पात्रहरु अलि भएनन कि ?
यो सताब्दीको पात्र पनि यस्ता हुन्छन ? कुन सताब्दी को कथा हो यो ?
आफ्नै मन बज्रि रहेछ कथाकार माथि /
समय अगाडी, धेरै अगाडी बढी सक्यो /
आज का मानिस संग जन्मदै एक-एक हतियार हुन्छ बाच्न /
भिख माग्दैनन स्वर /बिद्रोहको आवाज छ घाटी मा
मेरो कथाकार बोल्छ –
कथा एक ईतिहास पनि हो, ईतिहासकार को कलम नपुग्ने ईतिहास !
आजलाई पढने छ भोलीले आज बचेको युग लाई, आज का कथा मा /
अहिले मेरो कलम नरोक ,म आज लेख्दै छु, भोलि भन्दा अघिल्लो दिन आज !
भोलि होइन मात्र आज!आज !
म बाचेको बर्तमान यो युग लेख्दै छु /आज ! मात्र आज !
……………………….
डा .पाण्डे हस्पिटल जाने तयारी मा छ /
भर्खर बिदा सकेर फार्केको छ आफ्नो देशबाट / हातमा हिरा को औठी टल्कि रहेछ अनि
मोटो ब्रासलेट छ अर्को हातमा / मोगाडो घडी नया नै हो /
लगाएको सुट पनि नया / ऊ ताजा बेहुला हो !
आज बेग्लै देखिएको छ / उसको परिवारको डाक्टर नै बुहारी भित्राउने सपना पनि
पुरा भएको छ /
जब डा. पाण्डेले अमेरिकामा रेजीडेन्सी पायो केटि दिनेको संख्या दिन दुगुना रात चौगुना बढ्यो / हात लाग्यो हिरा ब्यापरिकी डा. छोरी /
टोल छिमेक बरादारी मा साथ सान् बढ्यो साईनो जोडिना उसको परिवार को /
केहिमहिना अगाडी संगै एम बि बिएस गरेको संगै रेजीडेन्सी गरेको साथी ,डा. पटेल
बिहे गरेर आएको थियो / बि .ए पाश केटि सग / हेर्दा पनि खासै हिसि परेकी छ भन्थे देख्ने हरु /जे भए पनि पाण्डेको आखामा मात्र बिए पास /
डा. पाण्डेको छाती गर्बले फुल्छ अहिले /चौडा भएको छ /फैलिएको आएतन /
पटक -पटक ऐना हेर्छ /आफैलाई प्रचुर राम्रो देख्छ सधा को तुलना मा /
फुलेको छाती ,उठेको सिर,स गर्व उभिएको नाक /
अर्को वीकेनमा पार्टी दिनु पर्छ ‘ईस्थेसिस कोप भिर्दै सोच्छ /
अपाटमेन्टबाट निस्कने बेला भन्छ श्रीमतिलाई – दिन भर पढेर बस्नु /
यु एस ए मेलि स्टेप ओनको लागि तयारीको केहि फोटो कापी पृथाको अघिल्तिर छ /
बिहे भएको जम्मा १० दिन भो ,हनिमुन को लागि कहिँ गएकी छैन
भन्ने हो भने लखनउ देखि न्यु योर्क सम्मको यात्रा श्रीमान संगै तय गरिसकी
संगैको सिटमा बसेर / बाटोभरि पनि पढाई बाहेक कुनै बिसयनै बनेन उनिहरु बिचमा /
पृथा आफ्नो अघिल्तिर किताबको ठेलीमा डा. पाण्डे देख्न खोज्छे/ सक्दीन,
त्यहाँ एसी डोसिस ,अल्कलोसिस छ / जन्डिस र रक्त अल्पता छ /
त्यसैले त उसलाई किताब को पाना फर्काउने मननै छैन /
पृथा केहि बेर मा नै निद लागेर आउछ / किताब को सिरानी बनाएर निदाएकी हुन्छे
डा. पाण्डे लन्चको लागि आउदा सम्म /
दिउसो दुई बजेको हुन्छ , पृथा निदाई रहेकी हुन्छे /
यो भन्दा गलत के हुनु छ नया दुलहीको तर्फ बाट /खाना समेत बनेको छैन /
पृथा उठ्छे सोच्दै /
पृथा हतपत ग्याश स्टोभ बाल्छे र फ्राई प्यान बसाल्छे /
माईतीमा छदा उसलाई भान्छामा पस्नै पर्ने थिएँन / उ फुर्सदमा पस्थी आफ्नै रहरले /
कहिले कहिँ खाना बनाउनु लाई “फन” को रुपमा लिन्थी / पृथा को बाबा को चाहना थियो
छोरी लाई सुख सग हुर्काउने / कुनै प्रकार को दुख नदिने /
डा .पाण्डेले भन्छ -भो छाडिदेउ म सब वे बाटनै खान्छु /बरु पढेर बस्नु /
उ निस्कन्छ / एक घण्टाको ब्रेकमा खानाको लागि आएको हुन्छ /
जान भन्दा अगाडी किताबको ठेली पल्टाएर हेरेको थियो / अनुमान लाउछ –
धेरै पेज फर्किएको छैन /
पृथालाई नमिठो अनुभब हुन्छ भोकै पठाउनु परेकोमा / “साझ मिठो खाना खुवाउनु पर्छ /”
मन को निर्देशन /-
फ्राई दाल, बासमती, काउलीको तरकारी, चना भर्ता,अनि फिस फ्राई ../चिकेन बेक गर्छे /
सलाद पनि तयार पर्छे /आउनासाथ खाजाको लागि चना भर्ता /
हरियो बुट्टे कुर्था मा रातो सुरुवाल लगाउछे अनि त्यो संग मिल्ने चुरा र टिकी पनि /
ऊ यसरी सजिंछे ऊ पनि एक परिकार हो /
कोठामा रूम स्प्रे छर्छे / कोठा मिलाउछे / तन्ना तानतुन पार्छे /
एक ब्लक हिडेर जान्छे अनि एक बुकी लिएर आउछे रातो गुलाब को बुकी /
अब बस डा. पाण्डेको पर्खाई छ / बेचैनीसंगको पर्खाई /
डा पाण्डे थाकेको अनुहर बोकेर आउछ / पृथा हातमा गुलाबको झुपपा दिदै भन्छे –
“सरि ”
“किन ?”
