कथा : अयोग्य

~यादव देवकोटा~Yadav Devkota__2

‘ऊ हेर् त त्यो अयोग्य’– शब्दहरुको गुञ्जन सगैं मेरै अनुहार ताकेर तेर्सिएका औंलाहरु देख्छु ।

● ● ●

अन्यौलमा फसेर जीवन गुजारा गर्नु भन्दा नराम्रै निर्णय भए पनि निक्र्यौलमा पुग्नु तैबिसेक गतिलो काम रहेछ । आफैंले रोजेर हिंडेको बाटो अब देखि हिंड्दै अगाडी बढ्न पाउने कि फर्किनु पर्ने भनेर आफ्ना लागि अरुले निर्णय गरिदिने तिथीको ब्यग्र प्रतिÔा भुङ्ग्रोको राफ छेउ कलिला नानीलाई सुकाउनु सरि यातना हुने रहेछ । मैले आफ्नै जीवनसग‘ पढेको शिÔा । जीवनको पाठशालाले दिएको ज्ञान । आफूले राजेको,खाजेको र सोचेको दुनि‘या बनाएर त्यही‘ मनमौजी बॉच्ने ससांर निर्माणको लालसाले हुहुटिएर हि‘डेको आठ हिउ‘दमा म राजाखुसीको ससांरमा हि‘ड्न पाउने याग्यता बनाउन नसक्ने अयोग्य मान्छेको परिचय भिराएर फकाईए‘ । जे होस् अन्यौलको यातनामा बस्नु भन्दा मेरा लागि अव अगाडि के गर्ने भनेर सोच्ने र लाग्ने पूरापूर हक मिल्ने निर्णय मिल्नु नै ठूलो बात भएको छ ।

भक्कानिएर,सुक्सुकाएर, प्रलाप गरेर मात्रै जीवन चलदैन । यो भन्दा पनि गतिलो गरि म भन्न सक्छु एउटा जीवन चलाउनु मात्रैमा बॉच्नुको सार रहने छैन । मलाई तेजोबध गरेर, पाठशालामा उभिएर अयोग्यताको प्रमाणपत्र बॉड्ने योग्य शिÔक बन्नेहरुले खै किन बुझेनन् म जीवन रहेसम्म निराशाहरुको बीच पनि आशाको मसिनै सही सानै भएपनि टुकी झुल्क्याईरहन सक्छु π मै झैं एउटै यात्राबाट अपमानको गतिलै मेटासिन खुवाईवरी फर्काईएका धेरै धेरै अयोग्यहरु मान्छे हुनका लागि निर्माण गर्नुपर्ने योग्यताहरुबारे गतिलै चेतना राख्दछौं ।

● ● ●

पचास साल साउनको एक दिन । गते म जान्दिन । म जन्मिएको झुप्रोमा कहिल्यै झुण्डिएन पात्रो । नत्र मलाई गते पनि गतिलै गरि याद हु‘दो हो । त्यही साउने महिनाको एकदिन । मेरी आमा हनहनी ज्वरोले ओछ्यान समात्नु भो । घरिघरि मुखबाट ह्वाल्ल रगत निस्किन थाल्यो । ‘बर्षे भारापर्मको उछालले हो’ पाका मान्छेहरु भन्थे ‘अलिक दिन औषधि मूलो गरेपछि तङ्ग्रिई हाल्छे ।’ त्यसो भनिएको दुई दिनमा मेरी आमा कहिल्यै नबौनिे गरि निख्रिनुभो । त्यही दिनदेखि मेरा बा एकोहोरिन थाले र घर मृत्यु शोकबाट बौरिन सकेन । छ कÔाको मेरो पढाई त्यही रोकियो । यसो भनौं मेरो आमाको अन्त्यसगै‘ मेरो विद्यालय जाने दिनको पनि अन्त्य भयो । अनि † म पाखोमा गोठालो, गाउ‘मा बेकामे यस्तै यस्तै भए‘ ।

तेह्र बर्षको उमेरमा । मेरी आमा मरेको एक बर्षपछि । म बस्न सकिन गाउ‘ । त्यसै । बेकामे भएर । पढ्ने लेख्ने त हु‘दै भएन । बॉकी पनि थप केही नगरी । र, केही गर्न म बा कै सल्लाहमा,उहॉले नै जुम्ला हात गरेर भनिदिएपछि गाउ‘कै रामसिंहको पछि लागेर शहर हान्निए‘ एक बिहान । एउटा सपना । एउटा भविष्य । तर विल्कुल उधारो । त्यही लिएर । त्यही बोकेर । त्यही ओढेर ।

बाजे बराजु देखिकै पुर्खाले । तिनका सन्तान दरसन्तानले । देख्दै नदेखेको,भोग्दै नभोगेको भयावह शहर । जहॉ मेरो पाईतालो राख्ने भुई र तीन हातको जिऊ ओताउने कुनै ठेगाना छैन । ठेगाना भएका मान्छेहरु छैनन । सिर्फ भरोसा उही रामसिहं । उताबाट यता आएपछि । उनीसगै‘ दुईचार दिन बसेपछि । सुटुक्क भागे‘ एक मध्यान्ह । उनी काममा हि‘डेको ऐनमा । भाग्नु कहॉ ? मान्छेहरुको बिशाल लस्करबाट बचेर कसरी भाग्नु ? भेटियो इश्वर । उही इश्वर क्या † इश्वर भूजेल । बाटोमुनिको सुन्तला घारीको घर्ति माइलाको छोरा इनार बनाउने काम गर्ने मान्छे । त्यही काम गरेर जीवन गुजारा गर्ने मान्छे । अनि ? सगंत म पनि भर्ति भए‘, इश्वरले गर्ने जस्तै काममा । अरु कसैले गरिराखेको एउटा थप काम खोस्न । एउटा थप मजदुर बनेर ।

