~डा. सुबाश लोहनी~
मलाई पृथ्वी नरायन शाहले उपत्यका कैले हाने याद नरहला
मलाई पचहत्तर जिल्लाको नाम भन्न नआउला
मलाई नेपालमा गणतन्त्र कैले आयो याद नहोला
तर पनि मलाई नेपाली सपना देख्न मन लाग्छ
म राष्ट्रियताले ओत्प्रोत भएको नेपाली पनि होइन
तर पनि मलाई नेपाली सपना देख्न मन लाग्छ
किनकि मलाई लाज लाग्छ
अब नेताहरुको अनुहार टेलिभिजनमा हेर्दा मलाई लाज लाग्छ
रिस होइन, घ्रिणा होइन , लाज लाग्छ
त्यसैले मलाई नेपाली सपना देख्न मन लाग्छ
नेपाललाई अब राजनीति गर्ने ब्रिद्दहरु होइन
सपना देख्ने युवाहरु चाहिएको छ
युबाहरुको मस्तिस्क चाहिएको छ
किनकि राजनीति ले अब नेपाल चल्दैन
नेपालको राजनीति भात्किएको झलुङे पुल जस्तो छ
नेपाललाई अब पक्की पुल को खाचो छ
हो राजनीति ले अब नेपाल चल्दैन
नेपाल अब युवाहरुको सपना ले चल्छ
सपना देख्नेहरुको कर्मले चल्छ
हो नेपाललाई अब राजनीति गर्ने बिद्यार्थी होइन
नेपाललाई अब बैज्ञानीक हरु चाहिएको छ
नेपाल लाई अब स्वास्थ्य-मन्त्रीमा एउटा डाक्टर चाहिएको छ
निर्माण तथा यातायातमा ईन्जिनियर चाहिएको छ
अर्थ मन्त्रीमा अर्थसास्त्री चाहिएको छ
भुमीसुधर तथा निर्माणमा एउटा अर्किटेक्ट चाहिएको छ
बिज्ञान तथा प्रबिधीमा एउटा बैज्ञानीक चाहिएको छ
हो नेपाललाई अब झरझर झर्ने झरना मात्र होइन
बिध्युत निकल्ने पानीको डयाम् चाहिएको छ
बाटोमा गूड्ने माईक्रो र बस मात्र होइन
पूर्व मेचीदेखी पस्चीम महाकालीसम्म चल्ने इलेक्ट्रीक रेल चाहिएको छ
हो नेपाललाई अब एउटा धाबकको खाचो छ
सपनाको पछी दौडने नायकको खाचो छ
नेपाललाई अब बन्द होइन
भोटे-ताल्चा खोल्ने साँचोको खाचो छ
त्यहा थुनिएर रोइरहेको छ मेरो नेपाली सपना:
सुख शान्ति र सम्पन्नता
हो त्यही हो मेरो नेपाली सपना
(स्रोत : Sajha.com)