“पहिलो दिन नै भोकै डियुटी जानु पर्यो / आई एम सरि ”
पाण्डे को कुनै प्रतिक्रिया छैन /
आए पछी फेर्ने लुगा तयार पारिदिएकी हुन्छे /
उ फ्रेश भएर निस्कन्छ/
टेबलको खानातिर संकेत गर्छे /
डा पाण्डे अलि आश्चर्य संग बोल्छ –
” सबै तिमि ले नै पकाएको ?’
‘हो’ अलि लाज मान्छे /
“मलाई उहा हुदा पकाउन नै परेन नत्र मलाई पकाउन सारै मन पर्छ /
रेसीपी हेरेर नया नया परिकार बनाउदा रमाइलो पनि हुन्छ /”
‘यहाँ आफ्नो काम आफै गरिन्छ / मेरो उहा यो थियो थ्यो थियो भनेर काम छैन /
त्यहाँ क धनि भन्ने आए पनि काम गर्ने राख्न्न सक्दैनन /’
डा पाण्डेको भनाईको अर्थ र संकेतमा अलि टर्रो पन थियो /
‘मलाई यहाको जीवन बारे थाहा छ /’-पृथा
सारै मिठो गरि खाएन उसले / के मिठो छैन हो ? मन परेन?-पृथा
‘मेरो आमा ले सारै मिठो पकाउनु हुन्छ /’
‘मुवा संग सिक्नु पर्ला /’
पुर्लुक्क हेर्छ, भनाई मन परेंन या बेग्लै गरि बुझ्यो /
डा पाण्डे भन्छ – यहाँ खाना मात्र पकाएर बसेर समय बर्बाद गर्ने होइन / घडी को सुईमा हिड्ने कोसिस गर्नु पर्छ /
पाण्डे यसरी खाई रहेछ ,बस पेट भर्नु र ,भोक मार्नु छ /
पृथा नजिकै उभिए नाडीका चुरा चलाई रहिछ /
चुराको संगितले उसलाई तान्न सक्दैन, न सक्छ पृथाको सृंगारले /
एक झल्को हेराई पर्खी रहिछ पृथा/ तर डा पाण्डे त्यहाँ भएर पनि त्यहा छैन सायद /
त्यसैले पल भरमै निराशमा छटपटाउछ पृथा को मन /
कागज को रुमाल ले हात पुछ्दै सोद्छ -कति पढियो त ?
-पढ्ने बानी छुटेछ / इन्टनसिपको बेला जाच दिने हिसाबले पढन परेंन /
यो पेशा मा जाचको बेलामा मात्र पढेर हुन्छ ? ल भयो -अब जाच को हिसाबले पढ्नु पर्योनि
बानी पार्नु पर्यो नि /
स्वीकारोक्तिमा टाउको हल्लाई /
-खोई हेरु कति सकिएछ ?
सुधुर संगित, सजिएको टेबल, पस्किएको खाना छाडेर ऊ भित्र पस्छ किताब को ठेली मा /
पृथा अझ जोड ले चुरा बजाउछे / संगै पाईजु पनि /
-भोलि यति सम्म सक्नु बुक मार्क राखे सम्म /अनि साझ डिस्कस गरुला /
खाना सबै रेफ्रिजेटर मा राखेर पृथाकिताब अगाडी बस्छे /
डा पाण्डे सोफा मा पल्टिएर प्रस्न गर्न लाग्छ -..डाईबेटिक केटो एसीडोसिस को म्यानेज मेन्ट कसरि गर्छौ?