जेठ महिनाको एउटा शनिबार । चोकमा छौं हामी । हामी अर्थात् इश्वर,रवि र म । रवि नुवाकोटको ठिटो । बाइस बर्षे । रामकहानी उस्तै । बा मरेका । आमा अर्कै सग‘ हि‘डेकी । हजुरबाले पालेका बा मरेपछि, आमा हि‘डेपछिका चार साल । हजुरबा बितेपछि † होटलको जुठेल्नो हु‘दै इनार मजदुरसम्म ।

नुवाकोट,चितवन,हेटौंडा,विरगजं हु‘दै काठमाडौं सम्म । हो त्यही रवि,इश्वर र म उभिएको चोकनेर । काकाकुल काठमाडौंमा पानीको प्यासले धापिएको कोही घरको इनार सफा गर्ने मान्छे खोज्दै आइपुग्छ । हाम्रो लागि जम्माजम्मी एउटा कामले खोज्दै आइपुग्छ आङ्खनै खुट्टासम्म । मूल सडकबाट केही भित्र । पहिल्यै खनेर सुक्दै जान ऑटेको इनार सफा गर्न रवि र म लागेका छौं । बिस्तारै बिस्तारै । डोरीमा अडि‘दै झुण्डिदैं । तल तल पुग्छ रवि । निसासिन्छ केही बेर । माथि डोरीलाई बानेर भर दिइरहेछु म । र ऊ छाड्छ चल्मलाउन । झम्ल्याङ्ग । ढुङ्गा झरेकै छैन । बिर्सेर पनि । अक्सिजन नभएको इनारको गहिराइमा । झरेछ निसास्सिएर उही । एउटा मेहनतकस सर्वहारा । र बजारियो पानीको शान्त बासमा र आवाज दियो । जनाउ दियो इनारले छप्ल्याङ्ग । बस् † उसको जीवन सिद्घियो र मेरो दुख शुरु भयो । पुलिसहरु आए । मान्छेहरु थुप्रिए । होहल्ला । एउटा गरिखाने मान्छे मरेको हेर्न तछाड मछाड । जात्राको रौनकता हेर्न भुन्भुन्निएका हुलहरुजस्ता । शायद केही केहीको सहानुभूति पनि † इनारवाला छिटो लैजाउ तिम्रो साथीको लाश भन्छन । तिम्रो इनार सफा गर्दा मरेको मान्छे । तिमी आफैं हिसाब गर । सके,भए निसाफ पनि—म भन्छु । पुलिस अनुसन्धान, सोधपुछ यस्तै थुप्रै कुरा गरेर मलाइ घिसार्छ । घिच्याउ‘छ भ्यानमा । चोरलाई, नामुद कालाबजारीयालाई,हत्यारालाई यसो गर्न उसले कहिल्यै सकेन । हत्कडी लगाउ‘छ मेरो हातमा र जाकिदिन्छ कस्टडीमा बिना केही सोधपुछ,केरकार ।

देश लडाईको खालमा छ । बिचारको सर्मथन गरेबापत,बिचारमा सक्रियता जनाएको आरोपमा थुनिएका छन् मान्छेहरु । म सुन्थे उनीहरु बारे । र भेटे‘ त्यो दिन त्यही कस्टडीमा । हिरासतमा । बिद्रोहचेतले भरिएका,परिवर्तनको प्यासले तड्पिएका मान्छेहरुसग‘ । यातना † यातना † र यातना † यति गरिसकेपछि म माओबादी बनाइन्छु सरकारी रेडियो मार्फत । इनार सफा गर्न हि‘ड्दा साथी गुमाएर सोधपुछमा लगिएको मान्छे म । सॉझको सरकारी रेडियो मेरै नाम लिएर माओवादी कार्यकर्ता पक्रिएको समाचार फुक्छ । म प्रहरीको कोठाबाट आएको रेडियोको आवाजमा सुन्छु त्यो समाचार । अनि ? शुरु हुन्छ पुरानै शिर्षकको यातना ।

विद्यालयमा गतिलो गरि पढ्न नपाएको मान्छे । हिरासत हु‘दै जेलसम्म सगंत भएका प्रेमसुधा,सुनाम र सरलहरुबाट पढ्छु । पढाइन्छु । सिकाइन्छु । बुझाइन्छु । अन्याय,अत्याचार,शोषण,अभाव । सबै सबै । म एउटा निस्किएर,मुŒाm भएर पनि अरु त त्यही दलनमा रहिरहन्छन । मलाइ यो कुरा गतिलै लाग्यो । यो सबै फेर्न,बदल्न शोषणको तागतमा टिकेको ब्यवस्थाको दोहनको स्वरुप,चरित्र नफेरी मुŒाm हुन सकिन्न । जम्मा जम्मी पन्ध्र हिउ‘दको मस्तिष्कले निकालेको यही निष्र्कषमा पुग्छु । नत्र † मेरा नङ्गका पत्र नउखेलिएका भए † उखेलिएर पाकेका पिपका घाउमा आलपिनले नघोचिएको भए † भात खाने मेसो मिलाउन खाली हात मजदुरी गर्नेलाई माउवादीको आरोपपत्र दाखिला नगरिएको भए † आत्मा मरेको अदालत नामको शाही तहसिल खानाले त्यो झुठो आरोप सदर नगरेको भए † आजको यो याम दुनि‘याको यो सत्य भोगेर गुज्रिन पाउने नै थिइन । धन्यवाद सबै सबै शोषण र दोहन गर्ने राज्यरुपी कारखानाका इन्जिनहरुलाई । खिया लागेर,गुना खिइएर ढिला भएसकेका इन्जिनहरुलाई । नत्र † अर्को रवि बनि पो सकिन्थ्यो कि †

