पौराणिक कथा : गोपी कृष्णको

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

गोपीको कृष्ण हो कि कृष्णको गोपी हो कि अथवा गोपी कृष्ण एउटै होकि ? जे छ आजको यो रासलीलामा छ । अहिले पनि कृष्णभक्तहरू परमभक्त देखिन्छन् किनकि यो पनि यो लीलाकै दर्शनसँग सम्बन्धित छ ।

आज मैले श्रीकृष्ण भगवान र उहाँको रासलीलाको छोटो तर सर्वोत्कृष्ट रासलीलालाई केलाउने प्रयास गरिरहेको छु । जुन अत्यन्तै फलदायी पनि छ । यस प्रस्तुतिकरणलाई मैले जस्तो रुपमा सङ्कलन गरेको छु त्यस्तै रुपमा प्रस्तुत गर्ने अत्यन्तै प्रयास गरेको छु र केही राम्रो काम गरेको जस्तो पनि आभास भइरहेको छ केही कारणवस भूलचूक हुन गएको छ भने म पाठकवर्गबाट क्षमादान चाहन्छु ।

भगवान महाप्रभुका पनि महाप्रभु श्रीकृष्ण महाप्रभुका भक्तहरू सबैभन्दा उत्तम भक्त भनेर गनिन्छन् । यसमा भगवान श्रीकृष्ण भक्तहरूदेखि एकदम प्रशत्र हुनुहुन्छ ।

एकदिन भगवान श्रीकृष्ण सिँहासनमा बसिरहनुभएको बेला मुजुरको प्वाँखले भक्तहरूले हम्काइ–हम्काइ सेवा गरिरहेको देखेर पनि आनन्दित हुनुभएन । भगवानलाई एउटा लीला देखाउने प्रचुर इच्छा महसूस भयो । उहाँलाई आफ्ना उत्कृष्ट भक्तहरू देखाउने इच्छा जागृत भएको थियो । किनकि भक्तहरूले उहाँलाई कत्तिको हेरचाह गर्छन् भनेर हेर्ने अत्यन्तै ईच्छा उहाँलाई जागृत भइरहेको थियो ।

भगवान श्रीकृष्णलाई कपाल दुखेर केही पनि आहारा लिनु नभएपछि दरवार तथा दरवार वरिपरिका भक्तहरू सबै चिन्तित भए । यत्तिसम्म कि भगवान श्रीकृष्णको परम् भक्त नारद मुनिले पनि उहाँको कपाल दुखाइ निको पार्न सकेनन् । भगवानलाई कपालमा अनेकौ सुगन्धित श्रीखण्ड तथा जडीबुटीको लेप लगाइयो । भगवान श्रीकृष्णको कपाल दुखेको यसो गरे पनि निको नभएको र उसो गरेपनि, जसो गरे पनि निको नभएपछि भक्तहरू सबै हैरान भए ।

अनि हार खाएर भक्तहरू सबै श्रीकृष्णकै शरणमा गए र भगवान श्रीकृष्णसँग सोधे कि हजूरलाई त सबै थाहा छ त्यसैले हजुरलाई हामीले अत्यन्तै–अत्यन्तै सुगन्धित लेप लगाइदिइसक्यौं तर हामी असफल भयौं । कस्तो लेप लगाएमा हजुरलाई निको हुने हो वा के गर्नुपर्ने हो ? हजुरले नै यसबारे बताइदिनुस् भनेर शरणमा परे र माफी मागे ।

अनि भगवानले भन्नुभयो – “मलाई तिमीहरू मध्ये कुनै एकजनाको जस्को भएपनि हुन्छ, उसको चरणधुल मलाई मेरो निधारमा लगाउन दिएर मेरो यो अत्यन्तै जटिल रोग निको पार ।” यस्तो भनेको सुनेर सबै भक्तहरूले जिब्रो टोके । भक्तहरू सबै अलमलमा परे । भक्तहरू कसैले पनि आफ्नो चरणधुल भगवानलाई लगाउन दिएर आफू पापी बत्र तयार भएनन् ।

यसरी भक्तहरू भगवानलाई अपमान पनि नगर्ने र निको पनि पार्नुपर्ने कुराको खोजमा साह्रै चिन्तित भए । यो चरणधुल दिने कुरामा भगवान श्रीकृष्णका परम भक्त नारदजी पनि तयार भएनन् । भगवानको भने हालत अत्यन्तै खराब हुँदै गइरहेको थियो । आखिरमा त्यहाँका नारद मुनि लगायत सम्पूर्ण भक्तहरू सबै भगवान श्रीकृष्ण कै शरणमा गए र सोधे कि “हामीलाई यस्तो उपाय बताउनुस् कि हजूरको पनि अपमान नहोस् र हजूरको पनि रोग निको होस् हामीलाई फेरि क्षमा गरिदिनुहोस् । हामी अत्यन्तै लज्जित छौं । हामीलाई उपाय बताइदिनुहोस्” भनेर विन्ति बिसाए ।