जाऊ तिमिलाई निद्रा लागे जस्तो छ मुख धोएर आउ /
उसलाई अहिलेनै अनुहार पखाल्ने मन छैन / न गाजल पुछननै मन छ /
-जाऊ धोएर आउ/अहिले मिहिनेत गर्ने बेला हो /
रेस्ट रूम मा छिरेर आखा मात्र पखालेर आउछे पृथा /
यो बर्ष तिमिले रेजिडेन्सी पाउनु पर्छ / म यहाँ भएको बेला यहि हस्पिटलमा पाउंन सजिलो हुन्छ . स्कोर जति आए पानी यहाँ स्पाउसलाई दिई रहेको छ / पोहोर साल डी के , अग्रवाल, गोयल को वाईफले पाए / सी एसको लागि म सिकाउछु गाहो हुन्न / यहाँ अहिले सजिलो छ, नत्र आज भोलि रेजिडेन्सी पाउंन सजिलो छैन / कति जना नपाएर फर्की सके / झन पछी झन गार्हो हुन्छ / यहिकाहरु धेरै उत्पादन हुदैछन /
पुराण सुने झैँ सुनी रहिछ तर आखा धुदैमा निद भागेको भने छैन /तर पृथा किताब हेरी रहिछ /
निद लागेको अभिनय गर्छे /पाण्डे सोफा मा निदाई रहेछ /
-हजुर यहि सुत्ने हो र ?
-मलाई ठिक छ बरु एक ओढ्ने देउ / अनि तिमि सुति हाल्ने हो ?
पृथा केहि नबोली एक कम्फोर्ट ल्याएर ओढाई दिन्छे / पाण्डे सोफामा सुत्छ / पलग एक्लो छ /
डिसेम्बर महिना छ / हिउ खसेको झ्यालबाट देखिन्छ, बेड बाटनै / ऊ झ्याल नजिक जान्छे / बाटो पुरै ढाकिएको छ हिउले / गाडी बिस्तारै एक दुई चलेको छ मुस्किल ले दस पन्ध्रको स्पिडमा चलेको होला / त्यो हुनाले लामो ट्राफिक जाम छ / ऊ झ्यालबाट धेरै बेर हेरी रहन्छे /
एका एक रमाउछ पृथा को मन / हिउ सग जिस्कने मान हुन्छ / ऊ कोट बुट लाएर तयार हुन्छे र क्यामरा लिएर तल झंर्छे / डा पाण्डे हस्पिटल गई सकेको हुन्छ /
के सोचेर फर्कछे कोठामा पुन झ्याल बाट हेर्छे, हेरी रह्न्छे र फेरी तल ओर्लान्छे / यो पटक भने उसको मानले उसलाई हिउ संग खेल्न रोकदैन /
हिउको केहि स्न्याप फोटो लिन्छे /
नानीहरु स्कुल पुराएर फर्की रहेछन अभिभाबकहरु / ऊ एक जनालाई फोटोको लागि अनुरोध गर्छे /
हिउ संग गाला जोडेर फोटो खिच्छे / हिउ संग मितेरी लाउनु को खुसी छ मान भर /
कोठा मा आएर फेश बुक मा फोटो अप लोड गरि हाल्छे /
साथी हरु च्याटमा आउछन /-हनिमुनको लागि अमेरिका पुगिश होइन ?
कस्तो छ नया जिबन ?
कस्तो लागि रहेछ अमेरिका /
हामी लाई बिहेमा समेत बोलाईनश /
बिहेको लागि बधाई /
नया जिबनको लागि सुभकामन /
यस्तै यस्तै कुरा हुन्छ साथीहरु संग केहि बेर /
भर्खर अप लोड गरेको फोटोमा साथीको कमेन्ट छ -किन हो अब पनि एक्लै एक्लै ?
ऊ कमेन्ट लाई लाईक गर्छे तर जवाफ दिदिन /
फेश बुक बाट निस्कन्छे /
फोन आउछ / डा पाण्डेको – कति बेला उठियो त ? पढी रहेको हो ?
हस्पिटलमा डेरा नजिक छ / हिडेर पुगिने दुरीमा / डा पाण्डे खाना खान आउछ / तर जिज्ञाशा उही छ-कति पढियो आज ?
कहाँ पुगियो ? नबुझेकोमा चिनो लगाई राख्नु साझ बुझाउछु /
सिर आफै हल्लिन्छ हुन्छको संकेतमा /
साझ :
-यति पनि थाहा छैन / के पढेकी थियौ के बिरामी हेर्थ्रयौ त ?
कसरी भयौ डाक्टर ? कसले दियो डाक्टरको डिग्री ?
पढाईमा ध्यान त छ ?…पढ्ने मन त छ ?
