यस देशका मालीहरू धमाधम
चुँडाल्दै छन् फूलहरू
छिमल्दै छन् पातहरू
र, जगाइरहेछन् अस्तित्व काँडाहरूको ।
अवमूल्यन भएको ठानेपछि
आफ्नो दरोपन र प्रभावकारिताको
निस्तेज बनेपछि आफ्नो तीक्ष्णता
बहुलाएका छन् काँडाहरू
र, जाइलागेका छन् फूलको अस्तित्वमाथि ।
आँसुसहितै चुँडिए फूलहरू
अँगालोभरि सोहोर्यो सूर्यले
र, छरियो खरानी मानवताको परिसरभरि ।
हैरान हैरान छ घरमालिक
काँडाहरू वाचाल बनेपछि
दिक्दार दिक्दार छ घरमालिक
फूलहरू खरानी बनेपछि ।
एकाबिहानै मालीले काँडा नै सजाइदिन्छ फूलदानीमा
नानीहरू काँडाकै गुच्छा बोकेर उभिन्छन् एयरपोर्टमा
काँडाकै माला पहिरिन्छन् पुरस्कृतहरू
काँडाकै बगैँचामा झुम्मिन्छन् कविहरू
र, लेखिन्छन् काँडाकै कविता ।
चकित चकित छ घरमालिक
कोटमा सिउरने गुलाफ नपाएपछि
मूच्छिर्त मूच्छिर्त छ घरमालिक
सन्तानका ओठमा काँडै मुस्कुराएपछि ।ुस्कुराएपछि ।
(स्रोत : Nepal Weekly, अंक: ५२८)