● ● ●

बार्ताको बाताबरण बनाउने सर्तमा सरल,सुनाम र प्रेमसुधा सहित छुट्छु म । सरल मलाई औधि माया गर्छन । खै किन हो ? लडाईले मेरो भाइको अभाब पनि मेटाइदियो भन्दै घरिघरि सुनामसग‘ मेरो नाम लिएर सरलले कुरा गरेको सुन्छु । मलाइ त उमेरझैं ज्ञानले भरिएका सबै आङ्खनै जस्ता लाग्छन । त्यसमा पनि धेरै बाट हेला पाएको मान्छे ,मेरा बा बाहेकबाट । मलाई, एउटा मजदुरलाई, सबैले हप्कि दप्कि गर्नेलाई स्नेह दिएर भाई भन्दै सरलले जुन दिन आत्मियता दिए ,त्यसै त्यसै मेरा परेलीहरु भरिन्छन टम्म भएर । सरल सेनामा काम गर्ने मान्छे । जनमुक्ति सेनामा । जनताको सेनामा । सरलको पाइलो पछ्याउ‘दै म पनि जनमुक्ति सेनामा मिसिन्छु, एउटा हर्षबिभोर भावमा । सरल जनमुक्ति सेनाको माथिल्लो तहको कमाण्डर रहेछन । सायद जेल नपरेको भए उनी सेनाको अझै माथि पो पुगिसक्थे कि ?

मुी उठाउने र सलाम गर्ने । सैन्य सलामी । रमाइलो लाग्यो । जहॉ,जे मा रमाउ‘छ मन, मान्छे त्यही बस्न,त्यही भिज्न,त्यही मिसिन खोज्दो रहेछ । म मिसिए‘ भोकानाङ्गाहरुको फर्मेसनमा सरलको सामान्य सहयोगी बनेर । देशमा बार्ता चलेको याममा मैले छापामारहरुको फर्मेसनमा मिसिएर सैन्य अभ्यास गरें । राजनीतिक प्रशिÔण र रोलकालमा रमाउ‘दा रमाउ‘दै वार्ता भगं भयो । र म,छापामार बनें । भूमिगत पार्टीकोे सदस्य बनें । ती अविस्मरणीय,जादुयी सयोंगहरु । मेरा जीवनका सुन्दर सयोंगहरु । स्वागत छ आज पनि त्यो बिस्मयकारी सयोंगलाई । म नयॉ साथीहरुको समुहमा छु । अझ यसो भनौं म जहॉ मिसिए त्यहॉ थुप्रै अपरिचितहरु मेरा हितैषी बनेका छन । एउटै भॉडोमा पकाउने,एउटै ओछ्यानमा सुत्ने र ऐनमौकामा एउटै थालमा खाने दौतरी बनियो । बार्ता भगं भएको सॉझदेखि सरलले हाम्रो फर्मेसनलाई रोलकाल गराए र सैन्य ब्यारेक हमलाको लागि कोचिङ्ग सुरु गरे । दोस्रो दिन एक लाल जोडीको पूर्वनिर्धारित बिहेमा सहभागी भइयो । बिजोग र सपनाको जोडी दिउ‘सो जोडिए एउटै मुटु भएर । फरक मुटु भए पनि दोस्रो मुटुको ढुकढुकी बु∆ने,स्र्पश गर्ने गरेर र सॉझ सैन्य ब्यारेक हमलाको मोर्चामा सहभागी हुन लामबद्घ भए । लडाईको मोर्चा निख्रिएर फर्कदा लालसमरको त्यो नयॉ रातो जोडी लडाईमै छुट्यो । तिनले आङ्खनो रगतले धर्ती भिजाए र आजादी प्राप्त गरें । अफसोच † दिउ‘सो मात्रै जीवन सम्बन्धमा साझेदारी गरेका लालदम्पतिले त्यही सॉझ क्रान्तिमा आङ्खनो कोटा चुक्ता ग¥यो । त्यो लालजोडीको अभावले त्यत्रो फौजी जितले पनि कसैको मनमा राहत दिन सकेन । त्यो पछि निकै दिन लगातार सरल सुकसुकाई रहे । हमला पूर्व उनी भन्दै थिए,सपना र बिजोग आजको मोर्चामा सहभागी नहोउन । धेरै त बिजोगले इन्कार ग¥यो । क्रान्तिको टे«न्चबाट भाग्न हामीले विहे गरेका होइनौं भनेर । र, त्यसो भन्ने अवस्थामा बिजोगलाइ पु¥याउन प्रेमसुधाको मानवरसहीन बोलिले पनि टेको दियो । लडाईमा कोही लड्न जाने कोही सुहागरात मनाउने ? भन्दै प्रेमसुधाको चरम क्रान्तिकारिता प्रर्दशन भयो ।