-क्रिसमस को बेला यहाँ खुब रमाइलो हुन्छ नि हामी म्यानहटन नजाने ?पृथा /
-हामी त्यहाँ अर्को बर्स पनि जान सकिन्छ / पहिला तिमि रेजिडेन्सी पाऊ अनि घुमुला / यो पढाईको बेला तिमि कसरी घुम्ने बारे सोचन सक्छौ ? मलाई त मनमा काम राखेर घुम्न हिड्यो भने झन छटपटी हुन्छ, रमाउनु को सट्टा /
पृथा क्रिसमस ट्री हेर्न आतुर थिई / अब अर्को बर्स सम्मको लागि थाती राख्नु छ /
-ल भोलि सम्म यति पढी सक्नु, अनि केहि प्रस्नहरु पनि हेर्दै गर्नु / तिमि लाई यहाँ बसेर पढ्न बोर लाग्छ बहने नजिकै पब्लिक लईब्रेरी छ, म मेरो बिदा को दिन देखाई दिन्छु कि म्याप हेरेर जादा नि हुन्छ /
सुत्ने बेला – भोलि आएर म आज दिएको सोद्छु तिमि लाई सबै आयो भने राति म्यानहटन जाउला /
अब पृथा लाई अलि जागर चल्छ /
ऊ राती सम्म बस्छे पटक पटक निद भगाउने बहानामा मुख धुदै /
अस्पतालबाट आउना साथ प्रस्नको बर्सात हुन्छ पृथा माथी / प्रतिक्रिया यस्तो रहन्छ –
के हो ? तिम्रो दिमाग छैन ? यी पैशाले डाक्टरको सर्टिफिकेट किनेकाहरुसंग नसकिने रैछ / फेक्ट्री बाट समान उत्पादन गर्ने जस्तो छ डाक्टर बनाउनु पनि /
पृथाको रिसको पहाड चुलिदै चुलिदै जान्छ -होइन म संग बिहे गरेको कि मेरो सर्टिफिकेट संग ?
नढाटि भन्दा दुवै संग / नत्र केटि मात्र त जति पनि थिए आलु छाने जस्तो /
-प्लिज म सुन्न सक्दीन /
-यथार्थ हो / जसरी केटि लाई केटा छंदा असर सुनिस्चित भबिस्य हुन् सक्ने छान्छन भने केटाले किन छान्न सक्दैन / मलाई भात मात्र पकाएर नक्कल पारेर बस्ने स्वास्नी चाहिएको थिएन /
-पैसा कमाउने चाहिएको थियो भन्नु नि /
-गलत / पैसा कमाउन डाक्टरनै हुनु पर्छ भन्ने छैन / दलाल ले पनि कमाउछन पैशा / के तिम्रो बाबु डाक्टर हुन् ? होइन पैशा कमाएका छन त ?
के मेरो बाबा लाई दलाल भन्न खोजेको ?
भनाभन लम्बिदै जान्छ -…झगडाको बिउ आगोको बिउ भन्दा सानै भए पनि हुदो रैछ /
-तिमि रुनु पर्ने कुनै कारण देखेको छैन / रुनु पर्ने म हो तिमि जस्तीमा फसेकोमा / मलाई यो वाईघातको आसुले पगाल्न सक्दैन / तिमि र अनपढ केटिमा केहि फरक छैन / साथीहरुको अगाडी मुख देखाउन समेत लाज हुने भो / भाबी ले कस्तो तयारी गर्दैछ भनेर सोद्छ्न् यहाँ ताल यस्तो छ /
केहि दिन सम्म दुईको राम्रो बोलचाल हुन्न / पृथालाई किताब हेर्यो कि निद लाग्छ / ज्याननै अल्छी लाग्ने भएको छ / खान मन हुदैन /बिहान उठन खोज्दा रिगटा लाग्छ / ऊ सुतेर नै क्यलिफोर्नियाकि मित्र लाई फोनमा बताउछे /
-उठेर सबै भन्दा पहिलो काम किड ल्याएर जाच गर / खुसी को खबर पनि हुन् सक्छ /
पृथा औषधि पसल मा पुगेर टेस्ट गर्ने किड ल्याउछे /
खबर खुसीकै रहेछ खुसी बाड्ने को संग ? बाड्ने साथी कम भएको महसुस गर्छे / सिला, पहिलो खबर उसैलाई दिन्छे /उसको मिल्ने साथी, जसलाई एघार पढ्दा देखि चिनेकी छ / सिला मित्रको नाम / आमा भएको भए कति खुसी हुनुहुन्थ्यो / भाईहरु लाई के भनेर सुनाउनु ? सौतेनी आमालाई भनेर बाबाको कान सम्म पुग्ने हो होइन ? माईजु / सिला पछीको दोस्रो व्यक्ति खुसी बाड्न को लागि !
पाण्डेलाई फोन गर्ने कि ? ऊ रामरी नबोलेको नै पाच दिन भै सक्यो, फोन गरेर के सुनाउनु ?
