अनूदित चिनियाँ लोक कथा : एकोहोरो धुनको त्याग

~अनुवाद एवं सङ्कलन : रामविक्रम सिजापति~

चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।

चुङ्गको कथा सुनेर निओविरक्त हुने गर्दथ्यो । कहिलेकाहीं चुङ्गनिओलाई जबरजस्ती कथा सुनाउन बसाल्थे । उनी कथा सुनाउनमा यति लिन हुन्थे कि निओ बसेको ठाउँबाट कुलेलाम ठोक्दा पनि चाल पाउँदैनथे ।

‘अरू बच्चाहरू कथा सुन्न कति लालायित हुन्छन्, तर निओ किन टाढा-टाढा भाग्छ ? केमेरो कथाले विरक्तत्याउँछ ?’ चुङ्गले घरका सदस्यहरूसँग सोधे ।

“बिल्कुल होइन बाजे” निओको बजै, बाबु, आमा र दिदी सधैं यही जवाफ दिन्थे र चुङ्गको मन राख्दथे ।

यो जवाफ सुनेर चुङ्ग उनीहरूलाई पनि कथा सुनाउन सुरू गर्थे । यसरी हरेकले आˆनो काम गर्दागर्दै पनि कथा सुन्दथे र नमज्जा मान्थे । घरका अरूहरूको टाउको दुखाइ भएमा निओलाई समातेर उनको अगाडि राखिदिन्थे । चुङ्गलाई त के थियो र कथा भनिरहन्थे, जो कोही बसेको भए पनि फरक पर्दैनथ्यो ।

एकदिन दिक्क भएर निओले आफ्नो बाजेसँग सम्झौता गर्‍यो, “हजुर बुबा म दिनहुँ तपाईंसँग एउटा कथा सुन्न आउँछु त्यसको साटो तपाईं मलाई खेल्न जान दिनुस् ।”

चुङ्गले शर्त माने । अब झन् निओ नराम्रो गरी फस्यो । चुङ्ग दुई तीन वटा कथालाई जोडजाड गरेर यस्तो परिस्थिति बनाइदिन्थे जसले गर्दा अँध्यारो हुन्जेलसम्म पनि कथा सिद्धिदैनथ्यो । निओको खेल्ने समय नै रहँदैनथ्यो ।

त्यो दिन पनि निओ चुङ्गलाई छकाएर बगैँचामा खेल्न आयो । त्यही बेला बू्रस नाम गरेको नयाँ केटासँग उसको भेट भयो । दुवैमा राम्रो सख्य भाव भयो । अब बू्रस पनि दिनहुँ खेल्न आउन लाग्यो । एकदिन बू्रसले निओसँग भन्यो, “तिमी अलि चाँडो खेल्न किन आउँदैनौ ? जहिले पनि अबेला आउँछौं ।”

“म चाँडै आउन चाहन्छु तर के गरूँ । हजुर बुबाले आफ्नो कथा नसुनाइकन आउनै दिनुहुन्न,” निओले भन्यो ।

“के साँच्चै । तिम्रो हजुरबुबा कथा भन्नुहुन्छ ? मेरो घरमा त कसैले पनि कथा भन्दैनन् । म कथा सुन्न बेचैन हुन्छु । त कसैलाई पनि समय नै हुँदैन ।” “अरे त्यसो भए तिमी मेरो हजुरबुबासँग कथा सुन्ने गर ।” “वाह ! मित्र, तिमीले त मेरो मनको कुरा नै भन्यौ”

भोलिपल्टै निओले बू्रसलाई हजुरबुबासँग भेटायो -“हजुर बुबा , यो मेरो नयाँ साथी बू्रसा यसलाई कथा सुन्ने शोख छ । अब दिनहुँ तपाईंसँग कथा सुन्न आउँछ । अब म खेल्न जाउँ ?” चुङ्गले निओलाई खेल्न जान दिए । बू्रसलाई बसाएर कथा सुनाउन थाले । “एउटा राजा थिए …. उनको एउटी राम्री राजकुमारी थिइन् … फेरि उनलाई दुष्ट जादूगरले लग्यो … राजकुमारले लामो यात्रा गरे … अनेक मुस्किल भयो … अनेक लडाइँ … आखिर जादूगरको किल्ला फेला पारे … लडाइँ भयो … सुगामा उसको प्राण … जादूगरको मृत्यु … राजकुमार र राजकुमारीको विवाह भयो, फेरि उनीहरू सुखपूर्वक रहन लागे ।”

चुङ्गले एउटा लामो कथा सिध्याए । उनको अनुहारमा सन्तुष्टि थियो । कथा सुनेर बू्रसले भन्यो -“के यसपछि फेरि कुनै दुष्ट जादूगरले राजकुमारीलाई भगाउने कोशिश गरेनन् ? या फेरि उनी राम्री रहिनन्, पैले जस्तै ?”