प्रेमसुधा सहायक कमिसार,सुनाम कमिसार र सरल कमाण्डर । जेलदेखि नै म भेउ पाउ‘थे प्रेमसुधा र सरल एकआपसमा चर्को बिबादमा सहभागी भइरहन्थे । सुनाम अक्सर कम बोल्ने । मृदुभाषी । अर्कालाई भन्दा पनि फूलले स्पर्श गरेजस्तो गरि बोल्ने । सरल र सुनामका कुरा अक्सर एकापसमा मिलेको बु∆न मलाई उति अप्ठेरो थिएन ।

—‘ सिगों कम्युनिष्ट आन्दोलनको,अन्र्तराष्ट्रिय र राष्ट्रिय कम्युनिष्ट आन्दोलनको समीÔा गरेर जानुपर्छ’–सरल भन्थे ।
—‘ क्रान्ति चलिरहेको बेलामा सिगों सर्वहारावादी आन्दोलनको समीÔाको प्रश्न क्रान्तिलाई अन्तै पु¥याउने चलाखी हो’–प्रेमसुधालाई क्रान्तिकारी हुनै प¥यो ।
—‘लाखौलाख मान्छेको बलिदानीपछि स्थापित सोभियत,चिनि‘या र अरु थुप्रै क्रान्ति पू‘जीवादले एउटा कुखुरा पनि नमारी कसरी ढल्यो ? कसरी पू‘जीवादकै पोल्टामा सुत्न गयो ? या ढल्यो,पतन भयो ? समस्या कहॉ छ ? किन सफल हुन सकिएन ? समीÔा हुनुपर्छ’–सरल आङ्खनो तर्क समाती रहेका छन ।
—‘हो साथी,माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासका बारे हामीले आजै गम्भिर भएर वहस गरिएन भने हामी पनि लाखौंको कुवानी पछि क्रान्ति त जित्ने तर पू‘जीवादले एउटा गोली नचलाउ‘दा पनि ढल्ने पुरानो दुखबाट निस्कन सक्दैनौं । तपाईको कुरा विचार योग्य नै छ’–सुनाम थपिन्छन ।
प्रेमसुधा बिचमै उठ्छन र झन्किंदै जान्छन–‘क्रान्तिमा बिश्वास नभएकाहरुले कुन दिन धोका दिन्छन । क्रान्ति बिरोधीहरु…’अरु थप सुनिन्न प्रेमसुधालाई ।
बिजोगको जोडी ढलेको मोर्चामा ठूलै सामरिक Ôति ब्यहोरेपछि सरकारले देशमा सकंटकाल घोषणा ग¥यो । सकंटकाल लागेको दास्रो हप्तामा प्रेमसुधाले सेनाकोमा पुगेर आत्मासर्मण गरेछन । धेरै नै पैसा सहित उनी भागेका हुन भनेर धेरै साथीहरुले गुनगुनाएको सुनियो । लेनिन बाजेले भन्थे रे ‘मुख मुख क्रान्ति, घॉटी घॉटी प्रतिक्रान्ति’ । धेरै कडा फलाम भॉचिदा ठनक्कै भॉचिन्छ भन्छन । जनसेनाको कमाण्डर सरल र आङ्खनो सारा सम्पति पार्टीलाई बुझाएर सम्पति र नीजि भोगको लालसाबाट निस्किएका सुनामलाई क्रान्ति बिरोधी भन्ने प्रेमसुधाले आङ्खनो क्रान्तिकारी असलियत देखाएरै छाड्यो र अब उसको बारे थप कुरा गर्नु जरुरी रहेन ।
सुनामले विहे गरेनन् । विहे भन्ने सस्ंथा कम्युनिष्टलाई के काम ? मन मिल्नेस‘ग सम्बन्ध र मन नमिलेपछि छुट्टिने । कम्युनमा बस्ने,त्यहीं आङ्खनो Ôमता अनुसारको योगदान दिने र कम्युनले मान्छेहरुको आवश्यकतालाई व्यबस्थापन गर्ने । यस्तै समाज बनाउन हि‘डेको–सुनाम भन्थे । सरल बिबाहित । उनको जीवनसाथी पार्टीको पूर्वी ब्यूरोमा काम गर्ने । सरल पश्चिममा । एउटा जनबादी विहेको मञ्चमा नवजोडीलाई शुभकामना दिन अतिथी बनेर उभिएको बेला सरललाई खबर आयो–‘जीवनसाथीको सहादतको’ । अहो † त्यो क्रान्तिकारीले आङ्खनो मुटु चुडिएको बेदनालाई पनि ऑसुमा बगाएर सम्हालि‘दै भन्यो–‘म नयॉ मुटुहरु जोडिएको यो उल्लासमा आङ्खनो मुटुको धड्कनलाई हत्केलाले थिचेर शुभकामना दिन उभिएको छ’ु । हामी रोयौ । सवै सवै । सबै भन्दा बेसी सरलको दुखसुखका सहयोद्घा सुनाम ।

