~राजेश्वर कार्की~
बाच्न मन लाग्छ
किनभने
हामी धेरै मर्छौँ
हामी उज्यालो चाहन्र्छौँ
किनिक
अध्यारो हाम्रो गर्भे पृष्ठभूमि हो
हामी मिुक्त खोज्छाँै
किनिक
हामी खुलामा बाधिएका छौँ
हामी प्रेम चाहन्छौँ
किनिक
घृणा मान्छेको कमजोरी हो
उद्धृत नै सही
हामी वर्तमानको शान्त स्पेस चाहन्छौँ
किनिक
मानव-इतिहास द्वन्द्वको पिरामिड हो
हामी निश्चितता चाहन्छौँ
किनिक
भविष्य स्वयम् अनिश्चित छ
हामी अनौपचारिकता चाहन्छौँ
किनिक
औपचारिकता मान्छेको जीवनशैली हो
यसैले बुद्ध
म तिम्रो पूजा त गर्छु
तर माफ गर
तिम्रो अनुसरण गर्न सक्तिन ।
(स्रोत : Sundarshailee.com)