‘अरे, कसैले यस्तो गरे पनि हामीलाई लिन नदिनु ? यदि यस्तो भएपनि राजकुमार र बहादुर छँदै नि अब त उनले राजकुमारीलाई बिहे पनि गरिसके । उनको रक्षा गर्नु राजकुमारको कर्तव्य हो । फेरि पनि तिमीले राम्रो प्रश्न गर्‍यौ । थाहा छ, तिनै दिनमा यो इलाकामा एउटा दुष्ट तान्त्रिकको उन्नतिको दिनथियो ।”

“बढियाँ …!”

“हो , सबै उसँग डराउँथे .. उसले निश्चय गर्‍यो कि सय राजकुमारीहरूलाई समात्ने .. फेरि पूजा गर्ने .. उसले राजकुमारीलाई पनि अपहरण गर्‍यो .. राजकुमारले वर्षौसम्म खोजी रहे … फेरि लामो लडाइँ … आखिर तान्त्रिकको मृत्यु…..दुवै सकुशल आफ्नो राज्यमा फर्के सुखपूर्वक रहन लागे ।”चुङ्गले एउटा फेरि लामो कथा जोडेर त्यही कथामा जोडेर सुनाए । उनी मनमनै केटालाई फसाएँ भनेर खुशी थिए ।

तर बू्रस त नयाँ नयाँ शङ्का खडा गर्नको लागि बिल्कुल तयार भएर बसेको थियो । तर राजकुमार आफ्नो राज्यबाट यतिका वर्ष टाढा भए । उनको मन्त्री आदि राज्य चलाउँथे । के तिनीहरू उपर कुनै दुःख कष्ट आएन ?” बू्रसले प्रश्न तेर्सायो ।

“अँ….हो….हो… किन आएन र त्यो यस्तो भयो कि … चुङ्गले लामो सास फेरेर लामो कथा जोडेर सुनाए । तर बू्रस भने हरेक कथा सकिएपछि नयाँ प्रश्न खडा गरेर उनलाई चुनौति दिन्थ्यो । आखिर चुङ्ग उसलाई कथा सुनाउँदा सुनाउँदा दिक्क भएर सास गति तीव्र हुन लाग्यो अनि भने “अब यसपछिको कथा म भोलि सुनाउँछु ।”

“होइन म भोलिसम्म कुर्न सक्तिन । तपाईं मलाई अहिले नै सुनाउनु सा” वर्षौको प्यासा बु्रसले जिद्दी गर्‍यो ।

लौ, लौ सुनाउँछु । मेरो घाँटी सुक्यो । भित्र गएर तीन/चार ग्लास पानी ल्याउ” चुङ्गले स्याँ स्याँ गर्दै भने ।

ब्रूसभित्र जानासाथ चुङ्गले ठाडो पुच्छर लगाए । बाटोमा भेट हुने हरेकलाई “निओलाई खोज्न जान लागेको” भन्दै आखिर त्यही बगैंचामा पुगे, जहाँ निओ खेलिरहेको थियो । चुङ्गलाई टाढैबाट आएको देखेर निओ एक ठाउँमा लुक्यो । सधैँको जस्तो कसैले उसको कान समातेर चुङ्गको जिम्मा लगाई दियो । नाति निओ नडराउ । म कथा सुनाउन आएको हैन । म तिमीलाई त के अब जिन्दगीमा कसैलाई पनि कथा सुनाउन्न । हेर बरू तिम्रो नयाँ मित्रबाट मलाई छुटकारा दिलाउ” चुङ्गले भने ।

चुङ्गको घाँटी सुकिसकेको थियो । उनी स्याँ स्याँ गरिरहेथे । निओले चुङ्गको शर्त मान्यो । फेरि कहिल्यै बू्रसको मुख चुङ्गलाई देखाएन । चुङ्गले पनि आˆनो कथा सुनाउने एकोहोरो धुन हमेसाको लागि त्यागी दिए । अब निओले मात्र हैन उसको घरका सबैले पनि सुखको सास फेर्न पाए ।

(स्रोत : गोरखापत्र – शनिवार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा, लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

1 Response to अनूदित चिनियाँ लोक कथा : एकोहोरो धुनको त्याग

  1. धेरै राम्रो छ । नवोदित साहित्यकारहरुलार्इ स्थान दिनु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.