त्यही मेसोमा एकदिन । पार्टीको आन्तरिक च्यानलबाट खबर पाउ‘छु म मेरा बा पनि पार्टीमा लाग्नु भएको रहेछ । म पार्टीमा लागेको ६ महिनापछि । पार्टीको आन्तरिक च्यानलमा जोडिएर म भन्दा ज्यादा सरल नै कुरा गरिरहने मेरा बास‘ग । बा आमा बितेका सरल टेक नाम नै ‘बा कमरेड’ भएका मेरा बासग‘ पनि उत्तिकै ∆याम्मिएको देख्छु म । पार्टीमा लागेको दश महिनापछि पार्टीको कामका लागि बजारमा गएको बेला सेनाले समातेर मेरो बाको हत्या ग¥यो । र आज,मलाई भारी गर्व छ । शोषणको जॉतोमा पि‘धिएको एउटा हरितन्नम आङ्खनो वर्गको मान्छेको स्वार्थका लागि ऑधिको वेगमा मिसियो र तिनको सपनाको फूलबारी आङ्खनो रगतले सिञ्चन गर्दै ढल्यो र म त्यो बहादुर योद्घाको रक्तसन्तान हु‘ ।

थुप्रै थुपै्र लडाई । केही हार । केही जित । स‘गै एउटै भॉडोमा पाकेको खाएर हि‘डेका साथीहरुको सहादत । एउटै सिरानी लागेका साथीहरुको पलायन । कैयन गद्धारी । यस्तै थुप्रै–थुपै्र भोग्दा–भोग्दै लालसमरका ५ हिउ‘दहरु गुज्रिए । सुनाम र सरल पार्टी केन्द्रको सदस्य बने । म सरलको निरन्तरको सहयोगी । हामीलाई लडाईको ‘ट्रोईका’ पनि भन्थे भन्नेहरुले जिस्किएर या अरु थप केही मनमै राखेर । लडाई रोकियो । बाह्र बु‘दे सहमति,जनआन्दोलन हुदै हामी क्यान्टोनमेन्टमा आईपुग्यौं । सुनाम र सरल जनसेनाको डिभिजन कमाण्डर र सहकमाण्डर भए । म निरन्तरको सरलको सहयोगी र थपमा प्लाटुन कमाण्डर । स‘गैं लडाईको मोर्चालाई आङ्खनो भविष्य हि‘ड्ने गोरेटो बनाएका साथीहरु सैन्य भूमिकाबाट पार्टीको राजनीतिक भूमिकामा गए । धेरैले पार्टीको निर्णयलाई शिरमा राखे र पाईताला अघि बढाए । केहीले रोजेरै गए । हामी क्यान्टोनमेन्टमा जम्मा भयौं । क्यान्टोनमेन्ट जॉदै गर्दा थुप्रै नयॉ साथीहरु पनि जनसेनाको फर्मेसनमा थपिन आए । यस्तै भयो,कोही काम गरिरहेका साथीहरु गए र नयॉ साथीहरु आए । नयॉले पुरानोलाई बिस्थापन गर्ने या नयॉलाई पुरानोले ठाउ‘m छाडिदिने भनेको पनि त्यही रहेछ कि †
क्यान्टोनमेन्ट अर्थात प्लाष्टिकले,बर्सादीले छाएको छाप्रो । हिउ‘दे तुषारोमा तप तप शीत चुहिने र गर्मीमा प्लाष्टिकनै पग्लेला जस्तो गरि तापले डल्लो पर्ने । लामखुट्टेको गोलो भुनु‘नु गर्दै जाईलाग्ने । बर्षामा पानीको मुसलधारे लर्कोले ओछ्यान नै लछप्पै पारिदिने । हावाहुरीको सन्काहा मनमौजी । यो सवै खेपेर बसियो । चुपचाप अपमानलाई छात्तिभरि तक्मा भिरेझैं भिरेर । गणतन्त्र घोषणा भएको सॉझ सुनामकै पहलमा जिउ‘दै रॉगोे उधारोमा ल्याएर ढालियो गाणतन्त्रका लागि भोकैनाङ्गै लडेका योद्धाहरुको लाममा मिसिएर । जनताले एक मानो नुन पनि उधारोमा खानु पर्ने स्थितीमा हामीले खाएको उधारो खास केही थिएन । तर पनि खै किन हो मन अलि अमिलो भयो गणतन्त्रका लागि लडियो र अहिले यो हालत छ भनेझै. लागेर होला । त्यही गणतन्त्र भोजको सॉझ सुनामले बडो गम्भिर स्वर र भावमा केही हरफ कविता सुनाए–
शहीदहरुको रगतले रगिंएको हाम्रो यात्रा
भोका नाङ्गा मान्छेहरुको सपनामा लम्किएको हाम्रो यात्रा
राता–ताता मान्छेहरुको वीरता र सौर्यको यात्रा
गन्तब्यमा नपुगि‘दैं बिचमै टुट्ने हो कि
शीतको घरमा खुम्चिइ यतै निख्रिई जान्छ कि
बिर्सिएर बाटो कतै अध्यारोमा फसिन्छ कि
वीरहरुको सपनाको हत्यारामा परिन्छ कि
कही‘ लक्ष्य नभेटिदैं बीचमै छुट्छ कि
हाम्रो सपना हाम्रो भविष्य बादलुले छोप्दििन्छ कि
वीरहरुको बारीमा कहिल्यै निराशाको बाली लाग्दैन
हारहरुको नहरले कहिल्यै क्रान्तिवीरलाई सिचंन गर्दैन
जति हार भएपनि जित भेटिन्छ अन्तिममा साथी
जाऔं साथी जाऔं हामी जाआंै साथी जाऔं
बॉकी रहेका हाम्रा सपना पूरा गर्न जाऔं
शुरु गरौं फेरी हामी वीरताको पुरानो यात्रा
शहीदहरुको रगतले रगिंएको हाम्रो यात्रा
पूरै गम्भीर र भवविह्ल माहोललाई उनै सुनामले छोटो तर पूर्ण मन्तब्यले लयमा ल्याईदिए ।

