(मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन )
बिचार १ – नहुने काम भयो !
बिचार २ – कस्तो काम ?कस्तो नहुने काम ?
बिचार १ – नसोचेको काम ,हित बिपरीतको काम ,लापर्बाहीको , सत्य लिलामीको काम !
विचार ३ – पहिले सबैले यसो भन्छन तर पछि……!
बिचार ४ – यसले हामीलाई तान्न खोजेको हो तर पछि के ?
बिचार ३ – उही सोझालाई सिध्याउने काम ,जनतालाई झुक्याउने काम ,नेताले गर्ने जस्तो काम !
बिचार ५ – यो नेता जस्तो छ नि !
बिचार ६ – यो नेता होइन ब्यापारी हो । हेर त गाला ,ओहो सुट कस्तो महगो ह !
विचार ७ – हामी नेता होइनौ ,नेताको साथी पनि होइनौ ।
बिचार ५ – यो पहिलेको चाही नेता हो । तर पछिल्लो चाही हैन जस्तो छ ।
विचार ३ – साथी हो नझुक्क ! त्यो नहुने काम भयो भन्ने चाही शत प्रतिशत नेता हो ,म ठोकुवा दिन्छु ।
विचार ८ – हा हा हा ब्यापारी पनि नेता हुन्छ !
बिचार १ – हुन्छ,यहा जे पनि हुन्छ । डा नेता हुन्छ ,कर्मचारी नेता हुन्छ ,बिद्द्यार्थी नेता हुन्छ ,मजदुर नेता हुन्छ ,प्रदेश नेता हुन्छ ,हैन के नै बाकी छ र नेता बन्नलाई
विचार ९ – फेरी अर्को झूट ,यो मान्छे अघिदेखि धेरै बोल्दैछ !
विचार १ – मलाइ त्यसो नभन्नोस म तपाईहरूको सेवक हु । म अरूको दुख देखि सहन्न । मलाई दंगा फसाद नसम्झनुस ।
बिचार १० – साथी हो इतिहास पताओं !कत्तिले हामीलाई कतिपल्ट धोका दिए ।
बिचार ११ – के इतिहासले हामीलाई धोका दियो त ?
विचार १० – त्यसो होइन यार । यिनीहरूले नै इतिहासलाई धोका दिए ।
विचार १२ – त्यो कसरी नि ?
विचार १० – यिनीहरूले हामीलाई नपुग्ने सपना बाडे । यिनीहरू आफूभने कुर्शीमा अल्झे ।
विचार १३ – महा गलत ,सत्य कुरा भन ।
विचार ९ – ल सुन्नुहोस म भन्छु यिनको कर्तुत । यिनले सपना बाडे ,श्रम बाडेनन् ,। राजनिती बाडे स्कूल कलेजमा । बर्तमान पुस्तालाई सुहाउदो शिक्षा बाडेनन्।
विचार १५ – तपाईसित के प्रमाण छ ?
विचार ९ – मैले भनि हाले नि ,गफ बाडे ,यिनीहरूले कमाएको अकुत सम्पती बाडेनन्
बिचार १६ – त्यसै हिलो छ्याप्न पाइन्न !
बिचार १७ – यो मिली भगत जस्तो छ ,यी दुवै सरकार भित्रका हुन् की सरकार बाहिरका ?
विचार ७ ,विचार १४ – (एकसाथ कड्कदै )हाम्रो मुखबाट ओकल्न बाध्य नपारीयोस!हामीले हाम्रो सिमा मिच्दा ,देशको नागरिकता हराउदा बोल्ने चेस्टा गरेका थिएनौ र !
विचार १ – गम्भीर हुनुहोस ! म यहाहरुको सेवामा हाजीर छु ।
विचार १६ ,विचार १५ – आरोप समाधान होइन ,हामीलाई हराएर त देखाओ । हामी भुइमा छैनौ । हेक्का रहोस ।
विचार १७ – हामीलाई संबिधान चाहियो
बिचार ३ – हामीलाई शान्ती चाहियो
बिचार ४ – हामीलाई बिजुली बत्ति चाहियो
विचार १२ – हामीलाई प्रतिबद्दता चाहियो
विचार ६ – हामीलाई नेपाली हौ भनेर गर्ब गर्ने ठाउ चाहियो
विचार ८ – साथी हो ! हामीलाई चाहिने चिजको लिस्ट अहिले नै बनाओ
विचार ९ – अ साच्ची हामीलाई हस्पिटल चाहियो
विचार १८ – हस्पिटल मात्र होइन । हामीलाई डाक्टर पनि चाहियो
विचार १० – हामीलाई हाम्रा छोराछोरीलाई पढ्ने समान शिक्षाको अवसर चाहियो
विचार १ – पुरा हुन्छ मौका दिनुहोस मात्र ।
विचार १५ – विचार १६ -हामी अहिल्यै यहाहरुको नाममा घोषणा गर्न लगाउछौ ,ढुक्क हुनुहोस यही तपाईहरूको अन्तिम सहयोगी हो ,गरे हाम्रैले गर्छ ।
विचार ७ ,विचार १४ – एक पल्ट हामीलाई माथी पुरयानुहोस् । हामी नै सबै बाकी काम गर्छौ । हामी पुरा गर्छौ तपाईहरूको लक्ष्य !
विचार ५ – केहि सुनिएन !
विचार १२ – केहि सुनिएन !
विचार ३ – केहि सुनिएन !
विचार १० – केहि सुनिएन !
विचार १९ – साथी हो ढिलो भयो जाउ
विचार २० – हो ,जाओ ,जाओ ,ढिलो भयो ।
(पर्दा खस्छ,सबै अध्यारोमा विलीन हुन्छन )
अस्तु :
अबुधाबी ,यू ए ई ।
(स्रोत : Sahityasangalo.com)