~सरण राई~
‘भ्रष्टाचार बिरोधि अभियान’को नारा र कार्यक्रम थियो _ ‘भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्दै कानुनि कारवाही गरेर भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने र भ्रष्टाचार निर्मुल पार्ने |’ अभियानका अध्यक्छे दिनभर भ्रष्टाचार निर्मुल अभियान संचालन गरेर बेलुकी घर फर्किए |
छोराको विवाहका लागि विभिन्न घरहरुबाट कुरो आईरहेका थिए |तीमध्ये एउटा जागिरेको छोरीको पनि कुरा आईरहेको थियो | ति जागिरे भ्रष्टाचारको मामलामा निकै गन्हाएका थिए | उनकै छोरी विवाह गर्नका लागि अधेक्छेकी पत्नी सल्लाह दिईरहेकी थिइन |
‘भ्रष्टाचार गरेर निकै धन कमाएका छन् र दाईजो धेरै आउला | उनकै छोरीसँग कुरा छिनौ, हुन्न ?’
अधेक्छेले केहीबेर गम्भीर भएर सोंचे र अन्त्यमा सहमति जनाउन टाउको हल्लाउदै भने-’हुन्छ|’