क्रान्ति–
विरोधाभासले
वर्षौं गर्भाधान गरेर
जन्माएको छोरा
विरोधाभास–
बेरुचीको गॉंस
बलजफ्ति खुवाइदिँदा
म वान्ता गरिदिन्छु।
जीवन–
जन्म र मृत्युबीच
झोलिएको
एउटा झिनो सॉंधु
अधिकार–
सॉंझ बिहान
दुइ छाक खान
सबैले पाउनुपर्छ।
स्वतन्त्रता–
विचारानुसार चल्नु
र इच्छानुसार जीउन पाउनु
शून्यबोध–
दु:ख्नु र नदु:ख्नु जस्ता
क्रियाहरूको बोध हुँदैन
तथापि……
भोगाइ निरन्तर सक्रीय छ।
लज्जा–
आँखामा हुनुपर्ने
व्यवहारमा हुनुपर्ने
मनोस्थितिमा हुनुपर्ने
यहॉं जताहुँदी उदांगो भइदिन्छ।
मृगतृष्णा–
सागरको सतहमा
डुबल्की लगाई
मोती टिपुँ भन्दा
मुठ्ठीभर बालुवा
हात लाग्दछ।
प्रेम–
धीर मन
अनयासै
विथोलिन पुग्छ।
विडम्बना–
जिन्दगी जिउने मोहमा
विसंगतिसित जेलिएर
उ अकालमा मृत्यु मरिदिन्छ।।
(कवयित्रीको हालै प्रकाशित शब्द-श्रृंखला पुस्तकबाट)