कतै जिन्दगी फुल्छ
कतै जिन्दगी झुल्छ
खनी गोडी गर्नेलाई
जिन्दगीले नै भुल्छ
शान्ति सुरक्षा
अर्काको आँशुमा पौडने मित्रहरु
छाति किल्चेर दौडने मित्रहरु
शान्ति सुरक्षाको नारा भो नदेउ
सर्वस्व मिच्दै चौडने मित्रहरु ।
दौडाइ
कसैको जालझेल कसैको पढाइ रहेछ
धनको टुप्पोको आखिर एउटै चढाइ रहेछ
भेट्नेलाई यहाँ सबैथोक
नभेट्नेलाई सधैँको दौडाइ रहेछ
नशा
छुन्न छुन्न भन्दा भन्दै छोइदिएँ
हुन्न हुन्न भन्दा भन्दै खोलीदिएँ
नशा भन्ने चिज नै यो कस्तो
टुन्न टुन्न हुने गरी धोकिदिएँ
पिउनु
कोही जिएर पिएका छन्
कोही पिएर जिएका छन्
कति पिउनेका स्वास्नी छोराछोरी
त्यसै खिएर जिएका छन्
Windsor University, Canada
karki_rak@yahoo.com
(स्रोत: Tanneri.com and Sahityasangalo.com)