~बसन्त श्रेष्ठ~
गम्भीर शान्त मुद्रामा
आगोको लप्का बोकेर आँखामा
बलिष्ठ पाखुरा र उन्नत छाती भएको
मोरालेस गार्सिया
बिशाल जन लहरको भिडमा
दह्रो मुठी कस्दै चिच्यायो
“हाम्रो भबिस्य कसैले थुन्न सक्दैन”
भिडले चिच्यायो
“थुन्न सक्दैन / थुन्न सक्दैन / थुन्न सक्दैन |
उ फेरी चिच्यायो
“स्वतन्त्रता हाम्रो कसैले छेक्न सक्दैन”
फेरी भिडले दोहोर्यायो
“छेक्न सक्दैन/ छेक्न सक्दैन/ छेक्न सक्दैन |
नागरिक स्वतन्त्रताका अधिकारी बोले
शरणार्थी सम्बन्धि बुंदा बुंदा केलाए
पटक पटक कांग्रेस मा बहस भए
अझ सम्म मोरालेश को
भबिष्य माथि निर्णय भएन |
अमेरिका मा बसेको
उन्नाईस बर्ष पछी आज अचानक
मोरालेस अबैधानिक भएको छ |
उ अबैधानिक हुनुमा
न त उसको कुनै दोष छ
न त उसको कुनै रहर छ
न त यसमा उसको कुनै दोष छ |
दोष थियो त उनको बाबु आमाको
जसले आफ्नो उज्ज्वल भबिस्यको लागि र
उच्च शिक्षा को लागि
यस देशमा भित्रिनु |
दुइ बर्षको मोरालेश
आफ्नो बाबु आमा संग
उनको हात समात्दै
कानुनी रुपमा यस देशमा
भित्रिएको थियो |
के दुइ बर्ष को मोरालेस
यस देश मा भित्रिनु नै
अपराध भयो ?
यो अंह प्रश्न उनको जिबनको
सारा जगतका प्राणी हरु
भाबी सन्ततिको लागि
सुन्दर भविष्यको लागि
जसरी एक देश बाट
अर्को देश भित्रिन्छन
त्यसरी नै मोरालेस भित्रियो
यस देशमा |
उन्नाइस बर्ष सम्म
उ बन्चित भयन
शिक्षामा / स्वास्थमा अनि
काँही कतै पनि
यत्रो बर्ष सम्म उसलाई था भएन
उ अबैधानिक हो भनेर
तर आज एकाएक
उ हतप्रभ भयो
उ हतास भयो
उ आफै संग प्रस्न गर्यो
र आफ्नो देश खोज्न थाल्यो |
परिचित को भिंडमा
उ अपरिचित बन्यो
मित्र मण्डलीको सभामा
उ गैर कानुनी आप्रबासी बन्यो
कानुनी रुपमा रहदा बस्दा
उ आज गैर कानुनी ठहरियो |
किनकि
आज जुन धर्तीमा
उन्नाइस बर्ष पुरा
पुरा जवानी बितायो
जहाँ उसले बोल्न सिक्यो
हिड्न सिक्यो अनि
कला र संस्कृति सिक्यो
माया पाउन सिक्यो अनि
माया दिन सिक्यो
त्यहि देशले आज उसलाई भन्दै छ
तिमि अबैधानिक हौ
तिमि गैरकानुनी हौ
तिमि फर्क जाउ |
अनि त्यसपछी
एका एक उसको
हाँसो खोसियो
रुने आँसु रित्तियो
अनि भबिश्य रोक्कियो |
मोरालेस गार्सिया
किकर्त्ब्यबिमुध बनेर
सोध्छ आफ्नो बाबु आमालाई
अब म कहाँ जाऊ ?
सोध्छ आफ्नो भबिष्य को बारेमा
तर अंह उत्तर कसै संग छैन |
उ सोच्छ
अनि बिद्रोह बोल्छ
यसरि नै
यस सभ्य समाजमा
आतंकारी को जन्म भो होला
मोरालेस
मध्य जवानीमा
जीवनको चौरस्तामा
ठिंग उभिएको छ
न त अघि बढ्न सक्छ
न त केहि सोच्न सक्छ
न त सोचेको कुरा गर्न सक्छ
न त फर्कन नै सक्छ
आफु जन्मेको देशमा
जहाँ उ अपरिचित छ
सबै संग र सिगै देश संग
उसलाई ज्ञान छ
उ जन्मेको देशमा
बेरोजगारको पहाड छ
लागु पदार्थको भण्डार छ
अनि देश छोड्नेको
जमात दिनहु बढ्दो छ
अनि कसरि फर्कन सक्छ
उ यस्तो देशमा |
त्यसैले उ फेरी पनि
गम्भीर मुद्रामा
उत्तेजित बनेर
दह्रो मुट्ठी कस्दै चिचयाउछ
तिमि किन सुन्दैनौ
परिबर्तन लागु गर
हाम्रो भबिष्य तिमि
थुन्न सक्दैनौ
छेक्न सक्दैनौ
रोक्न सक्दैनौ |
बसन्त श्रेष्ठ,
भर्जिनिया, अमेरिका
(स्रोत : Sundarshailee.com)