~अमर बानियॉं लोहोरो~
(1) कुरा: दिलभित्रको
सबै सुरूपा सुखी हुँदैनन्,
सबै कुरूपा दु:खी छैनन्;
यो स्थिति कस्तो अमेल!
शायद सबै नियतकै खेल(?)
(2) जग- स्थिति
यो धर्ती चिन्तित छ
मानवताको मायाले…….
यो धर्ती पीड़ित छ
दानवताको छायॉंले……..!!
(3) मानवको तीन पहिचान
प्रथम प्रतीक मानवता……..
दोस्रो उस्को भावुकता……..
र नव- निर्माणको काल्पनिकतै………
(हिमगिरि वर्ष-21, 9 फरवरी 2005 अंक-04-बाट)
(स्रोत : Snowlinenews.com)