~अनिरुद्र तिम्सिना~
अंगालोकी श्रीमती हात्को साँचो ताला ।
सेवकलाई सुुम्प्यौ नेता के हो तिम्रो चाला ।।
कन्यादान पाएकीलाई कोठी बेच्न लग्यौ ।
ट्वाइलेट भन्ने संझिएर चुलैमाथि हग्यौ ।।
विदेशीको धोती भित्र ओत लाग्ने ढाडी ।
टाउको माथि पुुगेपछि सम्झन्छ रे राडी ।।
हाम्रा पनि नेताहरु उस्तै–उस्तै लाग्ने ।
माछा देख्दा राल काड्ने सर्प दख्दा भाग्ने ।।
तेल दल्ने हातहरु चिप्लो घस्ने ओठ ।
फेरी आउँने अरे भन्छन् हाम्रा घर गोठ ।।
बल्छि थाप्दा माछा परे आफैंतिर तानौँ ।
भ्यागुुत्ताको ट्वार सुन्दा झटारोले हानौँ ।।
पादे जस्तो गफ रैछ गणतन्त्र नारा ।
प्रजातन्त्र संघियता जनवाद सारा ।।
बल्झिएको घाउ फेरी नुन किन लायौँ ।
शहिदको रगत र माँसुु सित्तै खायौ ।।
चौध हजार छोरा छोरी अनि बुडाबुडी ।
खाँदा पनि नभरिने अचम्मको भँुडी ।।
नयाँ नेपाल बनि सक्यो अब के के गर्छौ ।
कैलेसम्म झुुक्याएर तिम्रो लाद्रो भर्छौ ।।
भाषण्को खेती गर्यौ दल्यौ ओठमा तेल ।
संविधान सभा भन्यौ गाई जात्रे खेल ।।
के भनेर आउँछौ फेरी ओठमा तेल दल्दै ।
झुक्याएर लाटा सोझा जनतालाई छल्दै ।।
चिप्लो ओठ बगलीमा राख्ने रैछौ छुुरी ।
नाङ्गो नाच धेरै नाच्यौ भयो कुरी कुरी ।।
ठूला गफ गर्दा गर्दै समय गयो खेर ।
तिम्रो धोती खुस्कि सक्यो छामि हेर ! हेर ! ।।
अब तिमी के भनेर भाषण गर्छौ नेता ।
धोती खुस्काई जनताले गुुथाई देला फेटा ।।
ढोण घाँस ठूलो दाम्लो किलो ठोकी बान्ला ।
जनताले भैँसी हान्ने बन्चराले हान्ला ।।
लाज छैन सरम छैन किन फुुर्ति लाउँछौ ।
हाम्रा घर आँगनीमा कुुन मुखले आउँछौ ।।
नआऊ नेता झोपडीमा अरिङ्गालले टोक्ला ।।
बोका खसी पारे जस्तो हेम्मरले ठोक्ला ।।
बाठा नेता नेपालका मझेरीमा हग्ने ।
विदेशीलाई रिझाएर नेपालीलाई ठग्ने ।।
ब्वाँसा जस्ता बाँदर जस्ता हाम्रा नेता मान्छे ।
स्यालहरु बसेका छन् माँसुु बाँड्ने भान्से ।
देश हाँक्न नसक्नेले केलाई बन्नु नेता ।
बुढी आमा ! गुुथाइ देउन पेटीकोटको फेटा ।।
नआऊ ! अब हाम्रा घर छैन तिमा्रे काम ।
कुुखुुराले नबासेनी झुुल्कँदा छ घाम ।।
जनताले सुुम्पिएको जनताको ताला ।
मनपरि तिम्रो होइन हाम्रो मोती माला ।।
कालो आत्मा कालो चित्त देश खाने चाला ।
चढ्काउनै पर्छ अब विश्वास घाती गाला ।।
स्वदेशको भात खाने विदेशको गीत ।
त्यो देशमा बस्ने हक छैन कसै सित ।।
चार दले हिजो थियौ आज तिमी छैनौ ।
नेपाल आमा रुवाउने तिमी छोरा हैनौ ।
विदेशीले मातृभूमि बलत्कार गर्दा ।
रमिते भै बस्यौ तिमी आपत विपत पर्दा ।।
ति बोकाका मतियार तिमी पनि हौ कि ।
घोसे मुुन्टो लगाएर यतै कता छौ कि ।।
बन्ढाणेले ढुके जस्तो ढुक्दै छौकि चल्ला ।
कता–कता चलेको छ फ्याउरा बास्ने हल्ला ।।
बन्ढाणे र स्याल अनि फ्याउरा मतियार ।
फेरी पनि आउँदैछन् बनौ होसियार ।।
गुुलेली र मट्याँङ्ग्राले तानि हालौँ ताँदो ।
यी दुष्टलाई हामी फर्काइ हालौँ लादो ।।
आकाशमा गिद्ध कतै उडे जस्तो लाग्छ ।
उठौँ हामी जुुटौँ हामी नत्र भूत जाग्छ ।।
यौटा आँधी अब फेरी डाल्नै पर्ने भयो ।
झोपडीले अब बत्ती बाल्नै पर्ने भयो ।।
फेरि यौटा भूकम्पले थर्को हाल्नै पर्छ ।
नत्र हाम्रो भाग्य अनि भविश्य नै मर्छ ।।
तोपसँग बन्दुुकसँग गोलीसँग लडौँ ।
इतिहासका राता अक्षर पल्टाएर पडौँ ।।
अन्धकार छाइ सक्यो उठ तोड्न हिडौँ ।
बन्दुकसँग बिचारको नौलो युुद्व भिडौँ ।।
उठौँ ! जुटौँ !विचारको तिखो तिर हानौँ ।
झोपडी र गाउँ बस्ति आफैँतिर तानौँ ।
जित्नै पर्छ बिचारले बन्दुकको मन ।
बिचार हो शक्तिशाली अस्त्र नौलो पन ।।
नयाँ नेपाल निर्माण गर्ने महान अविभारा ।
आएको छ छाप्राहरु जागौँ उठौँ सारा ।।
दुष्ट ब्वाँसो गाउँ पस्ला थापि राखौँ पासो ।
नयाँ नेपाल बनाउन राखिराखौँ चासो ।।
रचनाकाल –२०७०÷०१÷०२
अनिरुद्र तिम्सिना
इवा–७,तेह्रथुम
(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )