~आङ् कर्मा शेर्पा~
यस पालाको पदयात्रामा
फेरि तिम्रो याद आयो
सुनपाती चिमलको सुगन्धमा
विर्सिएको बास्ना छायो
निर्मल स्वच्छ कुण्ड अनेक
पवित्र भुमि मन भयो चंगा
अवशेष रहेन पुरानो त्यो यात्रा
गोरेटो त्यही स्मृति सव भंग
शीतल ताजा सुवास छर्दै
बहन्छ हावा हिमशैल चुम्दै
जलधारा अनेक सहस्र बेनी
बग्दछ छड० छड० भीर पहरा झर्दै
स्निग्ध गाढा नीलो आकाश
प्रकृति सौम्य श्रीस्ठी सुरम्य
रंग बीरंग फुल फुल्ने अनेक
चौरीहरु चर्छन ती सुन्दर खर्क
मणि भन्ज्याड भूस्वर्ग स्पर्श
दृष्य मोहक मन भो फुरुड्ग
बुकी फूलहरु कोर्छन संझना चित्र
ऋतु कोमल सव अंग उमंग
असारको झरी मनसुनको मात
धुप्पीका ओछ्यान धुनीहरुको साथ
गोठाल भाइको एकलासे बात
कठ्यांग्रिदै काट्यौ गोठहरुमा रात
खिचे तस्बीर हृदयमा हजार
भुल्ने छैन यात्रा यो रहे अमर
यादहरु तिम्रो लेख्नेछु कुनै गीतमा
तिम्रो अन्तरमनले सुन्लान कुनै दिनमा
यस पालाको यात्रामा
फेरि तिम्रो याद आयो
सुनपाती चिमलको सुगन्धमा
विर्सिएको बास्ना छायो
——– समाप्त ————
(स्रोत : Sundarshailee.com)