टेबलमा फुल सजाउछे, आफु सजिंछे / आज भन्नु छ आफु उसको बच्चाको आमा बन्दैछ /
केहि बेरमा टेबलको फुल फाल्छे ,आफनो अनुहारको सृगार पुछ्छे /
एकपटक होइन पटक पटक डा पाण्डेले भनेका थिए – कसलाई देखाउनु छ राम्री भएर ? मैले देखि सके पत्याई सके / कि कोहि छन र देखाउन पर्ने ? समय को सदुपयोग गर /
त्यो बेला देखि उलाई ऐना अघिल्तिर उभिए आखामा गाजल सम्म लाउंन मन हुन्न / आज के सोचेर पुन लगाई थाहा छैन /
क्लिजिग मिल्कले रगडेर अनुहारको सृंगार पुछ्छे /
डा पाण्डे अस्पतालबाट आउदानै राती भै सकेको हुन्छ /आएर सवार लिई एक गिलाश जुस पिएर सुत्छ /
बिहान अलि छिटो निस्कन्छ /
पृथा संग भागे जस्तो /या केहि छोप्न दगुरे जस्तो /
पृथालाई न पकाउने जागर छ न खाने नै / तर पनि पकाउछे दिनमा फोन आउछ -आज लन्च यतै छ / खुईलिएको तस्बिर जस्तो हुन्छ मन /
आखिर यो अपात्मेंटमा बस्ने दुई जना न हुन् / दुवै को अभिभाबक आफनै देशमा छन / पहिला पाण्डे एक्लै बस्थ्यो /
दिउदो पनि पाण्डे लाई बताउन नपाउने निश्चित भो / ईमेल गरि दिउकी ? मेसेज पठाऊ कि ? आखिर उसको लागि उत्तिनै खुसीको कुरो हो / यतिका दिन किन नभनेको भनेर रिसाउने पो हो कि ? आफै संग बोल्छे पृथा /थाहा पाएर कति हर्सित हुने हुन् ?
दुई दिन पछी बल्ल पाण्डे संग एकै घरमा भएर पनि बोल्ने बाताबरण मिलेको थियो – मैले युरिन टेस्ट गरे /
आकस्मिकता प्रति को हेराई पाण्डेको /
-पोजेटिभ छ / लजाएकि नारी मुर्ति बनेकी छ पृथा / बिल्कुल स्टयाचु !
त्यहा कुनै प्रतिक्रिया छैन / न बधाई ,न खुसीको छनक छ, न रिसको भनक नै /
एक्कासी साझ;
-तिमिले टेस्ट गरेको कन्फोम हो ?
मतलब तिमि आमा बन्न लागेको सत्य हो ?
-हो /
यो किटमा युरिन राख म आफैले हेर्छु / अविस्वाश पाण्डेको /
किट मा पोजेटिभको साईन छ / पृथाको मन एक सन्तोषले ढक्क गर्छ /
पाण्डेले हेर्छ / अनुहार खोंल्न् नसकिने बन्द खाम जस्तो छ /
अर्को दिन ;
फोन आउछ पाण्डेको मोबाईल बाट /
-तिमि तयार भएर बस्नु /बाहिर जानु छ /
आज कहाँ लान खोजेको होला ? घुम्न जाने हो कि ?
न्यु योर्क आएको यति भयो, एक पटक मेट्रो चढेको हो, त्यो भन्दा कहिँ लागेको होइन / आएको पर्सि बाट उस्को
डियुटी सुरु भो / बिदामा पनि पढेर बस्नु पर्छ, पढाईको बेला मन घुम्छ भन्ने मान्यता छ /
दिन भर पृथाको मन यसै यसै उडी रहेछ / के छुन उडेको हो मन उसै लाई थाहा छैन / अब खुसी भरिने भयो
छचल्कने गरि /उमग उमग उमग !
पृथा तयार छ /
– सजिलो लुगा लाएको भए हुने /पाण्डे /
पृथाले जिन लगाएकी छ / आफ्नो ख्याल राखेकोमा मन आनन्दित हुन्छ / पर्फुलित /
-चेक अप गर्न सजिलो लुगा / पाण्डे थप्छ सबबेको सिढी ओर्लदै /
-हामी डाक्टर कहाँ जाने हो ? पृथा को जिज्ञासा /
-हो / डाक्टर लाई भन्नु हामी डिस कन्टिन्यु गर्न चाह्नाछौ ,हामी अहिले यो जिम्मेबारी लिन तयार छैनौ /
पृथा पाईला रोकछे / अगाडी ठुलो खाडलमा पर्न लाग्दा रोके जस्तै /
-तिमि र पढ्नु छ, मैले पढ्दै छु / त्यो हुनाले बाल बच्चा सोच्ने बेला नै भाको छैन / पाण्डे
-पढ्ने काम पछि पनि हुन्छ, भै हाल्छ …/ पृथा
-भै हाल्छ भनेर भाग्ने काम नगर / पढन दुख भो अनि बाहाना बनाउदै छौ /
-के यो मेरो बहाना हो ?
-आफै लाई सोध !
-तपाई मान्छे हो कि, के हो ?
-मान्छे नभए के हो जस्तो लाग्छ ?
फेरी भना भन लम्बिन्छ –
-जे भन्नुश म मान्दिन /
-के मान्दिन ?
-म अबोर्सन गराउदिन /साथी हरु आफन्तीलाई भनी सके /
-हामी बिच सल्लाह नहुदै कसले ढोल फुक्न भनेको थियो ? …अब भनिदेउ मिस क्यारेज भयो /
-हुदैन / म फर्किन्छु /
पृथा बाहिर निस्कन खोज्दै छ / ट्रेन नचढी /
-तिमि घमन्डी मात्र होइन अटेर पनि रैछौ / कुरा बुझने कोसिस गर /
-गर्दिन / प्लिज बुझाउने कोसिस नगर्नु / ममा आमा हुनु को फिलिग आई सकेको छ म त्यसलाई मार्न सक्दीन /
-सब तिम्रो नपढ्ने बहाना हो / पैशाले सर्टिफिकेट किनेका संग आस नै के गर्न सकिन्छ ?