● ● ●

हामी बसेको शिविरमा जनसेनाको हेडक्र्वाटरको बैठक चलेको छ । बैठकमा पार्टीको कामलाई लिएर, जनसेनाको भविष्यलाई लिएर बहस चलेको छ । वहस चलेको छ बाहिर कति मान्छेलाई सेनामा समायोजन गर्ने ? कतिलाई कता लैजाने ? युद्धकालमा जफत गरिएका स्थानीय साहु महाजन,सामन्त,फटाहाहरुको जग्गा फिर्ता आदी । र हामीले सुन्यौ सुनाम यो बैठकमा निकै प्रष्टस‘ग प्रस्तुत भए । ।

‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना शसस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवं आमजनताप्रतिको अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितीमा आशिक सुधार गर्ने, प्रतिक्रियावादीहरुलाई दवाव दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन वन्न दिईने छैन’ भनेर शुरु गरिएको जनयुद्ध जनताको सामान्य स्थितीमा सूधार त परै जावस्, जनता झन्झन् दरिद्र हु“दै जॉदा जारी छ कि छैन ?’– सुनामले भनेछन्–‘गरी खाने सुकुम्वासी, किसानहरुको मातहत रहेको जमिनलाई माओवादीले कब्जा गरेको भन्दै आफुलाई विभिन्न नामधारी संसदवादी भन्नेहरुले फिर्ता मागेको सन्दर्भमा राज्यश्रोतवाट दोहन गरी हवेली बनाउनेहरुले राज्यकोषमा भ्रष्ट्राचार गरी लुटेको सम्पत्ति फिर्ता गरेको निमेसभरमा माओवादी नियन्त्रणम रहेको सम्पति राज्यको मातहतमा आउछ , किन भन्न सकि‘दैन ? खड्ग ओलीले वालकोटमा वनाएको हवेली कह‘ा लट्री परेको पैसाले किनेको ? भारतले दिएको कि दरवारले ? कि अमेरिका गएर भॉडा माझेर ल्याएर वनाएको ? कि श्रीमतीले दाईजो ल्याएको ? प्रदिप नेपालले डल्लुमा वनाएको घरको आम्दानीको श्रोत के हो ? किताव लेखेर कमाएको ? कि मन्त्री हु‘दा आएको भत्ताले ? प्रदीप नेपालले भन्दा ज्यादा किताव लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए र मन्त्री पनि भएकै थिए तर मर्ने बेलामा देवकोटाको हालत अरुलाई भन्दा ज्यादा याद प्रदीप नेपाल नामकै मान्छेलाई हुनु पर्छ । लेख्नेहरुको हालत प्रदीप नेपाल भन्दा थुप्रै किताब लेख्ने देवकोटा मात्रै होइन अहिलेकै सिद्धहस्त लेखकहरुको हालत हेरे पुग्छ । इश्वर पोखरलको महाराजगञ्जको घर बनाउने पैसा कहॉबाट आयो ? विरामी भएर उपचार गर्न नसकी राज्यकोषबाट उपचार रकम लिनुपर्ने अर्जुननरसिहं के.सीले मनमैजुमा हवेली ठड्याउने पैसा कहॉबाट ल्याए ? भीम रावल,प्रदीप ज्ञवाली,शखंर पोखरेल,रामचन्द्र पौडेल, खुमबहादुर खड्का,गोबिन्दराज,चिरञ्जिवी वाग्लेहरुलाई कहॉ खोलिएको ‘करोडपति चिा’परेर त्यो सम्पति हातलागी भयो ? राज्यकोषबाट लुटेको पैसा होइन ? देशको राज्यकोषमा भ्रष्टाचार गरेर, गरिब जनताले तिरेको करको सम्पति लुटका होइनन् तिनले ? त्यो फिर्ता गरेको निमेष भरमा सामन्तहरुबाट भोगाधिकार किसान–सुकुम्बासीहरुमा सारिएको सम्पति फिर्ता गर्न कुनै आइतबार लाग्नेछैन, हामी किन भन्न सक्दैनौं यो कुरा ? अब हामीले हाम्रै नेतृत्वस‘ग किन नसोध्ने यो प्रश्न ?’

