~अर्जुन दुङ्मेन् राई~
(दरिद्र दिलपनी ढिकुटी भएर फूल्छ पिरतीमा)२
निरीह जीवन पनि आँटी भएर झुल्छ पिरतीमा
(शरद र बर्षाद ऋतुले जती नै ल्याओस बादलु)२
निलो-निलो गगन छर्लङ्ग भएर खुल्छ पिरतीमा
(शून्यतामा एकलिएर बिछोडको वाण परेपनी)२
घाईतेले चोट सहि ढुक्क भएर भुल्छ पिरतीमा
(नयनको तलाउमा जमेको ताल पग्लिने के कुरा)२
चट्टानसरी आत्माहरु नुन भएर घुल्छ पिरतीमा
(दरिद्र दिलपनी ढिकुटी भएर फूल्छ पिरतीमा)२
निरीह जीवन पनि आँटी भएर झुल्छ पिरतीमा।
घर: बेल्टार-२, उदयपुर, नेपाल।
हाल: बगदाद,इराक।
(स्रोत : Pravasi)