-जिन्दगी नबुझेको मान्छे संग आश के गर्न सकिन्छ /
भाषा नबुझे पनि अलि अलि चासो बढीरहेको छ प्लेट फार्ममा उभिएकाहरुको / पृथा सिढी उक्लिएर सब बे बाहिर आउछे /
पाण्डे पछी पछी छ /
-तिमि घुस्याहा बोक्ररको छोरीलाई के थाहा जिन्दगि के हो ? पढ्ने बेला जाड खाएर नाच्दै ठिक भो होला /
पछी पछी फतफताउदै छ डा पाण्डे /
कोठामा पुगेर पृथा बोल्छे ,
-जे मन लाग्छ आरोप नलगाउनु है /म सुन्न सक्दीन /
-सत्य कुरा सुन्न गार्हो हुन्छ /
-प्लिज !
–
मलाई अरु केहि थाहा छैन तिम्रो रेजिडेन्सी सुरु नहुदा सम्म बच्चा जन्माउने भन्ने दिमागबाट निकाल /
………………………..
नबोली नखाई सुत्छन दुवै /
अब उसले एक जनालाई आफ्नो तनाब बाडनै पर्छ / दिदि बहिनि छैनन को संग बाड्नु ? सिला उसको मन फुकाउने, मन बिसाउने साथी /
भोलि पल्ट सिला ,- यति भै सकेछ नभनी बसेकी ? तिमीले जन्माउछु भने पछी उसले नमानेर हुन्छ ? कुनै हालत मा सम्झौता नगर्नु / आफनो अधिकारको कुरा हो / आमा बन्ने अधिकार !
पृथा आफ्नो अधिकार आफु संग सुरक्षित राख्ने अठोट गर्छे /
केहि निद पछी डा पाण्डे ले सोद्छ -कहिले जाने ? म डेट लिन्छु /
यो बिसय मा कुरा नै नगरु /
तिमि जिद्दी मात्र होइन घमन्डी पनि रैछौ !
हजुर प्रेम गर्न नजाने को मान्छे /
बोलि बचनमा चाबी लागे सरह छ /
एक दिन पाण्डे – म कुनै जिम्मेबारी लिने छैन जसरी जन्माउने हुर्काउने पाल्ने हो आफै गर्नु /
पृथा कुनै जवाफ दिने जागर गर्दिन /
पृथा को सरीरको परिबर्तन बाहिर बाट देखिन थाल्छ / पृथालाई यो बेला देखेका साथीहरुले पाण्डेलाई बधाई दिन थालछन / बधाईमा मात्र मुकुराथ्यो / धन्यबाद बह्न्नु त थियो नै / कोहि ले जिस्काए पनि – के हो डाक्टर साहेब, बिहे बेबी भोज एकै पटक कहने हो कि क् हो ?
सबै सबैले डा. पाण्डेको मनमा बाबुको आभास दियो /
साझ ;
भोलि हामी चेक अप गर्न जाने /
क्लिनिकमा; किन यतिका दिन नजचाएको / किन हेलचक्राई गरेको /सोनोग्रामलाई डेट लिनु /
सोनोग्राममा ;बच्चा के छ थाहा पाउंन मन चाहन्छौ ? उनि हरु को जवाफ नआउदै बोल्छे डाक्टर बेबी ब्याय छ /
पाण्डेको अनुहारको चमक फरक हुन्छ / बिल्कुल फरक / छोराको बाबुको चमक बाहिरनै देखिन्छ एका एक /पृथाको मनमा एक संतुन्स्ठी छ, बच्चा स्वथ भएको मा /
घर पुगे पछी पाण्डे भन्छ -अब पढाईकोलागि तनाब नलिनु डेलीभरी पछी नै त्यता लाग्दा हुन्छ अब आफ्नो ध्यान दिनु / स्वाथ्य को /
अन्धकारमा हामफालेर आएको उज्यलोले अंगालोमा बेरे जस्तो भान हुन्छ पृथा लाई /
पाण्डेको सहयोग बढ्छ /
सिलासंग खुसी बाड्छे /
पृथा सुत्केरी हुने बेला मा डा .पाण्डेको आमा ले भिसा पाउछिन अमेरिका आउंन / आउछीन /
पृथालाई प्रसब पिडा पिडा जस्तो लाग्दैन / एक मिठो आभाष / आमा हुनुको सिंगो सन्तुस्टी /
-तिमि चेप्न सक्छौ म सुताउछु /सुत्केरी लाई निद पुग्दैन तिमि आराम गर / सासु /
सासु नै ,-क्रिप मा एक्लै सुताउन हुन्न / चार जना हुर्काएको अनुभब छ, म हेर्छु /
पाण्डेकि आमासंगै हुन्छ बच्चा हर हमेशा /
सासु ,-बच्चा लाई दुधले पुग्दैन डिब्बाको ल्याउनु पर्यो /
दुध, बोतल ,स्टेलईजर सबै केहि घण्टामानै आई पुग्यो /
पृथा को छाती चसकी चसकी दुखि रहन्छ स्तनपान गराउन नपाउदा /बच्चा बोतल चुस्छ सामुन्ने /
अब पृथाको कुनै भूमिका रहन्न छोराको लागि / बस उसले जन्म दिई सकियो /
-आमा ले बाबु हेरी दिनु हुन्छ तिमि ले पढ्न थाल / पाण्डेको आदेश /
-सुत्केरीमा पढ्नु हुन्न आखा बिग्रन्छ / पृथा
-कति दिन हो सुत्केरी ? अब अर्को बहाना / पाण्डे
स्टेप फस्टको तिन महिना पछी को लागि जाच दिन डेट लिई दिएको छु त्यो अनुसार तयारी गर्नु /बहाना नबनाई /
छोरासंग पृथा एक छिन संगै हुन् पाऊथिन / काख लिन खोजेमा पढ्न जाऊ भन्थिन सासु / दुध चुसाउंन खोजे -घरि बोतल घरि अर्को गर्दा झन गाहो हुन्छ अब बोतल मात्र खुवाउने भन्थिन सासु /
पृथा पढ्ने कोसिस गर्थी तर मन पल्लो कोठामा छोरा तिर हुन्थ्यो /
बच्चाको सानो आवाजले कानमा संगित दिन्थ्यो / त्यो संगितमा घन्टौ बिताई दिउ जस्तो /
दुई महिना पछी भन्छे पृथा -मेरो तयारी पुगेको छैन / म साथी संग मिलेर पढ्छु सिला लाई यहाँ बोलाऊ ?
