुकै आफ्नो मनलाई सम्झाउ हरी दाई जिउदो हुनुहुन्छ भनेर , तर सत्ये त येहि हो कि उहा जिउदो हुनुहुन्न … भएको भये येति बेला यो बुढेसकालमा तिमी एक्लै दु:ख पाएर बस्नु पर्दैनथियो होला । जस्तै भये पनि खबर त आउथ्यो नि जिम्दो भएको भये , आउन्नथ्यो ? तिम्रा मालिकहरुले पनि खोजबिन गरेका थिए भन्थ्योउ । हुने भये उहिल्ये नै हुन्थ्यो जे हुन पर्ने हो । अब केहि हुन्न दि , खाली तिमी आफुलाई दु:ख दिने काम मात्र गर्दैछौ । अझ कत्ती बाँच्न छ छ । सास छऊन्जेल त खानै पर्‍यो , भोकै बस्न सकिदैन । त्यो जाबो ५ सये ले केहि हुने हैन , तर येति बेला तिम्रो लागि त्यो पनि ५ हजार सरि हुनेछ । हो तिमीलाई गाउँमा चिनेजानेका सबैले एसोउसो मद्घत गरिराका पनि छन तर कहिले सम्म ? म पनि तिमीलाई आँफै कहाँ लान सक्थे तर मलाई यो पनि था छ तिमी यो घर छाडेर आउँदैनौ । तेसैले दि , यो सधुवाको भ्रममा आफुलाई भोकै नमार , तिम्रो मर्म तिम्रो पिडा को ओखती सरकार सँग छैन । यो देशमा बुढाबुढीहरुको सम्मान हुनेभये , बिधुवाहरुको हकमा मद्घत हुने भये गतिलो तरिकाले नै नियेम् बन्थ्यो नि । एउटी बिध्वी आईमाई ले ६० बर्ष पछी बल्ल भत्ता पाउछे अनी त्यो भन्दा अगाडि चै के गरी पेट पाल्छे के गरी छोराछोरी हुर्काउछे , केही नियेम् कानुन छ ? छैन । ७० बर्ष नाघेका बुढाबुढिलाई लाम लगाएर पैसा दिन्छन यो पनि बिचार गर्दैनन कि येस्ता ब्रिद्धहरुलाई घर घरमै सेवा पुराउन पर्छ । तेसमाथि नाना किसिमका दु:ख …’ मास्टरनी को मुख बोल्दाबोल्दै रातो भैसकेको थियो । लक्ष्मी उसको रिस उसको बिबसता लाई अचम्म मानेर हेर्दैथिई । पहिलो पटक मास्टरनीको यो रूप सँग आत्मसात गर्दैथीई लक्ष्मी ।

‘ कुरा बुझ्योउ दि तिमीले मेरो ? ‘

‘ हुं ? ‘

‘ के बुझ्योउ ? ‘

‘ अंsss…..’

‘ सुन म भन्छु , अब यो भ्रममा नबस कि हरी आउला सब कुरा ठीक होला …. दि हरी दाई अब फर्कदैन तेसैले आफुलाई एउटी बिधूवै को रूपमा प्रस्तुत गर्न पर्‍यो तिमीले …. जिन्दगी लामो छ अझ कत्ती हेर्नु बाँकी छ सजिलै कहाँ कसले मुक्ती पाको छ र दि ….. ‘ सम्झाउछे मास्टर्नी । एउटा हारेको जुवारी सरह शीर निहुराएर बस्छे लक्ष्मी । उ सँग कुनै त्यस्तो उपाये हुँदैन जुन उ मास्टर्नीलाइ भन्न सकोस ।