–‘नेतृत्वमाथिको आÔेप हो यो । अविश्वास हो । र, नेतृत्वमाथिको अविश्वास पुरै क्रान्तिप्रतिको अविश्वास हो ।’– सुनामलाई प्रतिबाद गर्दै कोही कमरेडले भनेछन ।
–‘हो त ३३ हजार जनसेनालाई ल्याएर राखियो क्यान्टोनमेन्टमा । राष्ट्रसघंलाई गुहारेर तिनको ‘प्रमाणीकरण’ गरियो । त्यो प्रमाणीकरण के का लागि गरेको ? योग्य र अयोग्य भन्दै छुट्याईयो । के का लागि, के कामका लागि योग्य र अयोग्य भनेर छुट्याईएको ? ससंदवादीहरुको कित्ताबाट कसैले भरिदिएको हावा प्रतिनिधि आवाज बनेर आएका छन् ‘सैन्य मापदण्ड पूरा गर्नेलाई’ सेनामा लिने भनेर । सैन्य मापदण्ड पूरा गरेर सेनामा भर्ना हुन जसरी काग्रेंस एमालेका नेताका छोराछोरीलाई हक छ त्यसरी नै हाम्रा भाई बहिनीलाई पनि छ । कि तिनको सिफारिस र दया माया विना मापदण्ड पूरा गर्ने नेपाली जनताका छोराछोरीले सेनामा भर्ना हुनै नपाउने हो ? होइन भने एउटा सुन्दर सपना बोकेर हि‘डेका यात्रीहरुलाई के कामका लागि ‘अयोग्य’ भन्दै अपमानित गरिएको हो र बॉकीलाई के का लागि योग्य भनिएको हो ? कसको दया पाउनका लागि योग्य भनिएको ? कसको भीख पाउन ‘अयोग्य’ भनिएको ? उनीहरुको दया पाउन,कृपा पाउन योग्य भनिएको ? बनाएको राष्ट्रसघं गुहारेर ?’– सरलले सुनामको बोलीलाई थप आकार दिए रे †

र, त्यही बैठकले सुनामलाई कारवाही गरेछ,पार्टी नेतृत्व बिरुद्ध विप्लपको आरोप भिराएर । बैठकबाट निस्कदा प्रफुल्ल मुद्रामा,विजयी भावमा बाहिरिएका सुनाममा कुनै पीडाबोध देखिएन । पार्टीले दिएको हरेक पुरस्कार स्विकार्य छ भन्दै तल्लो कमिटिमा काम गर्न हामीस‘ग बिदावारी भएर हि‘डे । थुप्रै दिन धर्तीमा घाम परिरहे पनि मनभरि बादल फिजाएर बसिरहें म । त्यसको हप्ता दिन नकट्दै पार्टी बिरुद्ध उभिएकाले सुनामलाई कारवाही गर्नुपर्छ भन्दै बाह्र हात उफ्रने जनसेनाकै एक कमाण्डर क्यान्टोनमेन्टकै महिला कमरेडलाई लिएर कुलेलम ठोके । सरल अलि एकोहोरिन र सुनामलाई घरिघरि सम्झ‘दै दिन कटाउने यत्न गर्न थाले ।

ठीक त्यही बेला,सुनामलाई सम्झिएको बेला ऑखाभरि पुराना दिनका तस्वीरहरु नॉच्न खोज्छन । शसस्त्र प्रहरीको एउटा वेसक्याम्पमा सफल रेड गरिएको मोर्चाबाट भारी हातहतियार र युद्धसामाग्री सहित हाम्रो टीम सुरÔित भूगोलतिर फर्कदै थियो । सुनाम, सरल सहित हामी सात जना सरकारी हेलीबाट हमला भएपछि लगातार तीन घण्टाको सुरÔित कभरमा बस्नुपर्दा र बॉकी साथीहरु अनुकुल स्थलतर्फ लाग्नु पर्दा फर्मेसनबाट हामी छाडियौं । रातभरको लडाईको थकान, बिहानदेखिकै भारी हि‘डाई र भोको शरीरले लखातरान हालतमा झमक्क सॉझ परेपछि लामो जगंलको यात्रापछि भेटिएको गोठमा बास बस्ने तरखरमा लाग्यौं । अनकन्टार जगंल छेउको त्यो निर्जन ठाउ‘मा खानेकुरा के भेट्नु र खानु ? दुई जना साथी कतै गाउ‘ नजिकै पो छ कि र केही खानेकुरा भेटि पो हालिन्छ कि भनेर हि‘ड्नु भो । झण्डै डेढ घण्टापछि केही चिउरा,दालमोठ र बिस्कुट बोकेर फर्किनुभयो । नजिकैको खोल्साबाट पानी ल्याईयो र चिउरा–दालमोठ–बिस्कुट एकै ठाऊ‘मा मिसाएर खाने तर्खर मात्रै गर्दै थियौं एक्कासी बन्दुक पड्केको आवाज आयो । हामी सैनिक बेसक्याम्प छेउको जगंल किनारमा पो बसेका रहेछौं । त्यही चिउरा पसलदेखि साथीहरुको पिछा गर्दै सेना आएको रहेछ । हामी बिना तयारी बसेका थियौ । झण्डै मस्तराम हालतमा । हतार हतार एके–४७ लोड गरियो । समीÔा र स्मृतिले एस.एम.जीले कभर दिनुभयो । सरप्राइज अट्याकमा आएको सेना बिजुली गतिको सरप्राइज प्रतिरोधले चक्मा खॉदै पछि हट्यो । उनीहरुको गोलिबाट भुलभुल्ती रगत बगाउ‘दै समीÔा,करुणा र अधीरले सहादत प्राप्त गरे । हामी प्रतिकुल भूगोलका कारण झोला र हतियार भिरेर जान लागेका थियौ माइकिङ्गका साथ सेनाले हामीलाई फेरी घेरा हाल्यो । सुनामले आ–आङ्खनो तरिकाले घेरा तोडेर बाहिर निस्कन निर्देशन दिए । दॉया–बॉया–छड्के–घुमाउरो बाटो हु‘दै कानै छेउ,निधार छेउ, टाउको छेउबाट बत्तिएका गोली छल्दै दन्त्यकथाको नायकले जस्तै घेरा तोड्यौ । सयोंगवस म सरल र सुनामस‘गै रहें । एकजना साथी हराउनुभयो । भर्खरै तीन सहयोद्धाको रगतले धर्ती भिजेको पीडामा ऑसुले भिजेका मन र परेली नसुक्दै फेरी अर्को सहयोद्धाको सहादतको आशंका बलियो भयो । त्यो साथीको नाम प्रतिरोध थियो र उहॉ प्रेमसुधाको सहयोगी । केही दिनपछि साथीहरुले खबर ल्याउनुभयो प्रतिरोध त सेनाको पोसाकमा राजधानी छिर्ने नाकाको एउटा चेकिङ्ग प्वाइन्टमा रुमालले मुख छोपेर साथीहरुलाई पक्राउ गर्न बसेको छ । तिनै प्रतिरोध शान्तिप्रक्रियापछि पार्टीको एउटा समुहको सिफारिसमा पार्टीमा जोडि‘दै पार्टीको केन्द्रीय सदस्य भएको छ । अरु त अरु पैसा सहित भागेर सेनास‘ग आत्मासर्मपण गरेका प्रेमसुधा पनि पछि अर्कै कम्युनिष्ट नामधारी पार्टीमा प्रवेश गरेर हाम्रो पार्टीस‘गको पटके एकता प्रक्रिया नामको खेलमा पार्टी केन्द्रकै सदस्य बन्न आइपुगेकै छन । यस्तो बेला सुनाम जस्ता योद्धा माथि कारबाही नभए कसलाई हुन्थ्यो र ?