-तिमि नै उहि जाउ त्यो हो भने फ्रेस पनि हुन्छ / पाण्डे
छोरा छाडेर जान मन हुन्न / तर जानु छ /अब उसले जसरी पनि जाच दिनु छ /
तर दस दिन मै फर्की आउछे /-म सकिन बस्न छोरा छाडेर /
आउदा उसको लगाई ,कपाल कटाई बेढंगको छ /
ऊ श्रीगार गर्छे त्यो पनि नसुहाउदो /
जाचको दिन डा पाण्डेले जाच को सेन्टर मा छाडेर आउछ / केहि बेर मा फोन आउछ पृथालाई अस्पतालमा भेट्नको लागि /
ऊ जाच दिने ठाउँमानै बिहोश भै रे /
अस्पताल बाट घर आए पछी सासु र पाण्डे नक्कल पारेको आरोपमा गाली गर्छन / सासु आफ्नो टाउको पिटेर रुन थाल्छिन- कुन जुनी को पाप गरिएको रैछ र यस्तामा परियो , छोरा तेरो भाग्यमा यस्तै लेखेको रैछ अब के गर्छस ?
मनमा अठोट छ जसरी मा पास गर्ने छु / पढ्न बस्यो कि चिट चिट पसिना आउछ /रक्त चाप बढे जस्तो हुन्छ ,यसै बाहिर निस्कन्छे पृथा /
घर मा बसे पनि कि टोलाई रहन्छे .कि बोलि रहन्छे / टेली फोनमा गफ गरे साथी संग घन्टौ कुरा गर्छे /कुनै पर्बाह छैन / अब त राम्री भएर पाण्डेको छेउ मा उभिई रहन समेत छाडी दिई /सुत्ने कोठा समेत अलग भै सक्यो / पाण्डे आमा कै कोठा मा निदाउछ /
सासु आफनी बहिनि लाई फोन गरेर झार फुक गर्न लगाउछिन / भन्छिन –
कुन पापी ले हाम्रो छोरा लाई पागल भिडाएछ /
त्यो बिच मा दुई पटक हस्पिटल लानु पर्छ ,ईमरजेन्सी / ऊ आफै एम्बुलेश बोलाएर जान्छे /
प्राय सुति रहन्छे, कि केहि नभनी बाहिर निसंकंछे / पाण्डे लाई हेरी भने हेरी रहन्छे ,केहि बोल्दिन / बोलि हाली भने आफ्नो बिरामीको कुरा झिक्छे / मलाई मुटु हान्छ, यहाँ दुखछ, उहा दुख्छ/
एक दिन डा पाण्डेले प्रस्ताब राक्छ -तिमि लाई बुवा भेटन मन छ होला ,गएर आऊ अनि फ्रेस हुन्छ / भाई हरु लाई नभेटेको पनि यतिका भो /
जाच नदिई जाने ?
आएर दिने जाच /
ऊ खुसी हुन्छे / अलि अलि किन मेल हुन्छ /ऊ समान मिलाउछे /
किन बाबुको समान हालेको उसको पासपोर्ट आएंन ऊ हामीसंग जान मिल्दैन /
हामी मात्र जाने ?
पासपोर्ट आउना साथ आमा ले लिएर आउनु हुन्छ /
कसरि जाने हामी मात्र / म जान सक्दिन /
आमाले ल्याई हाल्नु हुन्छ नि / सबै थाहा छ म टिकट लिईदिई सकेको छु /अब हाम्रो टिकट क्यान्सिल गर्न मिलेन / एक साता मा आई हाल्नु हुन्छ आमाहरु / आमा संग मानि हाल्छ /
छोरा छाडेर जान पृथाको मन मान्दैन तर फर्कन पनि सक्दीन /
………………….
