~भागवती बस्नेत~
~विष्णु बैकुण्ठे~
मुक्तक दोहोरी |
|
---|---|
विष्णु | भगवती |
जहाँ फूल हुन्छ त्यहाँ भमरा धाउँछन् । रस हुन्छ त धाउनेले सन्तुष्ट पाउँछन् ।। चुस्न पाउञ्जेल सबै दिनरातका पाहुना… ओइली झरेपछि लात्तीले हिर्काउँछन् |
माया गर्न जानु पर्यो रस दिने त्यो फूललाई । कस्ले देला फेरि डुल्न लात्ती हान्ने त्यो भूललाई।। दिनरात प्यासी बनी तिर्खाएर धाउनेहरु जतनले जोगाइ राख पानी दिने त्यो मूललाई।। |
बैगुनी छ यो दुनियाँ आफ्नो स्वार्थ मात्र हेर्छन् । रस नपाए आफ्नो छोडी अर्कै फूल ताकी फेर्छन् ।। जतन गर्ने समयमा खटन गर्ने धेरै भए… यो दुःखीको पीर व्यथा अब कसले टेर्छन् ??? |
बैगुनिलाई गुनले मार्ने छैन यहाँ चलन फुल रोज्दै हिंड्नेहरु एक दिन त रोलान जतन गर्न जान्नेले दिनु किन खटन गर्न आफ्नो दु:ख आँफै हर्न जान्नु पर्छ मदन … |
बैगुनीलाई गुण छर्न बाटो मोड्नु पर्यो । आफ्नो दुःख आफै हर्न नेपाल छोड्नु पर्यो ।। दुःखमाथि विपत्ति आउँदा गुण बैगुनी भो… त्यसैले त मुना मैले अर्कै जोड्नु पर्यो ।। |
पौरखी हातहरु जहाँ गए नि हुन्न खाली! कहिले दु:ख कहिले सुख संघर्ष हो जिन्दगानी !! सुख दु:ख जे भए नि बाढौला नि बराबरी !!! दशैं मान्न जसरी नि घर आउनु यसैपली!!!! |
कर्मठ मेरा हात बोकी मुग्लानतिर धाउँछु । मेरी प्यारी मूना तिम्लाई हृदयमा पाउँछु ।। घर-आँगन, छोरा-छोरीसँग मन भूलाऊ… यसपालीको दशैं नभए अर्को साल आउँछु ।। |
ती पौरखी हातहरु आफ्नै देशमा लाए हुन्छ ! साच्चै मेरो माया भए छिट्टै फर्की आए हुन्छ !! सधैं टाढा हुने भए किन चाहियो साथ यहाँ !!! अर्को साल आउने भए मुग्लन तिरै धाए हुन्छ !!!! |
बाध्यतामा मुग्लान् जानु कुन दैवको खेल हुन्छ ? मुना तिमी कठोर हुदा आफैभित्र जेल हुन्छ ।। मुग्लानी धन साथमा ल्याउँदा दुःख हाम्रा भाग्नेछन्…. धैर्य गर तिम्रो-मेरो आउने सालमा मेल हुन्छ ।। |
——– |
(स्रोत : mylovelysansar1 Blog)