कथा : भूतसंग चार पटकको जम्काभेट

~सुविन श्रेष्ठ~Subin Shrestha

नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा हुन्नन् यो सोध्नु पर्ने प्रश्ननै होइन । अर्थात नेपाली समाजमा हुर्किएकाहरु कुनै न कुनै रुपमा साक्षात्कार भइरहन्छन् । कथा उस्तै सुनेका हुन्छन् ।

कोहीले भोगेका समेत हुन्छन् । भोगाई र भेटमा बसेको भूत सम्झनालाई यत्तिखेर शब्दमा उतार्न खोज्दैछु । मेरा जिवनयात्रामा मैले ४ पटक भूतसँग भेटेको अनुभव संगालेको छु । प्रत्यक्ष ३ पटक र अप्रत्यक्ष १ पटक । नेपाल टेलिकममा घटिरहेको भूतको घटनाप्रति म सहमतै छु । कतिलाई लाग्न सक्छ । यो पनि विषय हो । नहुने कुराको व्यर्थे हल्ला गरेर वाहियात वकवास यस्तै यस्तै । तर कलमसँगको माया र आत्मियताका कारण कहिल्यै झुठो शब्दहरु प्रचारका लागि लेख्न सिकिएन । यसको विशेष आधार हो यो भूतसँग जम्काभेटको सम्झना । फरक उमेर र फरक स्थानमा भएको भूतसँगको सम्झनाको समय एउटै थियो राति । कुरोको प्रारम्भ हुँदा म लगभग १४ वर्षको जति थिएँ । दिनभर विद्यालयपछि साँझमा खेल्ने रमाईलो खेल बनेको थियो फुटबल ।

बल खेल्न हामी बेलुकातिर दरबार हाइस्कुल पुग्ने गर्थौं । आधा दर्जन साथीहरुको साथमा होहल्ला गर्दै सडकमा बलेको बिजुलीको प्रकासमा फुटबलको मजा लिन्थ्यौ । एकदिनको खेलमा म बल लिएर गोलपोस्टतिर बढ्दै थिए । गोलपोस्टमा अँध्यारो छाया उभिएको थियो । मेरो खुट्टाले बल हान्न सकेन । बल छोडेर भागे चिच्याउँदै भूत… भूत… । मेरा पछिल्तिरका साथीभाई पनि भागे । एउटा साथीलाई भने निकैबेर सम्म खुट्टा समाएर राखेको कुरा केही समयपछि मात्रै उनले भनेको थियो । यो घटनाले अहिलेपनि दरबार स्कुलको याद दिलाउँछ । यदाकदा त्यहाँ पुगे भने पनि त्यो स्थान हेर्छु र हराएको बल कता गयो होला भनेर विचाराधीन बन्छु केहीबेर ।

अर्का घटनापनि खेलसँग सम्बन्धित छ । साथीहरु मिलेर लुकामारीको रमाईलो गर्थौं । सबैको लुक्ने पालो रोशन भन्ने साथी ुडुमु थियो । अर्थाल उसले हामीलाई खोज्नुपर्ने । गल्लीमा लुक्ने प्रयासमा म कुनातिर उभिएँ । थाहा पाइएला भनेर सास समेत रोकेका थियौं । मसँगै उभिएको साथीपनि चुपचाप थियो । अचानक ुझेल्ली झेल्लीु भनेर साथीहरु कराउन थाले । म कुनाबाट निस्किएँ । म हिडेपनि सँगैको साथी आएन ।

मैले जाउष न फेरि लुक्ने भनेर भनिरहँदा त्यो साथी हरायो । म फर्किएर साथीहरुलाई सोधे मसँग लुक्ने त कोही रहनेछ आखिर मसँगै टाँसिएर बस्ने को थियो त अर्का एउटा घटनाभने मेरो घरैमा घटेको थियो । म अप्रत्याशित रुप हुत्तिएर आमालाई बोलाउँदै माथि उक्लिदै थिए । मलाई भर् याङको बीचमा हातले रोक्यो । म मेरो भाई ठानेर झनै धकेल्दै बढ्न खोजेको थिए कोठाको ढोकामा हुत्तिए नराम्ररी पछारिन पुगे । कोठामा पुरै खोलियो बाहिर हेरे आवाज सुने । न त्यहाँ कोही थियो न कोही गएको आवाज आयो । आखिर को हो त्यो जसलाई पन्छाउन खोज्दा मैले भुँई सुघेँ ।