क्यान्टोनमेन्ट छिरेको सात महिनापछि भएको प्रमाणिकरणमा सातबर्षदेखि बारुद र बन्दुकलाई मितेरी लाएर आन्दोलनमा हि‘डेको म ‘अयोग्य’ बनाइए‘ । मलाई अयोग्यताको प्रमाणपत्र थमाईयो । मलाई यसमा दुख या खुसी केही लागेन । सामन्तीतन्त्रको अन्त्य र समानताको सपनायात्रामा हि‘डेको मलाई त्यो सपना देख्न कसले पो अयोग्य तोक्न सक्थ्यो र †म भौतिक रुपमा उभिएसम्म मेरा सपनाहरु मस‘गै सुरÔित रहिरहनेछन् ।

● ● ●

सेना समायोजनमा नानाथरी सख्ंयाको वार्गेनिङ्ग गर्ने र आङ्खनै नेताले घरि यति हजार घरि उति हजार भनेर मोलमोलाई गर्ने काईते छॉट देखाएपछि जनसैन्यहेडक्वार्टरको जनरल स्टाफ बैठकमा सरलले गरेको बिरोधको जवाफमा सरल पनि आङ्खनो भूमिकबाट निलम्बनमा परे । र आज † मान्छेहरु निराशाले छोपिएको बेला क्यान्टोनमेन्टबाट अयोग्य धपाउने योजना अन्र्तगत बाहिरिएको छु । अब जानु कहॉ ? मेरा आमा म सानो छ‘दै बितिन । बा पार्टीमै लागेर निख्रिए । काठमाडौंमा इनार मजदुर बन्न आउ‘दा ताका देखि म घर फर्केकै छैन । अब त भत्किएर खण्डहर मात्रै बॉकी होला । जानु कहॉ अब ? हामी सलाईका कॉटीहरु हो रे † कुनै पूर्व जर्नेलले पत्रिकामा लेखेको पढें । आङ्खनो तागत आफैंलाई थाहा नभएका,अरु कसैले कोरेर बालिदिनुपर्ने बारुद भएका सलाईका कॉटीहरु । मलाई ठीकै लाग्यो । एउटा कॉटीलाई कसैले कोरिदिन्छ,चुरोट सल्काउ‘छ,बत्ती सल्काउ‘छ,आगो सल्काउ‘छ या जे मन लाग्यो त्यही काममा कोर्छ, फाल्छ । तर हामी सलाईका कॉटीहरुले आङ्खनो तागत बुझेर कॉटीहरु एक एक गरि जम्मा भयौं भने जसले हामीलाई कोर्ने कोशिस गर्छ अनि थाहा पाउनेछ हामी डाईनामाईट भईसक्यौं । सरल र सुनामले देशभरका शिविरबाट बाहिरिएका हामी इच्छुक साथीहरुवीच भेटघाट कार्यक्रमको लागि निम्तो गर्नुभयो । जम्माजम्मी तीस प्रतिशत हामीहरु भेला भयौं । आ–आङ्खना तर्कहरु आए । सपनाहरु प्लटिङ्ग भए । आवाद कसरी गर्ने ? क्रान्ति कसैको पेवा होइन । बिद्रोह जनताको अधिकार हो । सपना देख्न पाउने मान्छेको अधिकार हो । हामी हाम्रो सपनाको यात्रालाई अघि बढाउ‘दै घॉटी घॉटी क्रान्ति नपुग्दै मुख मुख प्रतिक्रान्तिले छोप्पिएर बस्न सक्ने योग्यता बनाउन नसक्ने अयोग्य घोषणा गर्छौ आफैंलाई । योग्यता देखाउने, लाल र निपूर्ण हुने मैदानमा हि‘ड्न मतो मिलाउ‘छौ । जनताको सपनाको मलामी बन्न अयोग्य स्विर्काछौं आफुलाई । र,शुरु गर्छौ आङ्खनो सपनाको बाटो । शहीदहरुले जिम्मामा छाडेको यात्रा पुरा गर्न l

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.