~अर्जुन यावा~
म रुँदा यहॉं तिमी, शान्तवना दिनु नआउनू,
हॉंस्दा साथ दिन पनि नआउनू,
कविता!
म रुँदा बरू तिमी, शीतकालीन ठिही भएर आउनू
हॉंस्दा- चट्याङ भएर झस्काइउनु आउनू,
अरूबेला तिमी आए, एउटा विरूवा भएर आउनू,
चेतनाको, अर्धनिन्द्रा हटाएर
होस र सृजनाको रॉंको बोकेर
तिमी आउँदा ढाल-तरवार भएर आउनू,
क्रान्तिको चेतना काट्न सक्ने चेतना लिएर
अन्याय, शोषण, दमनहरूलाई निर्मूल गनूर्,
कविता! तिमी आउँदा-
वैचारिक क्रान्ति लिएर आउनू
कल्पनाशीलताको एटम भएर आउनू
संघर्षको मिसाल भएर सुटुक्क आउनू
कविता! कि त तिमी आउँदा-
पर्खाल भित्र र बाहिरको- आकृति भएर आउनू
तर मानबीर भएर मान खोज्दै नआउनू
आदर्शतामा सुकरात र गान्धी भएर पनि नआउनू
बरू तिमी हिटलर भएर आउनू
हो तिमी त्यसरीनै आउनू,
तिमी आउँदा व्यवस्था परिवर्त्त
– अर्जुन यावा
सिक्किम सरकारी कलेज, तादोङ।
(स्रोत : Snowlinenews.com)