‘एउटा जुग बितिसक्यो मान्छे हराएको….. अझै उस्लाई जिउदो मानेर बस्ने…… ? परम्परा अनुसार जादा पनि हरीको १०० बर्ष उमेर पुग्न अझै कत्ती बाँकी छ कत्ती ….. अनी तेतिन्जेल … ? तेतिन्जेल के गती होला त तिम्रो ? लक्ष्मी दि तिमीले दुनियाँ देखेकी छौ ….. मैले सम्झाइरहनु पर्ने हैन तर तिमी जानाजान मूर्ख्याइ गरिरहेकी छ्योउ ….. एत्ती मात्र म तिमी लाई बुझाउन खोजिरहेकी हो…, तर अब तिमी नै अरुको कुरा सुन्दिनौ भने अरुले कसरी तिम्रो मद्घत गर्न सक्छ भन त ?’ ‘ अब जे हुनु भैहाल्यो , आज तिमी र म सँगै गाबिस जाऔ । त्यहा के कसो गर्दा तिम्रो कुरा मिल्छ सर सल्लाहा गरि सबै कुरा मिलाऔला । बरु तिमी तयार हुँदै गर म एक्कै छिनमा तिमीलाई लिन आउँला । ‘

येति भनी मास्टर्नी निस्कन्छे । लक्ष्मी उ गये तिर एक्छिन हेरिबस्छे । मास्टर्नी त एक्छिनमा लिन आउछु भनेर गईन तर उस्ले छाडेर गएको हरेक शब्द बाणझैं उस्का वोरीपरी घुमिरहेका थिए । एकाएक उस्लाई लाग्छ उस्का छोराछोरी आङनमा खेलिरहेका छन ….. कुदिरहेका छन … आमाssssss बा आउनुभो बाsss …. बाss ??? उ हतारिदै तल ओर्लन्छे । ‘ हरी आयो ….??? मलाई थाहा थियो हरी आउछन भनेर … तर मेरो कुरा माथि कसैले विश्वाश गरे पो … ‘ भुत्भुताउदै ढोकाबाट बहिर निस्कन्छे तर यो के ….. , त्यहा त कोइ छैन …… न छोराछोरी न हरी …. ,खाली सुनसान आङन । ‘ मतलब….. के यो मेरो भ्रम नै मात्र थियो …….‘ ? प्रश्न गर्छे लक्ष्मी आँफै सँग । ‘ येस्को मतलब हरी ?????…….. कतै मास्टर्नी साचै त भन्दैथिईन ….. ?? ‘ येसको अर्थ…… येसको अर्थ … म आज सम्म भ्रम मा नै बाचिराको थिए ……. ‘

एकाएक लक्ष्मीलाई भाउन्न भये जस्तो हुन्छ । घर आङन सबै जोडले घुमेजस्तो लाग्छ । उ थचक्क भुइमा बस्न पुग्छे जस्ले गर्दा उस्का हातहरु जोडले भुईमा बजारिन पुग्छन । एक्कै झट्कामा उस्का हातका राता चुराहरु झर्याम्झुरुमा भएर भुईमा येत्रतत्र छरिन्छन् । उ एकोहोरो पर बटुवा आउने बाटो तिर हेरिरहेकी हुन्छे ।

‘ ल हेर , झन तयार भएर बस भनेको त टोलाएर पो बसिराको रहेछ यो दि त …. ‘ कराउदै मास्टरनी आङनमा प्रबेश गर्छे ।

ए हैन के टोलाइराको भन्याss … अनि यो चुरा किन छरेको फेरी …. ‘ नजिक आउँदै बोल्छिन मास्टरनी ।

लक्ष्मीलाई उसको कुराको कुनै असर थिएन । आफ्नो कुराको कुनै उत्तर नपाएर मास्टर्नी लक्ष्मी लाई हल्लाउदै भन्छे ‘ ए दि उठ न…. अब गाबिस जाने ….. आज सबै कुरा मिलाएर भत्ता लिएरै आउने क्या …. ‘ तर यो के , लक्ष्मी त ढली । एउटा झिनो मसिनो शरीर पुक्लुक्क ढल्यो । ‘ लक्ष्मी दिssss ‘ आत्तिएर चिच्याइन मास्टर्नी । उस्को आवजले केही गाउलेहरु दौदिदै के भो मस्टर्नी दिदी भन्दै आई पुगे । मास्टर्नी रुदैथीईन । सबैले कुरा बुझिहाले । लक्ष्मीको आँखा अहिले पनि उघारिएकै थियो तर एकदम शान्त । मानौ उसले आफ्नो ब्रिद्धभत्ता पाईसकेकी थिई ।

अस्तु

“ गौरी मल्ल ”

(स्रोत : Gaurimalla.us)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.