~महेंद्र भटनागर~
अनुवादक : गायत्री भट्टराइ
अनुवाद
भाषांतर मात्रै होइन
यो सेतु हो!
एउटा मनलाइ अर्को संग
जोड़ने!
आपसको टाढ़ापन
मेटाउने!
विश्वमानवको
शिथिल संबन्ध सूत्रलाइ
बाँडने र कसेर बाँध्ने!
आत्महितमा
दृढ़, अटुट र प्रगाढ़
मैत्री साँध्ने!
अनुवाद —
साधन हो
देशांतरमा रहनेहरुका बीच
निर्मित
अतल गहिराइसम्म
डुबुल्कि मार्ने
निशंक
दुविधा रहित
मिलेर बस्ने!
लाखौं करोंडौं मान्छे बीच
सह-संवाद हो
अनुवाद ।
अनजान मानव लोकमा
भिन्न र बाहिर व्याप्त
गहिरो अँध्यारोलाइ
चमकिलो उज्यालोमा
सफल रूपांतर!
होइन
केवल भाषांतर।
माध्यम हो —
अपरिचितलाइ
गहन आत्मीयतामा बदलने —
हर संकीर्णतबाट मुक्तभै
बाहिर निस्कने।
सभ्यता संस्कार हो
अनुवाद!
भाषिक चेतनाको
एक सशक्त प्रतीक हो,
संप्रेषण विधाको
एक माध्यम हो!
अनुवाद —
मानवविवेक
प्रतिष्ठ सार्थक
केतु हो।
अनुवाद
केवल भाषांतर होइन
यो त सेतु हो!
बाझोगरा, प्रगतिपुर, डाक : उदालगुडी — 784509
बि- टि- ए- डि- (असम)
(स्रोत: Openbooksonline.com)
