~बिजु सुवेदी “विजय”~
आश्रममा एकजना केही नखाइकन बाँचिरहेको बाबा थियो । उसलाइृ शुद्ध दूध खुवाउन भनेर एकजना दातारामले जतिबेला दुहेर दूध लिन सकिने गाई बाबाकहाँ राखिदिएको थियो । त्यो चामत्किारीक गाईले जत्तिबेला पनि दूध दिने थाहा पाएर एकजना राणाले त्यो गाई आफू कहाँ राखेर अत्यन्तै धेरै दूध दिने चारवटा कृतिम गाई त्यहाँ राखेर उक्त जतिबेला पनि दुहुन हुने गाईबाट धेरै फाइदा लिने बिचारले आफू कहाँ उक्त गाई लगेको थियो । तर बाबालाई ती चारवटा गाइले सेवा दिन सकेको थिएन । यता उक्त राणा पनि कुनै रोगै नलागेतापनि रगत छादेर मरेको थियो । फेरि उक्त गाई त्यत्ति टाढासम्म सरासर बाबाकहाँ आइपुगेको थियो । बाबाले उक्त चारवटा गाई पनि फिर्ता पठाइदिएको थियो । अनि कसैले पनि उक्त गाई लिने हिम्मत गर्न सकेको थिएन । उक्त गाई श्रद्धाले दान गर्ने दाताराम को हो भनेर कसैले पत्ता लगाउन सकेको थिएन ।
भनिन्छ उक्त बाबा शिवपुरी बाबा थियो अरे ।
(स्रोत : Bijay’s Blog)
लेखकको भनाई :
मेरो हजूरबुबा स्व.पं. धरणीधर शर्माबाट मैले सुनेका यी चार लघुकथाहरु यहाँ सम्प्रेषित गरेको हुँ । हजूरबुबा पं. धरणीधर शर्माज्यूले सप्ताह मात्रै भत्रुभएर भक्तपुर जिल्ला भरी प्रसिद्धि कमाउनु भएको थियो र उत्यन्तै चकमत्र अनुहारको धनी हुनुहुन्थ्यो । त्यसैले उहाँलाई “तिमीला बाजे ” ( नेवारीमा तिमिलाको अर्थ पूर्णिमाको जून ) भनेर भक्तपुर जिल्ला वासीहरुले अद्यापी सम्मनसाथ सम्झने गर्दछन् । ती उहाँले सप्ताह गर्दा प्रकट गरेका भावनाहरु यी चार लघुकथाहरुमा पनि प्रष्ट रुपमा झल्किन्छन् । त्यसर्थ मैले पनि उहाँको स्मरण स्वरुप यो लघुकथा उहाँमा समर्पण गरी यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।