~मोतिसिंह छेत्री~
(1)
मृत्यु कति भयंकर
अखण्ड सूर्यको तापझैं
मान्छेमा सधैं आरोपित
मृत्यु कति भयंकर
आत्मा त होशियार
जगमा सत्य र न्यायको लागि
ज्योति फैलाउनु छ तैले।
(2)
कुवेरको राज
रंगम्वदेखि बाहिर
फालिएको यौटा फिलीङ्गो म
यस धरतीको टाड़ा कुनामा
नाङ्गो देह कंकाल झैं
जग तप्ति सुख सागरको आशाया
अतृप्तिको चितामा जलिरहेको बेला
देख्दछु कुमेरको राज
सुखको प्याला पिउनु यो कुवेरहरू
विश्व शान्तिको नाउमा
एक एक दानाको लागि छटपटाउनेहरूलाई
लुटि रहेको छन् चुनौतिको बजारमा
माटो र ढुंगा मिलाई प्रत्येक दाना दानामा।
– मोतिसिंह छेत्री, गौहाटी।
वर्ष-20, अप्रेल 14, 2003 सम्म अंक-14
(मोतिसिङ्ग छेत्रीज्यू अहिले 84 वसन्तमा पुगिसकेका रहेछन्, यत्रो वृद्ध अवस्थामा पनि हिमगिरिमा प्रकाशनार्थ कविता पठाएकामा,उनको सुस्वास्थ्य र दीर्घायुको कामना सहित उनको कविता प्रस्तुत छ-सम्पादक)
(स्रोत : Snowlinenews.com)