~बिजु सुवेदी “विजय”~
रघुराजाको कालको धेरै समयपछि फेरि एकजना महात्यागी राजाले यस पृथ्वीमा जन्म लिएको थियो । ऊ पनि रघुराजाजस्तै अत्यन्तै धनी थियो र इच्छाआकाँक्षा त्याग्ने बिचारले श्रीपेच लगाएर घोडामा चढेर महात्माकहाँ कुटीमा गएको थियो र भनेको थियो :– “ महात्मा मैले सबै त्यागेर आइसकेको छु मलाई स्वीकार्नुस् । ” फेरि महात्माले भनेको थियो :– तिमीले श्रीपेच फुकालेका छैनौ , घोडा त्यागेका छैनौ त्यसैले म तिमीलाई स्वीकार्दिन । जाऊ फर्केर जाऊ । ” त्यसपछि राजा दरवारमा गएर घोडा , श्रीपेच र आफ्नो सबै लगाएका यावत लुगाहरु त्यागी नाङ्गै महात्माको कुटीमा आएको थियो । तैपनि महात्माले उसलाई स्वीकारेको थिएन । “ तिमीले अझै मैले यत्ति गरें भनेर मलाई भन्यौ त्यसैले यीसबलाई पनि त्यागी आऊ ”। यत्ति वचनवाण सुनिसकेपछि राजा झोक्राएर जङ्गलमा भट्की–भट्की घुम्न थालेको थियो । नाङ्गै रुखमुनि सातदिनसम्म झोक्राएर बस्न थालेको थियो । उसको अभिमान अब चकनाचूर भैसकेको थियो । महात्मा पनि उसलाई खोज्दै त्यहाँ आइपुगेको थियो । महात्माले “ हे ! राजा ! अब म तिमीलाई मेरो कुटीमा स्वीकार्छु । ” भनेर भनेको थियो तर राजा झनै रिसाएको थियो । यो रिसाइ अभिमान त्यागको रिसाइ भनेर महात्माले बुझेको थियो अनि “ मैले राजा भनेकोले तिमी रिसायौ , म अब तिमीलाई कहिल्यै राजा भन्दिन । हे पुरुष ! हे ! सिद्ध पुरुष तिमीलाई मेरो कुटीमा स्वागत छ , आऊ मसँगै कुटीमा । ” त्यसपछि उक्त सिद्ध पुरुष मुस्काएर महात्माको कुटीमा प्रस्थान गरेको थियो ।
भनिन्छ सप्ताहको अर्थ पनि यही हो । सप्ताह गर्नु भनेको जुन सात दिनमा काम , क्रोध , लोभ , मोह , मद , मात्सर्य आदि सबै कुरालाई त्यागी उक्त सिद्ध पुरुष जस्तै निश्छल बत्रु हो । तर आजकल सप्ताह पनि अभिमान र प्रदर्शनको विषय बनिरहेको छ ।
(स्रोत : Bijay’s Blog)
लेखकको भनाई :
मेरो हजूरबुबा स्व.पं. धरणीधर शर्माबाट मैले सुनेका यी चार लघुकथाहरु यहाँ सम्प्रेषित गरेको हुँ । हजूरबुबा पं. धरणीधर शर्माज्यूले सप्ताह मात्रै भत्रुभएर भक्तपुर जिल्ला भरी प्रसिद्धि कमाउनु भएको थियो र उत्यन्तै चकमत्र अनुहारको धनी हुनुहुन्थ्यो । त्यसैले उहाँलाई “तिमीला बाजे ” ( नेवारीमा तिमिलाको अर्थ पूर्णिमाको जून ) भनेर भक्तपुर जिल्ला वासीहरुले अद्यापी सम्मनसाथ सम्झने गर्दछन् । ती उहाँले सप्ताह गर्दा प्रकट गरेका भावनाहरु यी चार लघुकथाहरुमा पनि प्रष्ट रुपमा झल्किन्छन् । त्यसर्थ मैले पनि उहाँको स्मरण स्वरुप यो लघुकथा उहाँमा समर्पण गरी यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।