~अमर बानियॉं लोहोरो~
यो बढ़्दो ब्यापकता, यो कस्तो बिकराल्ताएएएएएए
समाज गैरहेको कता, आफैंबाट पलायन भएर
एक विच्छिन्नता तर्फ,छिन्न भिन्न भएरएएएएएए।
कुँड़िन्छन् मनहरू,चुँड़िन्छन् हृदयहरू
कर्कश अनि कटुबचनहरूमा,रगतभित्रको रूखो पनमा।
कठै! भित्रभित्रै जल्दछन् शरीर,सॉंझ सवेरै गल्दछन् मस्तिष्क
ती वृद्ध-वृद्धाहरूको, ती अवहेलित जीवनहरूको,
कस्तो-कस्तो परिवर्तन प्रत्येक अवस्थाको
कति जीवन क्षणहरू मान्छेको।
हुनत मनविहीन मान्छे नहुन पर्ने
तर मन भएमा केही माया त हुनै पर्ने;
कस्तो मान्छे सम्झना र माया बिनाको
कस्तो-कस्तो मान्छे नि! मन मगज बिनाको )?)
भनिदो मान्छे तर मनुष्यता बिनाको
के यस्तै हो दायित्वएएएएएए
किन हो अशुभ लक्षण दानवताको
कि यो नवरूप हो हाम्रो मानवताको (??)
शाश्वत छ है विधिको विधान
यथावत रहिन्छ भनि नगर्नु अभिमान
कहॉं को रहेको छ सदा जवान?
नचुहाउनु आँशु माता-पिताको
नदुखाउनु मन कसैको कसैको
बरू ग्रहन गर्नु आशीष प्रसन्नताको
पाउने छौ शुभाशीष अन्तरताको।
सकेमा, चितासम्मै ती अनुहारहरूमा लेश: मुस्कान पुगोस्।
यो एक मुट्ठी परम्परा त्यो चिता या चिहानसम्म पुगोस्।
(हिमगिरि अंक अक्टोबर 31,2002बाट)
(स्रोत : Snowlinenews.com)