डाँफेसँग सिक न
डाँफेसँग सिक न बिरह भुली नाच्लाई
जूनसँग सिक न निषामा रमी हाँस्नलाई
किन त्यसै रनभुल्लमा परेकी
मैसँग सिक न ब्यथा निलेर बाँच्नलाई
उनीसँग मेरो
उनीसँग मेरो सामिप्यता
केही त काम आएछ
बर्बाद हुनेको शुचीमा
मेरो पनि नाम आएछ
दियो जलाऊ
महत्वको खोल मलाई ओढाऊ
तथ्यलाई जतिसक्छौ लुकाऊ
जेगर्छौ गर तिम्रै भर छ
म चितामा बस्छु तिमी दियो जलाऊ
यसमा तिम्रो गल्ती छैन
यसमा तिम्रो गल्ती छैन
दोष मेरै हो तिम्रो हैन
मेरो मनमा फुलेको फूल
तिम्रो मनमा फुलेकै छैन
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)