आज आउलान भोलि आउलान आउदैनन / छोराको पर्खाई छ / पाण्डे भन्छ आउनु हुन्छ आउनु हुन्छ /
एक साता डा पाण्डे ससुरालीमानै बस्छ /
एक दिन झोला मिलाएर भन्छ – म मेरो गाउ गएर आउछु .
म पनि जान्छु – पृथा /
गाह्रो हुन्छ / तिम्रो ब्लोड प्रेसर बढ्न सक्छ / यहाँ तिम्रो साथीहरु पनि भेट्नु छ /
एक हप्ता भनेको दुई हप्ता बिती सक्यो न अमेरिका बाट सासु र छोरा आए न गाऊ गरेको लोग्ने नै /
पृथाले जहाँ तही सम्पर्क गर्न खोजि / पछी थाहा लाग्यो डा पाण्डे अस्पतालमा हाजिर हुन् पुगी सक्यो रे /
सिला हाम्रो यहाँ बाट त्यहाँ आउने भिसा नलिई आउनमिल्दैन मेरो भिसा सकियो /म कसरि छोरा भेट्नु अब ?
—-तिमि धेरै सोझी छौ पाण्डेले तिमि लाई नभनी त्यहाँ बाट एक्लै भिसा लिएको होइछ /शिला
-अब म के गर्ने त ?
म फोन गर्छु तिमिपनि त्यहा बाट कोसिस गर पाण्डेलाई सम्पर्क गर्न /
पृथा कोसिस गर्छे / सफल हुदैन / फोन उठ्दैन /उठाउदैन पाण्डे /
सिलाको खबर आउछ- तिमि ले त्यहाँ बसेर पढेर स्टेप ओनमा राम्रो स्कोर ल्याएपछी लिन आउने रे /
ऊ छोरा बिना बस्न सक्दिन त्यहा आएर रामरी पढ्छु भनि ईमेल लेख्छे /
दिन साझमा बिसाउछ, रात दिनमा उघ्रनिन्छ / कुनै जवाफ आउदैन /
फोन रिसिभ हुदैन / आफै बजेर थाकछ रिसिभर /
जान पाई हाल्छु कि भनि भिसा आबेदन दिन्छे – उसलाई भिसा दिन नमिल्ने भनि फर्काई दिन्छ एम ए सी ले /
संगै काम गर्ने केहि चिनेका साथीहरुलाई पाण्डेलाई सम्झाई दिन भनी फोन गर्छे /तिम्रो घरायसी कुरामा हामी बोल्न मिल्दैन भन्छन उनिहरु /
/ सिलाको पनि परिक्षा नजिकिएकोले आफनो जाच दिए पछी मात्र पहल गर्न सक्ने बताउछे ,भन्छे-तिमि उता बाट फोन नगर म यहाँ बाट नै गर्छु नै /अनि अर्काको मामला मा किन परेको परेको भनेर मेरो श्रीमान रिसाउनु हुन्छ म उहा नभएको बेला परेर फोन गर्छु आफै /तिमि मलाई फोन नगर्ने गर्नु है /
भाईहरु अनि बाबाले पनि पहल गरे / पाण्डेको ढिपी उस्तै थियो / भन्छ – पागल संग कानुन ले पनि छुटकारा दिन्छ /
सुसाईड नोटमा लेखेकी थिई रे –
मलाई पोस्ट पार्टम डिप्रेसन भएको छ भन्छन डाक्टर हरु /
…मलाई त त्यस्तो लाग्दैन / हो, न आमा को माया पाउंन सके, न आमा को माया दिन नै / आमाको माया कस्तो हुन्छ मुटु भित्रै चेपि रहे /
माया ? सधै एक चिम्टी माया को लागि छटपटाउनु पर्यो / लोग्नेको माया कस्तो हुन्छ ? लोग्नेले पनि माया गर्छन र ? सधै यहि निरुतरित प्रस्न रह्यो /न बच्चा जन्माएर आमा हुन् सके, न बिहे भएर स्वास्नी नै / अपूर्ण स्वास्नी मान्छे म /
दोसीहरु बाची रहेछन म भने बाच्न सकिन /पटक पटक मर्ने मन भए पनि मर्न सकिन / न बाच्न सकिने न मर्न नै !
…संसार यति ठुलो छ तर दुख पर्दा सहयोग गर्ने हातहरु काम पर्दो रैछ / जतिले सहयोग गर्नु भो धन्यबाद !
…………………………………………………………..
यस्तै दुरुस्तै एक पृथाको ज्यान गएको थियो भन्ने सुनाएकी थिईन मेरी एक मित्र ले
रुदै रुदै / आफु संग अनुनय बिनय गरे पनि कुनै सहयोग गर्न नसकेकोमा जिबन भर पछुतो रहने छ भन्दै थिईन मेरी मित्र /
तर मैले भने पात्र पृथा लाई बचाएर ई,सी यु मा छाडेकी छु / एक युद्द को लागि /
कथा अझै बाँकी छ
(स्रोत : Sundarshailee.com)