दरबार स्कृलमा हराएको बल मसंगै टांसिएको र भर् याङमा उभिएको एउटा शरीर अनि राजमार्गमा मेरो अधिल्तिर दु्रत गतिमा पाईला चाल्ने आईमाईनै मेरो सम्झनामा बांधिरहेका छन् । भूत हुन्छ भनेर विश्वास नगर्ने यो मनले प्रत्यक्ष भोगेका अद्भुत परिस्थितीको कुनै जवाफ पाउन सकेको छैन । यो मेरो भ्रम भनेर भन्ने मित्रहरुले यो साक्षात्कारलाई जोक्स वा कुनै काल्पनिक कथा किन नमानोस् । यी भूतसंग जम्काभेटको सम्झनामा शब्दहरु कोरिरहंदा ती पात्रहरु मसंगै छन् भन्ने लागिरहेको छ…मैले सोधे उनीहरुलाई तिमीहरु केही लेख्छौ ?

चौथो घटनाभने अलिक बुझ्ने भएपछि हो । त्यस्तै २०५३ सालतिर खैरनीटारमा घट्न पुगेको सबैभन्दा यथार्थपरक छ । सुनेका र भनिएका भूत सत्यसँग एकदम नजिकै हुनुले पनि अहिले डराउने भएपनि त्यत्ति कमजोर भने छैन । भूतसँगको यही नजिकताले डर हटेको हो । बेलुका ७ बजेबाट नै सुनसान बन्छ खैरनीटारको बाटो । म भने काम बिशेषले १५ मिनेट पर बैलचौतारा पुग्न हिडेको थिएँ । रातिको बाटोको नाप अनुमान गर्न नसकिरहँदा एउटा आइमाई मान्छे देखे । म अलिकति नजिक गएर उनीलाई सोध्न खोजँे । उनी झन् टाढा भइन् । कति चाँडै हिडेका होलान् भन्दै मैले पनि केही पदचाप बढाएँ । उनी झन् अघि पुगिन् । उनी दायाँ मोडेर डाँडाको बाटोतिर लागिन् । अब भने उनीले डाँडा चढेपछि म उनकै पदचापलाई निरन्तरता दिँदै आफु जानुपर्ने स्थानमा पुगे ।
भोलिपल्ट चियाको चुश्कीसँगै लेखनाथ दाजुलाई रातिको घटना सुनाए । दाजु केहीबेर अक्कबक्क हुनुभयो । मैले फेरि सोधे पत्याउनु भएन की क्या हो कति चाँडै हिड्ने आईमाई रहेछ । मिलडाँडा त एकाएक चढिन् । यसो भनिरहँदा दाजुले सोधे अनि आफु जाने ठाउँमा पुग्यौं त मैले भने । उनीले मलाई बाटो देखाइदियो । अनि बल्ल दाजुले खुलाए । त्यो बाटोमा साँझ नराम्रो घटना घट्छ । यहाँका बासिन्दा कमैले त्यो दुश्य देखेको छ । तपाँई भाग्यमानी हुनुहुँदोरहेछ । वहाँले चियाको अन्तिम चुश्कीसँगै लामो सासमा भने । तपाँई बीच बाटोबाट फर्किनुभएको भए नसोचेको दुर्घटना हुन्थ्यो । बाबु तपाई बाँच्नुभयो ।

यसो भनिरहँदा दाजुको मुहारमा निकैबेर टोलाइरहे । आधा चिया बाँकी थियो । म भने राति नजिकै भेट्न र बोल्न अघि-अघि कुदेको दृश्यलाई सम्झिरहे । उनको हिडाई र आवरणलाई गहिरिएर सोच्न बाध्य भएँ । जे पनि गर्न सक्ने शक्ति बोकेका भूतले जाबो त्यो डाँडा आधा मिनेटमा कसो पार नगर्लान् बाबु भन्ने दोह्रिएको सम्बोधनबाट म चलिरहेको समयमा पर्दापण हुन्छु । अनि जुन उद्देश्यले तपाँई यहाँ आउनुभएको हो त्यो सफल हुन्छ । नभन्दै ५ महिनाभित्र मेरो उद्देश्यले सफल हुने मौका पाएको थियो । रात्रीकालिन समयमा शब्द कोरिरहँदा केही आवाजको उत्पत्ति भइरहेको छ…शायद कोठाभित्रै कोही छ की ?

अस्तु

subin.photojournalist@gmail.com

(स्रोत: Weblog.com.np)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.