~बिजु सुवेदी “विजय”~
उसले एकजना जोगीलाई देखेको थियो । तर त्यो जोगी अरु जोगीजस्तो त्यस्तो थिएन जो अरुसँग मागी हिँडोस् तर त्यो जोगीले सबैलाई “ तेरो भलो होस् ” भन्दै जाने गथ्र्यो । कसैले दान दिए पनि श्रद्धाले दिएको मात्र ग्रहण गथ्र्यो । तर उसले त्यो जोगीले खाएको कहिल्यै देखेको थिएन । नखाइकन पनि कसरी बाँचेको होला भनेर उत्सुक भएर उसले उक्त जोगीलाई पीछा गर्ने निधो गरेको थियो । सधैं उक्त जोगीको पिछा गर्न थालेको थियो तर त्यो कुरा जोगीलाई थाहा थिएन भत्रे उसलाई लागेको थियो । तर जोगीले खाएको उसले कहिल्यै देख्न पाएको थिएन । एकदिन जोगीलाई जसरी भएपनि सोधिहाल्छु भनेर विहानैदेखि जोगीको पिछा गर्न थालेको थियो । जोगी जङ्गलतिर जान थालेको थियो ऊ पनि जङ्गलतिर जान थालेको थियो । जङ्गल पार गरिसकेपछि जोगीले खोला तरेर गएको थियो , ऊ पनि खोला तरेर गएको थियो । जोगीले हातमा कमण्डलु बोकेको थियो । त्यहाँ एउटा ठूलो रुखको पछाडि जोगी गएको थियो । उसले त्यहाँ जोगीले के गरेको भनेर चियो गरिरहेको थियो । जोगीले त कमण्डलुमा पिच्कारी निकालेर झाडा गरिरहेको थियो । तैपनि जोगीले कसरी नखाइकन बाँच्छ सोधिहालुँ भनेर ऊ अगाडि बढेको थियो । अन्ततः उसले जोगीलाई भेटेको थियो र सोधेको थियो ः–“ जोगीबाबा म पनि तपाईं जस्तै केही पनि नखाई बाँच्न चाहन्छु उपाय बताइदिनुस् । ” जोगीले कमण्डलु दिएर “ यो पिऊ ।” भनेर भनेको थियो । उसले पनि हुन्छ भनेर जोगीले नदेख्ने गरी खाएको जस्तै गरेर अन्तै खन्याइदिएको थियो र भनेको थियो “मैले खाइसके। ँ यो कमण्डलु लिनुस् । ” कमण्डलु लिइसकिेपछि जोगीले “ अनर्थ ! मैले त अमृत दिएको थिएँ । ” भनेर भनेको थियो । उसले झाडा फालेको ठाउँमा हेर्दा यो झाडा बलिरहेको थियो । जोगीसँग माफी माग्छु भनेर हेर्दा जोगी गायब भैसकेको थियो । त्यै बलेको झाडा पनि खाऊँ भनी हेर्दा त्यो पनि गायब भैसकेको थियो ।
भनिन्छ त्यत्तिबेलादेखि उक्त जोगी कहीँकतै देखा परेनन् । उसले अझै त्यो जोगीलाई खोजिरहेको छ र यो किस्सा सुनाइरहेको छ ।
(स्रोत : Bijay’s Blog)
लेखकको भनाई :
मेरो हजूरबुबा स्व.पं. धरणीधर शर्माबाट मैले सुनेका यी चार लघुकथाहरु यहाँ सम्प्रेषित गरेको हुँ । हजूरबुबा पं. धरणीधर शर्माज्यूले सप्ताह मात्रै भत्रुभएर भक्तपुर जिल्ला भरी प्रसिद्धि कमाउनु भएको थियो र उत्यन्तै चकमत्र अनुहारको धनी हुनुहुन्थ्यो । त्यसैले उहाँलाई “तिमीला बाजे ” ( नेवारीमा तिमिलाको अर्थ पूर्णिमाको जून ) भनेर भक्तपुर जिल्ला वासीहरुले अद्यापी सम्मनसाथ सम्झने गर्दछन् । ती उहाँले सप्ताह गर्दा प्रकट गरेका भावनाहरु यी चार लघुकथाहरुमा पनि प्रष्ट रुपमा झल्किन्छन् । त्यसर्थ मैले पनि उहाँको स्मरण स्वरुप यो लघुकथा उहाँमा समर्पण गरी यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।