~चन्द्र िसंग गुरुंग~
ए सद्दाम !
त्यहाँ तिम्रो देशमा जस्तैै
अचेल मेरो देशमा पिन
एक थुप्रो हिटलरहरु
म्ाानिसको सानो मुटु होईन
विशाल कुरुक्षेत्र जित्न लागि परेका छन् ।
सायद यी युद्वान्धोहरुले
आस्थाको विशाल आकाशमा
युद्वको ताज जित्ने योद्वा भन्दा
प्रेमको प्रसाद बाँडने फजारी
धेरै-धेरैै माथि उठेको देखेका छैनन् ।
त्यहाँ तिम्रो देशमा
विश्वासको मस्जिद घाईते भाको जस्तै
अचेल मेरो देशमा पिन
दिन प्रतिदिन
निर्दोष जनताहरु संगै मानवता चोटग्रस्त छ र
ती बेकसूर मस्जिदहरु भित्र
पवित्र कुरान जले जस्तै
यहाँ संविधान डढ्दै छ ।
अनि तिम्रो जनताको जस्तै आँसु
हाम्रो खोला-नालाहरुमा बग्दै छ र
तेलका अबोध कुवाहरु ज्ास्तै
हाम्रो हिमालहरु जल्दै छन् ।
हो अचेल मेरो देशमा पिन
हतियारको लहलहाउँदो खेती हुदैछ र
भोका जनताहरु अन्यौल युगको काँधमा
रक्त पिपासु बन्दूकहरु बोक्दै
अन्धो भगवानको विरु;
रगत पोखिएको सडकहरुमा
ब्ाारुदको गन्धले निस्सासिएका गल्लीहरुमा र
न्ााराले थर्किएका चोकहरुमा
भोक हडतालको घोषणा गदै छन् ।
ए सद्दाम !
म्ौले सुनेको छु िक
तिमी जेल परिसारमा आउने
चराहरुको हूललाई खुबै माया गर्छौ रे !
बल्ल तिमीले मारेको लाखौं जनताको रगत
तिम्रो दुई आँखाहरुबाट आँसुको थोपा-थोपा र्दै होला ।
यो पनि सुनेको छु िक
दशकौं सम्म बन्दूक उठाएका तिम्रा हातहरु
अचेल जेलमा कविता कोर्दै छन् रे !
सायद अब तिमीले
बन्दूक होइन कलमको ताकत बुेको जस्तो छ ।
हो मलाई थाहा छ
एउटा सानो कलमले
एउटा नौलो युगको पाईलाहरुका निम्ति
एउटा बाटो कोर्न सक्छ र
हिटलरहरुको लागि कब्र पनि खन्न सक्छ ।
ए सद्दाम !
मानवता विरुद्वको अपराधमा
तिमीले अल्लाहको डर मानेनौ
तर अहिले दिनमा पाँच पटक प्रार्थना गर्छौ रे !
तिमी ईतिहासको कथाहरुमा
प्रमाण हुने छौ िक
सत्ताको ताकतमा अन्धो शाषक
एक दिन आफै पनि
टुकि्रएर खस्छ जीवनको पानाहरुमा
किन कि मानिसको एक मुट्ठी साँस
अल्लाहको लिला हो ।
अहिले मेरो मन-मस्तिष्कमा
विश्वासको एउटा ठूलो पहाड उभिएको छ िक
मेरो देशमा पनि एक दिन
यीे युद्वान्धोहरुले तानाशाहीको मुकुट खोलेर
पुजारीको पीताम्बर वस्त्र धारणगिर
आफ्नो विगत प्रति धुरु-ध्ाुरु रुने छन् ।
अनि त्यहाँ ईराकमा
तिम्रो हठी मूर्ति ढलेैं नै
यहाँ म्ोरो देशमा पिन
एउटा निरंकुश सालिक खस्ने छ ।
चन्द्र िसंग गुरुंग
गोर्खा हाल साउदी अरब
(स्रोत : INLS.Org)