समयको गतिलाई कछुवाको चाल भन्छौ
भगवान् को सृष्टिलाई हचुवाको चाल भन्छौ
चुपचाप अत्याचार सहेर म कति बसौं
बिरोधमा उत्रिंदा म बझुवाको चाल भन्छौ
असत्यको तिलस्वी त्यो ताज पनि फाली दिएँ
बुद्धि छैन हेर हेर लठुवाको चाल भन्छौ
दुई दिने पाहुना हौँ यो धर्तिमा हामी सबै
शिर ढाक्ने ओत माग्दा भतुवाको चाल भन्छौ
‘घायल’ले धेरै जित्यो हार्यो तर एकै प्राण
तिमि पनि हार्छौ किन हरुवाको चाल भन्छौ
दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
(स्रोत : Openbooksonline.com)