भगवान श्रीकृष्णले पनि “ल फेरि मैले नै भन्नुपर्यो हैन ल सुन तिमीहरू व्रजमा गएर ब्रजका वासिन्दा जो कोहीलाई भने पनि मेरो यो रोग निको हुन्छ भनेर भन्नुभयो ।”

“तर जो कोही एकजना व्रजबासिन्दालाई मात्र लिएर आऊ है ?” भनेर दरवारियाहरूलाई अह्राउनु भयो । त्यसपछि उनीहरूले व्रजमा गएर सुटुक्क एकजनालाई भगवानको परेको समस्या र “तुरुन्तै समाधान गर्नुपर्यो र हजुर एकजना मात्रै आउनुस्” भनेर बताए ।

व्रजमा यसरी दरवारमा भगवान श्रीकृष्ण सिकिस्त पर्नु भएको सुनेर उक्त व्रजवासी भक्तले सबै भेटेजत्ति व्रज वासिन्दालाई उक्त हैरानीको कुरा सुनाउँदै गए र अनि सम्पूर्ण व्रजवासीहरू लावालस्कर सहित भगवानलाई हेर्न आए र उनीहरू सबैजना तत्कालै आफ्नो चरणधुल भगवानलाई तुरुन्तै लगाइदिन अत्यन्तै आग्रह गर्दै थिए । भगवानले भने खुशीले आँसुको धारा बहाइरहनुभएको थियो । तर दरवारका भक्तहरू मानेनन् । चरणधुल दिन नमात्रे नारद लगायत भक्तहरूले तिमीहरूलाई पाप लाग्छ नि फेरि घोर नरक जानुपर्ला नि फेरि भनेर भने । त्यसको वदलामा ती व्रजवासीहरूले एकै स्वरमा भने “हामी यदि भगवानको रोग निको हुन्छ भने चौरासी लाख योनी भोग्न तयार छौं, घोर नरक जान तयार छौं हामीलाई जसरी भए पनि भगवानको रोग निको पार्नु छ” भगवानले भने हर्षले आँसुका धारा बहाउनु बाहेक केही गर्न सक्नु भइरहेको थिएन ।

अनि भगवानले “ती चरणधुल नदिने भक्तहरूलाई कुनै एकजना मात्र बोलाऊ भनेको होइन ? अब एकजनाको मात्र चरणधुल कसरी लिने ? तर अब सबैको चरणधुल लिन त समय लाग्ने भयो नि ?” भनेर भन्नुभयो । ती चरणधुल नदिने भक्तहरू फेरि नतमष्तक भए र क्षमा मागे । तर व्रजवासी भक्तहरू सबैले सबैकै चरणधुल लिनुपर्ने कुरामा जिद्दी गरे । र ती चरणधुल नदिने भक्तहरूले ती सम्पूर्ण व्रजवासीका चरणधुल जम्मा पारे अनि भगवानलाई दिए ।

भगवानले आफ्नो हर्षको आँसु मिसाएर त्यो चरणधुलको लेप बनाउनु भयो, भगवानलाई मात्र होइन त्यो लेपको सुगन्ध यत्ति मीठो आइरहेको थियो कि त्यसले सबैलाई आनन्दित तुल्याइरहेको थियो । त्यसपछि यहाँनिर भगवान श्रीकृष्णले पनि भक्तहरूदेखि अत्यन्तै खुशी हुनुभई ल म सम्पूर्ण व्रजवासीहरूको चरणधुलको लेप लगाउँछु भन्नुभयो । त्यसपछि सबै व्रजवासीहरूले चरणधुल दिन पाएकोमा आपूmहरूलाई धन्य सम्झे । त्यो लेपको लस्सालस्सा सबैलाई भगवानले आफ्नो बायाँ हातमा राखेर दायाँ हातले दलेर राम्रो मलम बनाउनु भयो र दायाँ हातले आफ्नो कपालमा दलेर एकदम परम आनन्दले रहनुभयो र त्योभन्दा बढी व्रजवासीहरू भगवानको रोग निको भएकोमा अत्यन्तै हर्षक आँसु बहाए ।

ती ब्रजवासी गोपी गोपिनीहरू सबैनै पहिलेका ती करोडौं करोड वर्ष भगवानको तपस्या गरेर भगवान प्राप्त गरेका श्रीकृष्ण परमात्मा महाप्रभुका एक नम्बरका भक्तहरू हुन् भनेर पनि सावित भए । र जति पनि अरु भक्तहरू छन् उनीहरूलाई पनि चरणधुल लिने बहानामा ती परम भक्तहरूका शरणमा भगवानले लीलाद्वारा पारीदिनुभयो ।

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

(स्रोत : Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, पौराणिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.