माया हुन्छ नबुझिने अर्थ यस्को नखोजिने जीवनलाई बचाउने पलपलमा सजाउने।बुझ्नलाइ माया हुन्न अर्थ यस्को खोज्नु हुन्न जीवनको प्रीत यो त मरी जाने दिनु हुन्नएकोहोरो कुरा गर्छौ, तिम्रै मात्र ढिपी गर्छौ आफै जगत हँसाएर सारा दोष मैलाइ दिन्छो?
नारी मन बुझ्ने गर भावनाको कदर गर
em>पुरूष भन्दा पहिले तिमी भावनामा डुब्ने गर ।
साँचो मनले आँट्छो भने घरमा मागी लान्छो भने सुम्पेको छु तिमीलाइ माया मलाइ गर्छो भने ।
बुझिन त्यो माया के हो, अर्थको को त कुरो के भो जीवन संग दाँजिने मात्र एक भूल हो यो ।ठूला ठूला कुरा गर्ने माया प्रीत भनी हिँड्ने रुवाउँदै दुनियाँलाई सारा संसार हँसाउनेआइमाइको जातै यस्तो पिच्च पिच्च रूने कस्तो साह्रै सानो चित्त रैछ यति छिटै रूने कस्तो ?
तिम्रो मन जाँचेको पो माया गर्छु भनेको पो धरो धर्म ढाँट्या हैन घरजम गरम् आटेको पो । ——– ——- ——–।
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.